• ६ जेठ २०८१, आइतबार

चर्चित भ्रष्टाचार काण्डको छानबिन गरिहालौँः सांसद केसी

blog

शुक्रबार प्रतिनिधिसभाको बैठकमा सांसद अर्जुननरसिंह केसी । तस्बिर: रत्न श्रेष्ठ/ रासस

काठमाडौं, असार ८ गते। नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले पछिल्ला समयका चर्चित भ्रष्टाचार काण्डको छानबिन गर्न शक्ति सम्पन्न आयोग गठन गर्नुपर्ने बताउनुभएको छ। 

 शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद केसीले पछिल्लो समयका चर्चित भ्रष्टाचार काण्डको छानबिन गर्नुपर्ने बताउनुभएको हो। 

उहाँले भ्रष्टाचारको छानबिन कुन मितिदेखिको गर्ने भन्ने विषयमा सर्वदलीय सहमति बनाएर छानबिन प्रारम्भ हुनुपर्ने बताउनुभयो। उहाँले पछिल्लो समयको भ्रष्टाचार काण्डको भने छानबिन गरिहाल्नुपर्ने बताउनुभयो। उहाँले सर्वोच्च अदालतको प्रधानन्यायाधीशको संयोजकत्वमा न्यायिक, निष्पक्ष र पारदर्शी शक्तिशाली आयोग गठन गर्नुपर्ने बताउनुभयो। 

उहाँले नयाँ पार्टीहरु पनि शक्ति केन्द्र र वृद्धतन्त्रभित्र फस्छन् कि भन्ने आशंका व्यक्त गर्नुभयो। उहाँले भ्रष्टाचारलाई संरक्षण गर्ने दल वा सरकार आगामी निर्वाचनमा बढारिने बताउनुभयो।