वातावरणमैत्री व्यवहार आवश्यक छ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेश सरकारले विभिन्न कार्यक्रम गरेर संविधान दिवस सम्पन्न गरेको छ । असोज २, ३ र ४ गते तीन दिन विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाइएको हो ।
छ दिनदेखि महिला बेपत्ता
बाँकेको कोहलपुरबाट एक जना महिला छ दिनदेखि बेपत्ता हुनुभएको छ । कोहलपुर नगरपालिका –२ मनकामना टोलकी अन्दाजी ५० वर्षीया महिला पार्वती चन्द बेपत्ता हुनुभएको हो ।
स्याउ बेचेर वार्षिक एक करोड आम्दानी
जिल्लाको पूर्वी उत्तर क्षेत्रमा पर्ने स्वामिकार्तिक खापर गाउँपालिकाका किसानले यो वर्ष स्याउ बिक्री गरेर एक करोडभन्दा बढी रुपियाँ आम्दानी गरेका छन् ।
गुनासो सुन्न ‘नमस्ते गुराँस’ कार्यक्रम
जिल्लाको गुराँस गाउँपालिकाले नागरिकका गुनासो सुन्न “नमस्ते गुराँस”कार्यक्रम शुभारम्भ गरेको छ ।
कठरिया थारु समुदायको पितृपाख सुरु
कठरिया थारु समुदायको पितृपाख सुरु भएको छ ।
महासंघको कार्यवाहक अध्यक्ष विष्टद्वारा राजीनामा
नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष रमेश विष्टले पनि पदबाट राजीनामा दिनुभएको छ । विष्टले उपाध्यक्ष बाला अधिकारी र महासचिव रोशन पुरीलाई बोधार्थ दिँदै शुक्रबार पदबाट राजिनामा दिनुभएको हो ।
मध्यविन्दुमा फोहरबाट जैविक मल उत्पादन सुरु
मध्यविन्दु (नवलपरासी), असोज ४ गते । सहरी क्षेत्रमा फोहरमैला व्यवस्थापन चुनौती बन्दै जाँदा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिकाले फोहरबाट जैविक मल उत्पादन थालेको छ । मध्यविन्दु–११ कुसुण्डेमा फोहर व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्र स्थापना गरी जैविक मल उत्पादन सुरु गरिएको हो । नगरपालिकाले घरबाट निस्कने फोहरको अनिवार्य वर्गिकरण गरी कुहिने र नकुहिने गरी सङ्कलन र व्यवस्थापन थालेको नगरप्रमुख भीमलाल अधिकारीले बताउनुभयो । उहाँका अनुसार नकुहिने फोहरबाट पुनः प्रयोगमा आउने छुट्टाएर बिक्री गर्ने र कुहिने फोहरबाट जैविक मल उत्पादन सुरु गरिएको हो ।फोहरलाई कसरी पुनः अधिकतम प्रयोग गर्न सकिन्छ भन्नेतर्फ नगरपालिकाले योजनाबद्ध रुपमा काम गरिरहेको नगरप्रमुख अधिकारीले बताउनुभयो । दिगो रुपमा नगरभित्रको फोहरमैला व्यवस्थापनलाई अघि बढाउन फोहरसँगै आम्दानीलाई जोडेर व्यवस्थापन थालिएको उहाँले उल्लेख गर्नुभयो । “हामीले फोहरलाई केवल फोहरको दृष्टिकोणले मात्रै हेर्यौँ”, अधिकारीले भन्नुभयो, “मध्यविन्दु नगरपालिकाभित्र हामीले सङ्कलन गरेको नकुहिने फोहरमध्ये ७९ प्रतिशत बिक्री हुन्छ । कुहिने फोहरबाट जैविक मल उत्पादन गरिरहेका छौँ ।” गत वर्षदेखि नगरपालिकाले फोहर व्यवस्थापनको काम सुरु गरेको हो । फोहर व्यवस्थापनका लागि दीर्घकालीन उपाएको खोजी गर्ने क्रममा जैविक मल उत्पादन सही विकल्प देखिएको नगरप्रमुख अधिकारीले बताउनुभयो । “एक ठाउँको फोहर अर्को ठाउँमा सारेर व्यवस्थापन ग¥यौँ भन्ने होइन, यसको दीर्घकालीन व्यवस्थापनसहित आर्यआर्जनसँग जोड्ने गरी हामीले सुरुवात गरेका छौँ”, उहाँले भन्नुभयो । फोहरबाट मल उत्पादन र मललाई आम्दानीसँग जोड्ने गरी नगरपालिका अघि बढेको नगर