धान उत्पादन बढ्ने
यस वर्ष मुलुकभर धानको उत्पादन बढ्ने भएको छ । अनुकूल मौसम, रासायनिक मलको उपलब्धता र उन्नत बिउका कारण धानको उत्पादन बढ्ने भएको हो ।
स्थानीय तहलाई अधिकार दिन सरकार प्रतिबद्ध : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले तोकेबमोजिम स्थानीय सरकारलाई अधिकार दिन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
अप्टिकल फाइबर विस्तार तीव्र
सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले देशका सात वटै प्रदेशका ७५३ नगरपालिकामा अप्टिकल फाइबर विस्तार गरी ई–गभर्नेन्सको अवधारणालाई मूर्त रूप दिन लागिएको बताउनुभएको छ ।
स्वास्थ्य क्षेत्रमा क्रमिक सुधार
सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य क्षेत्र सुधार हुँदै गएको बताउनुभयो ।
सहकारी ठगी प्रकरण : भेद छैन कारबाहीमा
देशभरिका पाँच सयभन्दा बढी सहकारी संस्थामा ठगी, हिनामिना र स्वेच्छाचारी ढङ्गले लगानी गरी आर्थिक अपचलन गरेका झन्डै एक हजार १७५ जनाभन्दा बढी अभियुक्तमाथि कारबाही प्रक्रिया अघि बढेको छ ।
बालश्रम अझै पनि जोखिमपूर्ण अवस्थामा
पुसको कठ्याङ्ग्रिने जाडोमा ११ वर्षीय निखिललाई कलङ्कीबाट रात्रिबस चढ्ने यात्रुलाई पानीको बोतल र पत्रु (फास्टफुड) खानेकुरा बिक्री गर्न भ्याइनभ्याई हुन्छ ।
चिसो सिरेटोमा मेहनत गर्दै मुखियाका दुई पुस्ता
आर्थिक उपार्जनका लागि विदेश जानुपर्छ भन्ने नेपालको आम बुझाइ छ । तर आफ्नै मुलुकभित्र राम्रो मेहनत गर्ने हो भने चित्तबुझ्दो पैसा कमाउन सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ बाराको सिमरौनगढ नगरपालिका १ का जवाहर मुखियाका परिवार ।
कर्णालीमा जेसिबी पल्टिँदा एकजना बेपत्ता
कालीकोटको पचालझरना गाउँपालिका ८ चाटेबगरस्थित कर्णाली नदी तर्ने क्रममा जेसीबी (डोजर) पल्टिँदा एक जना बेपत्ता हुनुभएको छ । कर्णाली करिडोरबाट नदीपारि जारकोट जाने क्रममा नदीमा डोजर पल्टिँदा डोजरसहित पचालझरना ८ का ४० वर्षीय कुस्माखर सन्ज्याल बेपत्ता हुनुभएको प्रहरीले जनाएको छ ।
पत्रकारको बीमा गराउने विषयमा सम्झौता
मधेश प्रदेशका पत्रकारलाई एक लाखको स्वास्थ्य बीमा र सात लाखको दुर्घटना बीमा गर्ने विषयमा मधेश प्रदेश सरकार र राष्ट्रिय बीमा कम्पनीविचमा शुत्रबार सम्झौता भएको छ ।
प्रधानमन्त्री ओलीद्वारा सिंहको निधनप्रति शोक व्यक्त
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएकोमा गहिरो शोक व्यक्त गर्नुभएको छ ।
लुम्बिनी कप महिला फुटबलले खेल क्षेत्रमा योगदान दिनेछ : मन्त्री चौधरी
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले महिला फुटबल खेलाडीहरूका विकासका लागि लुम्बिनी कप महिला फुटबल महत्वपुर्ण अवसर हुने बताउनुभएको छ ।
