चौध लाख योग्यमध्ये बाइस हजारको मात्रै आवेदन
कक्षा ११ र १२ को मौका परीक्षामा विद्यार्थीको अरुचि देखिएको छ । विगतका परीक्षामा सहभागी भएर उत्तीर्ण हुन नसकेका वा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका २१ वर्ष पुराना विद्यार्थीलाई लक्षित गर्दै राष्ट्रिय परीक्षा बोर्डले मौका परीक्षाको अवसर दिएको थियो ।
सडक स्तरोन्नतिको काम सुस्त
सदरमुकाम चौतारा र पश्चिमी क्षेत्र मेलम्ची जोड्ने चौतारा–झ्याँडी–नवलपुर सडक स्तरोन्नतिको काम सुस्त गतिमा भइरहेकोे छ । उक्त सडक चौडा बनाउने र नाला बनाउने काम भइरहे पनि काम
सुक्खा जैविक इन्धनले बढायो डढेलोको जोखिम
काठमाडौँ, पुस २५ गते । नेपालमा वन क्षेत्र बढेसँगै त्यसभित्र जम्मा हुने सुक्खा जैविक इन्धन (बायो मास) को बढोत्तरी हुँदा डढेलोको चुनौती पनि उच्च बन्दै गएको छ । नेपालको वन क्षेत्र अघिल्लो वर्षसम्म ४५.३१ प्रतिशत थियो । त्यसबाट बढेर यो वर्ष ४६.०८ प्रतिशत पुगिसकेको छ । वनको फैलावटसँगै वनमा जम्मा भइरहेका सुक्खा जैविक इन्धनको घनत्व पनि उही स्तरमा बढ्दै जाँदा डढेलोको स्तर उच्च हुने जोखिम बढेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका डढेलोविज्ञ सुदीप छत्कुली औँल्याउनुहुन्छ । उहाँका अनुसार डढेलोले हरेक वर्ष नेपालमा औसत आठ जनाको ज्यान लिने गरेको छ । डढेलो घरबस्तीमा पस्दा करोडौँको भौतिक क्षति हुने गरेको छ । यो वर्षको हिउँदको तापक्रम बढी नै हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको हुनाले पनि डढेलो बढ्ने अनुमान छ । आइतबार मात्र देशका ५९ स्थानमा डढेलो लागेको थियो । विगत केही दिनयता विभिन्न संरक्षित क्षेत्रमा पनि डढेलो लाग्न थालेको आँकडा आउन थालेको छ । उहाँ भन्नुहुन्छ, “अब डढेलो नियन्त्रणमा वन व्यवस्थापनको पाटोलाई जोड्नै पर्छ, नत्र भविष्यमा ठुलो जनधनको क्षति निम्तिन सक्छ ।” हरेक वर्ष असोज महिनादेखि जेठ महिनासम्मको अवधि वन तथा घरबास क्षेत्रमा डढेलो र आगलागी हुने समय मानिन्छ । वर्षा कम भएको वर्षमा यो समय अझ लम्बिने गरेको पाइन्छ । वन संरक्षणमा जति ध्यान गएको छ, त्यति डढेलो नियन्त्रण र वनलाई उपभोगमैत्री बनाउन नसक्दा उच्च डढेलोको सामना गर्नु परिरहेको उहाँ स्वीकार गर्नुहुन्छ । विगत १० वर्षअघि र अहिलेको नेपाली समाजको तुलना गर्दा पनि वनमा निर्भर जनसङ्ख्या उच्चस्तरले घटेको छ । ग्यास तथा विद्युतीय इन्धनको बढ्दो उपभोगले वनको दाउरा र सोत्तर इन्धनका रूपमा प्रयोग न्यून हुँदै गएको छ । अध्ययन अनुसार वन क्षेत्रमा एक अर्ब १५ करोड ९७ लाख टन सुक्खा जैविक इन्धन जम्मा भएको छ । जस अनुसार प्रतिहेक्टर १९४.