• ६ जेठ २०८१, आइतबार

सरकारसँग विपद् व्यवस्थापनको रणनीति पर्याप्त भएन : सांसद श्रेष्ठ

blog

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सांसद सुमना श्रेष्ठ । तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडौं, असार ८ गते। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सरकारसँग विपद् व्यवस्थापनका रणनीतिहरु पर्याप्त नभएको बताउनुभएको छ।

शुक्रबार प्रतिनिधि सभाको दोस्रो बैठकमा गृह मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोग, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग उहाँले सो कुरा बताउनुभएको हो। 

सांसद श्रेष्ठले पश्चिम नेपालमा भूकम्प आउने खतरा विज्ञलै औंल्याए पनि त्यसको बारेमा बजेटमा कुनै कार्यक्रम नआएको स्पष्ट पार्नुभयो। उहाँले विपद् पोर्टल पालिका स्तरमा पुर्‍याउने कुरा बजेटमा उल्लेख भए पनि जनशक्तिको अभावमा कार्यान्वयन हुनसक्ने अवस्था नरहेको दाबी गर्नुभयो।

सांसद श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा संचालनमा ल्याइएको ‘हेलो सरकार’ कार्यक्रमलाई प्रभावकारी बनाउन, सशक्त बनाउन आवश्यक बजेटको व्यवस्था गर्न पनि सरकारसँग माग गर्नुभयो।