व्यवसायी माथि कडाई पछि उखु किसानलाई समयमै भुक्तानी
चिनी उद्योगलाई बुझाएको उखुको एक साताभित्रै भुक्तानी पाएपछि महोत्तरीका उखु किसानलाई राहत मिलेको छ । जिल्लाको गौशाला–१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजले किसानलाई उखु तौलिएको एक साताभित्रै भुक्तानीको नीति नै बनाएपछि किसानलाई समयमै रकम पाउँदा राहत मिलेको हो ।
आज देशभरको मौसम सफा रहने
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा भागमा आंशिकदेखि साधारणतया बदली भएको छभने मुलुकका बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहेको छ ।
मिलेमतोमा बढाइयो चिनीको मूल्य
ठुला चिनी मिलले उत्पादन सुरु गर्नेबित्तिकै चिनीको उपभोक्ता मूल्य बढाएका छन् । साना मिलबाट उत्पादन सुरु हुँदा तल झरेको मूल्य ठुला मिलबाट उत्पादन सुरु भएपछि एक सातामै प्रतिकिलो आठ रुपियाँले बढेको हो ।
मह उत्पादन वृद्धि
पछिल्ला वर्ष डोटी जिल्लामा मह उत्पादन बढ्न थालेको छ । ग्रामीण क्षेत्रमा उत्पादन भएको महको बजारसम्म सहज पहुँचसँगै मौरीपालक कृषकले राम्रो आम्दानी गर्न थालेपछि मह उत्पादन बढ्न थालेको हो ।
सिस्नोले बनायो आत्मनिर्भर
त्रिपुरासुन्दरी गाउँपालिका–२, लाटु चोकटीका १० जना थामी समुदायका महिला सिस्नुको पाउडर बनाई बिक्री गरेर आत्मनिर्भरतातर्फ उन्मुख भएका छन् ।
ग्लोबल आइएमईको उपहार
ग्लोबल आइएमई बैङ्कले आफ्नो १८ औँ वार्षिकोत्सवका अवसरमा बैङ्कको फोन पे नेटवर्कमा आबद्ध भएका क्युआर कोड मर्चेन्टलाई लक्षित गरी क्यास ब्याक, स्मार्ट फोन र एक लाख रुपियाँको मुद्दती निक्षेप जित्ने उपहार योजना सार्वजनिक गरेको छ
छयसट्ठी प्रतिशत माटोमा अम्लीयपन
खेती गर्नुअघि माटोको अनिवार्य परीक्षण गर्न थालेपछि किसानमा नयाँ हौसला जागेको छ ।
बजेट सुनिश्चित नभएका ठेक्का खारेज गर्न माग
नेपाल निर्माण व्यवसायी महासङ्घले स्रोतबिनाका ठेक्का तत्काल खारेज गर्न माग गरेको छ ।
विधेयकमा सांसद विभाजित
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिका सदस्यहरू तिलगङ्गा नेत्र विश्वविद्यालयमा प्रस्तावित पदाधिकारीको सङ्ख्यालाई लिएर विभाजित भएका छन् ।
बिहान सात बजेदेखि विद्यालय चलाउन सुझाव
पूर्वकानुनमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) का पोलिटब्युरो सदस्य शेरबहादुर तामाङले विद्यालयको पठनपाठन बिहान ७ देखि दिउँसो १ बजेसम्म सञ्चालन गर्न प्रस्ताव गर्नुभएको छ ।
अन्तरसरकार समन्वय कमजोर
सङ्घीयता कार्यान्वयन भएको सात वर्ष भइसक्दा पनि अन्तरसरकार र अन्तरसम्बन्ध कायम गर्न स्थापित संस्थागत संयन्त्रहरू सक्रिय नबन्दा सङ्घीयता नै कमजोर बन्दै गएको छ ।
कालोसूचीमा बाह्र वटा निर्माण कम्पनी
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कामको जिम्मा लिई बर्सौंसम्म काम नगर्ने १२ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।
पेट्रोलियम अन्वेषण : सकियो ‘ड्रिलिङ’ को काम