'मानव-वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरणका लागि विद्यालयस्तरबाटै सिकाई आवश्यक'
मानव र वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न जनावरका आनीबानी तथा उनीहरुको रहनसहनबारे सचेतना मुलक कार्यक्रमको आवश्यकता रहेको एक कार्यक्रमका सहभागिले बताएका छन् ।
नेपाल भारतबिच सहकार्य र समन्वयमा जोड
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले नेपाल भारत नाकाहरूबाट हुने मानव बेचविखन नियन्त्रणमा दुबै देशका सरकारी अधिकारी र गैर सरकारी निकायबिच सहकार्यमा जोड दिनुभएको छ ।
राष्ट्रिय रैथाने खाना महोत्सव २०८१ सुरु
भरतपुर भ्रमण वर्ष २०२४ को विशेष आकर्षण मानिएको राष्ट्रिय रैथाने खाना महोत्सव २०८१ आजबाट सुरु भएको छ ।
कर्णाली र लुम्बिनी प्रदेशबिच सहकार्य गर्ने समझदारी
कर्णाली र लुम्बिनी प्रदेश सरकारबिच अन्तर प्रदेश विकास र समृद्धिमा सहकार्य गर्ने समझदारी भएको छ ।
बालविवाहमुक्त पालिका बनाउन बालिका सम्मेलन
बालविवाहमुक्त पालिका घोषणा गराउने उद्देश्यका साथ धनुषाको लक्ष्मिनियाँ गाँउपालिकाको सपहीस्थित विपी माध्यमिक विद्यालयको प्राङ्गणमा शुत्रबार बालिका सम्मेलन सम्पन्न भएको छ ।
चिसो बढेपछि चौरमा परीक्षा
बाजुरामा चिसोका कारण बालबालिकाहरुको परीक्षा प्रभावित बन्दै गएको छ ।
चरा संरक्षण र बासस्थान व्यवस्थापनको जरुरी
कञ्चनपुरको बेलौरी नगरपालिका –६ मा रहेको पुरैनी तालमा चराको संरक्षण र तिनको बासस्थान व्यवस्थापन गर्न जरुरी देखिएको छ । सो तालमा चराको शिकार हुने गरेकाले संरक्षण जरुरी देखिएको हो ।
निःशुल्क रगत उपलब्ध गराउन सम्झौता
गुल्मीको एक स्थानीय तहले नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउन सम्झौता गरेको छ ।
ढुङ्गाखानीमा पुरिएर एकको मृत्यु
सल्यानमा ढुङ्गाखानीमा पुरिएर एक जनाको मुत्यु भएको छ ।
माघेसङ्क्रान्तिका लागि सख्खर र तिलको जोहो
तिलासक्रायत (माघेसङ्क्रान्ति) पर्व दुई साताभन्दा बढी बाँकी छँदै महोत्तरीसहित मधेशका जिल्लामा मिठ्ठा (सख्खर) र तिलको कारोबार सुरु भएको छ । आमउपभोक्ता मिठाई बनाउन चाहिने तिलको जोहो गर्न व्यस्त छन् ।
पर्यटक भित्र्याउन एउटै प्रकृतिका संरचना निर्माण नगर्न छत्रकोटको आग्रह
छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले एउटै प्रकृतिका संरचना निर्माण नगर्न जिल्लाका अन्य स्थानीय तहलाई आग्रह गर्नुभएको छ ।
सिम्जुङ-महाभीर-घ्याच्चोक सडक कालोपत्रे हुँदै
गोरखाको अजिरकोट गाउँपालिकाको सिम्जुङ–महाभीर र बारपाक सुलीकोट गाउँपालिका–३ जोड्ने मुख्य सडक झण्डै १५ वर्षपछि कालोपत्रे हुने भएको छ ।
दसगजा वारिपारि पहेँलपुर तोरीबारी
मेचीनगर नगरपालिका–७ गैरीगाउँकी १४ वर्षीया पार्वती ठकुरी विद्यालयबाट घर फर्केपछि साथीहरूसँग क्रिक्रेट खेल्न नेपाल र भारतको दशगजामा पुग्छिन् ।