प्रतिनिधि सभाको बैठक आइतबार १ बजे बस्ने
प्रतिनिधि सभाको बैठक आइतबार दिउँसो १ बजे बस्ने भएको छ। शनिबार सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले आइतबारको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्नुभएको हो।
उपराष्ट्रपतिको मतदानमा को-को भए अनुपस्थित ?
मुलुकको तेस्रो उपराष्ट्रपतिको निर्वाचनका लागि आज भएको मतदान सम्पन्न भएको छ।
उपराष्ट्रपतिको मतदान सम्पन्न : सङ्घतर्फ ३११ र प्रदेशतर्फ ५१८ मत खस्यो
उपराष्ट्रपति निर्वाचनमा मतदान कार्य सकिएको छ ।
मञ्जु अन्सारीलाई समानुपातिक सांसद सिफारिस गर्ने जसपाको निर्णय
जनता समाजवादी पार्टी (जसपा) नेपालले मञ्जु अन्सारीलाई प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
अध्यक्ष तिमिल्सिनासँग डब्ल्यूएचओका क्षेत्रीय निर्देशक डा. सिंहको भेटवार्ता
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) दक्षिण पूर्व एशिया क्षेत्रका क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपाल सिंहबीच शिष्टाचार भेटवार्ता भएको छ ।
राष्ट्रपति पौडेलद्वारा प्रतिनिधि सभा सदस्यबाट राजीनामा
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति पदमा निर्वाचित भएपछि प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिनुभएको छ ।
राष्ट्रिय सभा बैठक सर्यो
भोलि (सोमबार) बस्ने भनिएको राष्ट्रिय सभा बैठक सरेको छ । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले सोमबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश सरेको जानकारी दिनुभयो ।
उच्च शिक्षासम्म सूचना प्रविधिको अध्ययन अनिवार्य गरिनुपर्छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उच्च शिक्षासम्म सूचना प्रविधिको अध्ययन अनिवार्य गरिनुपर्ने बताउनुभएको छ ।
संविधान प्रयोगको ढङ्ग पुगेन : अध्यक्ष तिमिल्सिना
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान प्रयोगको गलत अभ्यासले संसद् र सरकारले प्रभावकारी काम गर्न नसकेको बताउनुभएको छ ।
सहकारी क्षेत्र सञ्चालनका लागि छुट्टै ऐनको व्यवस्था गर्न आवश्यक : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले सहकारी क्षेत्र सञ्चालनका लागि छुट्टै ऐनको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभएको छ ।
भ्रष्टाचारविरुद्ध राष्ट्रिय सहमति आवश्यक छ : अध्यक्ष तिमिल्सिना
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदमा प्रतिनिधित्व गर्ने सबै दल र राज्यका उच्च पदाधिकारीहरूबीच भ्रष्टाचारविरुद्ध राष्ट्रिय सहमति हुनुपर्ने बताउनुभएको छ ।
भ्रष्टाचार अन्त्यका लागि राष्ट्रिय सहमति आवश्यक छ : अध्यक्ष तिमिल्सिना
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकमा विद्यमान भ्रष्टाचार अन्त्यका लागि राजनीतिक दलबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ।
पिछडिएका क्षेत्रका महिलाका लागि छुट्टै बजेटको व्यवस्था गर्नुपर्छ : उपसभामुख राना
प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले पिछडिएका क्षेत्रका महिलाहका लागि छुट्टै बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह गर्नु भएको छ ।
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका कारण प्रतिनिधि सभा बैठक सर्यो : प्रवक्ता गिरी
सङ्घीय संसद् सचिवालयले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका कारण प्रतिनिधि सभाको बैठक पछि सार्नुपरेको बताएको छ ।
सञ्चारमाध्यम सम्बन्धी विधेयकलाई अघि बढाउन तयार छु : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले सञ्चारमाध्यमसम्बन्धी विधेयकलाई अघि बढाउन आफू तयार रहेको बताउनुभएको छ ।
प्रतिनिधि सभा बैठक स्थगित
आज (बुधबार) बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । अब प्रतिनिधि सभा बैठक राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने भएको छ ।
संसदीय समितिले दिएको निर्देशन कार्यान्वयन गर्न सरकार उदासीन : सभापति रावल
राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले सरकार संसदीय समितिले दिएको निर्देशन कार्यान्वयन गर्न उदासीन देखिएको निष्कर्ष निकालेको छ ।
परराष्ट्र नीति पुनरावलोकन अन्तिम चरणमा : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले परराष्ट्र नीति पुनरावलोकनको काम अन्तिम चरणमा पुगेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा समय लिएर उहाँले नीति अनुसन्धान प्रतिष्ठानले पुनरावलोकन गरिरहेको नीति एक महिनाभित्र सार्वजनिक हुने सो अवसरमा जानकारी दिनुभयो ।
प्रतिनिधि सभामा शहनाज रहमानको शोक प्रस्ताव पारित
प्रतिनिधि सभा बैठकले प्रतिनिधि सभा सदस्य शहनाज रहमानको शोक प्रस्ताव पारित गरेको छ । सङ्घीय संसदअन्तर्गत आज (सोमबार) बसेको प्रतिनिाधि सभा बैठकले प्रतिनिधि सभा सदस्य रहमानको निधन भएकोप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो ।
सांसद रहमानको निधनप्रति शोक प्रस्ताव पारित
राष्ट्रिय सभाको आइतबारको बैठकले प्रतिनिधि सभा सदस्य शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
गुलरिया–मूर्तिया नाका तत्काल सञ्चालनमा ल्याउन सांसद गौतमको माग
नेपाली कांग्रेसका संसद सञ्जयकुमार गौतमले गुलरिया–मूर्तिया नाका तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गर्नु भएको छ । १४ वर्ष अघि नेपाल–भारतबीच सो नाका सञ्चालन गर्ने सहमती भए पनि त्यसको अझै कार्यान्वयनमा ल्याउन सरकार तयार नभएकोमा सांसद गौतमको आपत्ति छ ।
बेवारिसे स्राेत, साधनहरुको सदुपयोग गर्न सरकारसँग आग्रह
नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले सरकारले सरकारी कार्यालयहरु बेवारिसे रुपमा राखिएका स्राेत, साधनहरुको सदुपयोग गर्न आग्रह गर्नुभएको छ ।
सिंहदरबारभित्र सर्वसाधारणलाई सहज प्रवेश गर्न पाउनुपर्ने रुलिङ गर्न माग
नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सिंहदरबारभित्र आम सर्वसाधारणलाई सहज भित्र छिर्न पाउनुपर्ने भन्दै सभामुखसँग रुलिङ माग गर्नुभएको छ ।
एमगज नामक हात्तीलाई तत्काल नियन्त्रणमा लिन सरकारसँग माग
नेकपा (एमाले)का सांसद महेशकुमार बर्ताैलाले मकवानपुर जिल्लाको विभिन्न बस्तीमा आतङ्कित तुल्याउने एमगज नामक हात्तिलाई तत्काल नियन्त्रणमा लिन सरकारसँग माग गर्नु भएको छ ।