दैलेखको भैरवी गाउँपालिका–१, जलजले क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ‘ड्रिलिङ’ (गहिरो खोतल्ने) गर्ने काम सकिएको छ ।
अमेरिकी भोजमा नजर परेको त्यो ‘सारी’
नेपालको परराष्ट्र सेवा तथा कूटनीतिक क्षेत्रमा महिलाको बलियो उपस्थिति बन्न सकेको छैन तर जुन बेला महिला घरबाट बाहिर निस्कन र काम गर्न असहज थियो, त्यो बेला कूटनीतिक सेवामा प्रवेश गरेर नेपालको पहिलो महिला राजदूत बन्नुभएको थियो विन्देश्वरी शाह ।
चवालिस जनाविरुद्ध मुद्दा चलाउन सिफारिस
जिल्ला प्रहरी परिसर काठमाडौँले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिनाबारे अनुसन्धान पूरा गरी रायसहितको प्रतिवेदन बिहीबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बुझाएको छ ।
प्रदेश नीति तथा योजना आयोगमा उपाध्यक्ष र सदस्यको नियुक्ति
प्रदेश नीति तथा योजना आयोग सुदूरपश्चिममा उपाध्यक्ष र सदस्य नियुक्त गरिएको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले उपाध्यक्ष र दुई जना सदस्यलाई पद रिक्त भएको पाँच महिनापछि नियुक्त गरेको हो ।
सिक्टा सिँचाइ आयोजनाः साढे २१ अर्ब खर्च, ४१ प्रतिशत काम
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको बाँकेको सिक्टा सिँचाइ आयोजनाको निर्माण कार्य सुरु भएको १९ वर्ष बित्दा २१ अर्ब ५५ करोड रुपियाँ खर्च भइसकेको छ । ४१ प्रतिशत मात्र भौतिक काम सम्पन्न भएको छ ।
नरैनापुरका धार्मिकस्थललाई पर्यटकीय गन्तव्य बनाइने
बाँकेको नरैनापुर गाउँपालिकामा रहेको विभिन्न धार्मिक स्थललाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने भएको छ ।
आमाको सेवा : कोकिलाको अद्भुत प्रेम
अछामको मङ्गलसेन नगरपालिका–३, ओखरतोलाकी ६० वर्षीया कोकिला ढोलीले मातृभक्तिको उदाहरण प्रस्तुत गर्दै उपचारपछि आफ्नी ८३ वर्षीया आमालाई बोकेर घर फर्काउनु भएको छ ।
जलवायुजन्य जोखिम, विश्वव्यापी सङ्कटको पिरलो
विश्व नै यतिबेला जलवायु परिवर्तनले निम्त्याउन थालेको असरको मारमा पिल्सिएको छ । विश्वव्यापी रूपमा तापमान र मौसमको स्वरुपमा लामो अन्तरालमा आउने परिवर्तन नै जलवायु परिवर्तन हो ।
सर्प उद्धारका लागि सामग्री सहयोग
हेटौँडा उपमहानगरपालिकाले सर्पको उद्धार र संरक्षणका लागि आवश्यक सामग्री हस्तातरण गरेको छ ।
जडीबुटी तस्करीको आरोपमा एक पक्राउ
सोलुदुधकुण्ड नगरपालिका–३ तामाखानीस्थित पिके सामुदायिक वन क्षेत्रमा जडीबुटी तस्करीको आरोपमा एक जनालाई पक्राउ गरिएको छ ।
विदेशबाट फर्केर भैंसीपालन, मासिक लाख कमाइ
दाङको देउखुरीमा दुई युवाले दुध बिक्री गरेर मासिक एक लाखभन्दा बढी बचत गर्दैआएका छन् । लामो समय बैदेशिक रोजगारीमा बसेर स्वदेश फर्किएका राजपुर गाउँपालिका –२ मटेरिया निवासी शिशिर पोख्रेल र चुडामणी पोख्रेलले भैसीपालन व्यवसाय गरेर मासिक एक लाख बढी आम्दानी गर्ने गरेका छन् ।
सुनखानी साङ्बा सडक कालोपत्रे
बागमती प्रदेश सरकारको लगानीमा दोलखामा २ सडक योजना कालोपत्रे गरिएको छ ।