कार्यालयले जनाएको छ । मध्यविन्दु नगरपालिकाको पाँच वटा वडाबाट सुरु गरेको फोहर सङ्कलन हाल सबै वडामा पुगेको नगर उपप्रमुख पूर्णकला चौधरीले जानकारी दिनुभयो । “जैविक मल उत्पादनका लागि आवश्यक मिश्रणका लागि स्थानीय सामुदायिक वनबाट हरियो घाँस, सुकेका पात सङ्कलन हुन्छ । जसबाट स्थानीय समुदायको आम्दानीको स्रोतसमेत वृद्धि भएको छ”, उपप्रमुख चौधरीले भन्नुभयो । सरसफाइ प्रवर्द्धन तथा जैविक मल उत्पादन केन्द्र सञ्चालनका लागि नगरपालिकाले छुट्टै इकाई स्थापना गरी आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताउनुभयो । क्रमशः सहरीकरणको सुरुको चरणमा रहेको मध्यविन्दुमा अहिलेदेखि फोहरमैला व्यवस्थापन थालिएकाले यो कार्यले भविष्यमा हुनसक्ने सम्भाव्य समस्यालाई कम गर्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।“कुहिने फोहरबाट कम्पोस्ट मल तयार गर्न आवश्यक गोबर सङ्कलनका लागि छाडाचौपाया व्यवस्थापन समेतसँगै अघि बढाउने योजना नगरपालिकाको रहेको छ”, घर्तीले भन्नुभयो, “यसलाई कार्यान्वयनमा ल्याउन आवश्यक संरचना निर्माणको चरणमा छ ।” उत्पादित जैविक मलमा आवश्यक तत्व रहेरनरहेको प्रयोगशालामा नियमित परीक्षण हुने कृषि शाखा प्रमुख अक्षय वाग्लेले बताउनुभयो । उत्पादित जैविक मल नगरभित्रका किसानलाई सहुलियत दरमा उपलब्ध गराउने नगरपालिकाको योजना रहेको उहाँको भनाइ छ ।हालसम्म फोहर व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्रको स्थापनामा कुल रु चार करोड ३७ लाख ९८ हजार तीन सय ७४ खर्च भएको सरसफाइ प्रवर्द्धन तथा जैविक मल उत्पादन केन्द्रका संयोजक इञ्जिनियर विवेक पोखरेलले बताउनुभयो । “पुँजीगततर्फ रु तीन करोड दुई लाख १६ हजार तीन सय ६४ खर्च भएकोमध्ये गण्डकी प्रदेश सरकारको साझेदारी कार्यक्रमबाट रु एक करोड ३५ लाख ८२ हजार खर्च भएको छ”, उहाँले भन्नुभयो । फोहर व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्र स्थापना भएसँगै फोहर व्यवस्थापन, रोजगारी सिर्जना, छाडाचौपाया व्यवस्थापन, जैविक मल उत्पादनलाई जोड्ने काम भइरहेको नगरप्रमुख अधिकारीले बताउनुभयो । योसँगै उत्पादित जैविक मलले कृषिमा रासायनिक मलको प्रयोगमा कमी ल्याउन, कृषि उत्पादन बढाउन र अग्यानिक उत्पादनलाई सहयोग पु¥याउने उहाँले विश्वास व्यक्त गर्नुभयो । रासस
पौडी पोखरी बन्ने जग्गामा सिरु र सिसौ
पोखरा रङ्गशालाको दक्षिणी भागमा पौडी पोखरी निर्माणका लागि २२ रोपनी जग्गा छुट्याइएको छ । प्रदेश खेलकुद परिषदको भवन छेउको यो जग्गामा अहिले सिरु फुलिरहेको छ । केही सिसौका रुख छन् ।
अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएसँगै विद्यार्थीको सङ्ख्या वृद्धि
यहाँको वराहक्षेत्र नगरपालिका– ६ चक्रघट्टीस्थित महेन्द्र माध्यमिक सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ सुरु गरेपछि विद्यार्थीको सङ्ख्या वृद्धि भएको छ ।
दानवीर लिलबहादुरलाई सम्मान
पन्ध्र बर्षदेखि अमेरिकामा कमाएको सम्पत्तिले नेपालमा विपन्न घर परिवारलाई सहयोग गर्दै आउनुभएका बाँकेको खजुरा गाउँपालिका –४ का लिलबहादुर थापालाई सम्मान गरिएको छ ।
सिँचाइ गर्ने विद्युत मोटर जलेपछि किसान चिन्तित
