लुम्बिनी प्रदेशको स्थायी राजधानी उद्घाटन (फोटो फिचर)
लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) दाङबाट औपचारिक सेवा प्रारम्भ भएको छ।
मकैको भण्डारण थाङ्ग्रो (फोटो फिचर)
पूर्वी पहाडका किसानले थाङ्ग्रोमा मकै जोहोका लागि भण्डारण गर्ने परम्परागत तरिका संस्कृतिको रूपमा अझै पनि अपनाउने गरेका छन् । यो काइदाले मकै राख्दा घुन, मुसा नलाग्नुका साथै लामो समयसम्म नकुहिने किसान सुनाउँछन् ।
झोलुङ्गे पुलमा रमाउँदै पर्यटक (फोटो फिचर)
डोटीमा अग्लो र लामो झोलुङ्गे पुल निर्माण भएसँगै पर्यटक आगमनमा वृद्धि भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ र वडा नम्बर ५ मा रहेको ऐतिहासिक स्थल कोट भैरव र धार्मिक स्थल दुधेश्वर जोड्ने गरेर अग्लो डाँडामाथि पुल निर्माण भएको छ ।
काठमाडौं वरपरका मनमाेहक हिम शृङ्खला
ललितपुर महालक्ष्मी नगरपालिका वाड नं ९ रिजाल डाँडाबाट सोमबार देखिएको काठमाडौं वरपरका हिम शृङ्खला ।
रङ्गशालामा प्रमुख–११ र सिइओ–११ बीच मैत्रीपूर्ण फुटबल (फोटो फिचर)
महानगर दिवसको अवरमा दशरथ रङ्गशालामा सोमबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
प्रधानमन्त्रीद्वारा चित्रकला प्रदर्शनीको अवलोकन
गाउँपालिका महासङ्घ नेपालको तेस्रो राष्ट्रिय अधिवेशनको अवसरमा आइतबार चित्रकला प्रदर्शनी भएको छ ।
तस्बिरमा सिंहदरबारका कवाडी सवारी
सिंहदरबारभित्र काम नलाग्ने र बिग्रिएका सवारी साधन बिक्री गर्न केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिले सबै मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएको छ।
तोरी फुलेपछि....... (फोटो फिचर)
कपिलवस्तुका उत्तरी भेगका बस्ती पहेँलै छ अनि आहा चिटिक्क पनि देखिएको छ । बस्ती आसपासका खेतबारी तोरी फुलेर पँहेलाम्मै देखिएका छन् । कृषकहरू झार गोड्ने र बेथेको साग टिप्न व्यस्त छन् ।
टुँडिखेलमा चण्डी नाच (फोटो फिचर)
सुनुवार जातिले काठमाडौंको टुँडिखेलमा चण्डी नाच नाचेका छन् ।