लहान नगरपालिका–९ का किसानहरुले धानबाली सिँचाइको लागि प्रयोग गर्ने दुई दर्जनभन्दा बढी विद्युत मोटर जलेका छन् ।
चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गरिने
हिमाल जिल्लाको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुले चाडपर्व लक्षित गरि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।
ओखलढुङ्गा कारागारमा कैदीबन्दीबिच झडप
ओखलढुङ्गा कारागारमा कैदीबन्दीबिच झडप भएको छ ।
'नेपालगन्ज-१० के' दौडमा आर्मीका मुकेश र नरैनापुरकी गीता प्रथम
नेपालगन्ज १० किमि नाइट रनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका मुकेश पाल र बाँके नरैनापुरकी गीता साहुले जित्नुभएको छ ।
वयस्क मगर गोहीको उद्धार गरी तालमा छोडियो
जैविक विविधताले महत्त्वपूर्ण कैलालीको सिमसार क्षेत्रमा आज बिहान एउटा वयस्क मगर गोहीको उद्धार गरी घोडाघोडी तालमा छोडिएको छ ।
मनाङको तालगाउँमा रमाउँदै खेलाडी र कलाकार
जिल्लाको प्रवेशद्वार आगन तालगाउँ खेलाडी र कलाकारले भरिभराउ भएको छ । आजदेखि यहाँ आयोजना हुने मैत्रीपूर्ण फुटबल प्रतियोगितामा स्पर्धा गर्न प्रतिष्ठित खेलाडी र कलाकारहरूको आगमन भएको हो ।
रुघाखोकीलाई सामान्य लिनु हुन्न
बाबुनानीहरू, पछिल्लो समय बालबालिकामा रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी रोग अत्यधिक बढ्दै गएको छ ।
बाल सिनेमाको संसार
विश्वका प्रसिद्ध सिनेमा निर्माता निर्देशकले सिनेमाको निर्माण सुरु भएदेखि नै हास्य, रोमाञ्चक, जासुसी सिनेमा बनाउन थालिसकेका थिए ।
नुवाकोट दरबार क्षेत्र
भक्तपुर, असोज ४ गते । नुवाकोटको विदुर नगरपालिका–२ मा अवस्थित नुवाकोट दरबार क्षेत्र । तत्कालिन राजा पृथ्वीनारायण शाहले निर्माण गर्न लगाउनुभएको यस साततले दरबार क्षेत्रमा दायाँतर्फ भैरवीदेवी मन्दिर र बायाँतर्फ लिच्छविकालीन तुलजा [तलेजु भवानी] को मन्दिर सहित धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्वका विभिन्न एक दर्जन सम्पदाहरु रहेका छन् । तस्बिरः रासस
कोदो मर्ने समस्याले कृषक चिन्तित
निरन्तर चार वर्षदेखि कोदो मर्न थालेपछि पर्वतका कृषक समस्यामा परेका छन् । निकै मेहनत र खर्च गरी लगाएको बाली फल्ने बेलामा मर्न थालेपछि कृषक चिन्तित बनेका हुन् ।
सिद्वपोखरी प्राचीन इन्द्रदह
भक्तपुरको धार्मिक तथा पर्यटकीयस्थल सिद्वपोखरी (प्राचीन इन्द्रदह) । हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ मेला लाग्ने गर्दछ ।
बाँदर आतङ्क रोक्न समिति गठन
देवघाट गाउँपालिकाले बाँदर व्यवस्थापन तथा अध्ययन समिति गठन गरेको छ । देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले बाँदर आतङ्क बढ्दै गएकाले समिति गठन गरिएको बताउनुभयो ।
चुरे जोगाऊँ संस्कृतिको अभ्यास गरिँदै छ
सिराहा जिल्लाका १७ स्थानीय तहमध्ये कर्जन्हा नगरपालिका पूर्वपश्चिम राजमार्गसँग जोडिएको छ । ७६.८४ वर्गकिलोमिटरमा फैलिएको यो नगरपालिका उत्तरमा चुरे पर्वत र दक्षिणमा कल्या
गाईगोरु सडकमा छाडे बिस हजार जरिबाना
कपिलवस्तुको शिवराज नगरपालिकाले घरमा पालेका गाईगोरु सडकमा छाड्नेलाई जरिबाना तिराउने भएको छ ।