५१ टन हुन आउँछ । उहाँ भन्नुहुन्छ, “वन संरक्षणमा केन्द्रित हुँदा समय समयमा त्यसरी जम्मा भएका पतकर र सोत्तर हटाउने गरी व्यवस्थापन गरिएको छैन ।” जसले बर्सेनि वन पैदावरसँगै नजिकका मानवबस्तीमा डढेलो पसेर ठुलो जनधनको क्षतिको सम्भावना प्रबल बनाइरहेको छत्कुली औँल्याउनुहुन्छ । उहाँका अनुसार नेपालमा हरेक वर्ष औसत आठ जनाको ज्यान डढेलोले लिने गरेको छ । बर्खान्तरमा हिसाब गर्दा सन् २००५ देखि सन् २०२४ सम्मको अवधिमा १४३ जनाको ज्यान डढेलोले लिएको छ । सबैभन्दा बढी सन् २००९ मा ४९ जनाको ज्यान डढेलोका कारण गएको थियो । अन्य नौ जना घाइते भएका थिए । त्यसपछि गत वर्ष अर्थात् सन् २०२४ मा १७ जनाको ज्यान डढेलोले लियो । अन्य २७ जना घाइते भए । जसमा वनको आगो निभाउन गएका चार जना सैनिक थिए । गत वर्ष वन तथा घरबस्तीमा गरी पाँच हजार वटा आगलागीका घटना भएका थिए ।त्यस्तै गरी सन् २०१४ मा १३ जना, २०१६ र २०२१ मा ११–११ जना, २०१० मा नौ जना, २०२३ मा सात जनाको ज्यान गएको थियो । अन्य वर्षमा एकदेखि चार जनासम्मको ज्यान डढेलोले लिएको पाइन्छ । तर गर्ने कसले ?डढेलोको कारक तìवका बारेमा वन मन्त्रालय, सामुदायिक वनका पदाधिकारी तथा अन्य नियमनकारी निकाय र आमनागरिक सबैलाई थाहा छ । यहाँसम्म कि विज्ञहरूसँग बारम्बार भएका छलफल तथा राष्ट्रिय, अन्तर्राष्ट्रिय सम्मेलन र छलफलमा सबैले वन डढेलो नियन्त्रणमा समन्वयको आवश्यकता दर्शाउनुहुन्छ । विपत् प्राधिकरणका विज्ञ सुदीप छत्कुली पनि वनको काठ र अन्य स्रोतको उपभोगमा विगतदेखि नै कायम कठोर नीतिका कारण डढेलोलाई सघाउने स्रोतहरू बढेको बताउनुहुन्छ । वन तथा घरबस्तीमा डढेलो र आगलागीका घटना हुन नदिन प्राधिकरणले सचेतनामूलक सन्देश प्रवाह गरिरहेको छ । पूर्वतयारीका लागि डिभिजन वन कार्यालय र सामुदायिक वनलाई हातेपम्प वितरणका साथै समुदायमैत्री प्रशिक्षण तथा सचेतनाका कार्यक्रमलाई बढावा दिइएको प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराई बताउनुहुन्छ । उहाँले भन्नुभयो, “स्थानीय तहलाई सबलीकरण गरेर डढेलो र आगलागी नियन्त्रण आफैँ गर्न सक्ने बनाउन सबै मन्त्रालय र प्राधिकरणको संयुक्त पहल हुनु पर्छ ।”
लाइसेन्स आवेदन ‘इडिएल’ प्रणालीमा
श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदनका लागि ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ (इडिएल) प्रणाली लागु गर्दै छ । जसमा निरोगिताको प्रमाणपत्र र बायोमेट्रिकका लागि लाममा बस्नुु पर्दैन । भुक्तनीदेखि लाइसेन्स आवेदनका सबै प्रव्रिmया अनलाइनबाटै गरिने छ ।
भएन ऐन कार्यान्वयन,बढ्यो प्रदूषण
सरकारले २० वर्ष पूरा भएका सार्वजनिक सवारीसाधनलाई पत्रु बनाउन ल्याएको ऐन कार्यान्वयन नहुँदा सवारी दुर्घटना मात्र होइन, वातावरण प्रदूषण पनि उत्तिकै बढेको छ । सरकारी निकायले २० बर्से पु
आमाको खोजीमा आमाघर
आमा शब्द जति ओजिलो छ, त्योभन्दा एउटी आमाबाट सन्तानले प्राप्त गर्ने वात्सल्यको महìव अझ बढी छ । आमाले दिने माया, प्रेरणा, प्रेम र जीवनका बारेमा धेरै चर्चा हुन्छ र गरिन्छ तर पछिल्लो समय
खुम्बुमा निरन्तर भूकम्पको परकम्प
सोलुखुम्बुको खुम्बु क्षेत्रमा पटक–पटक भूकम्पका परकम्प गएको छ । मङ्गलबार गएको ठूलो भूकम्पपछि खुम्बु क्षेत्रमा साना परकम्प निरन्तर गइरहेका छन् ।
शिक्षा क्षेत्रलाई व्यवस्थित गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शिक्षा क्षेत्रको सुधारमा सरकारले काम गरिरहेको बताउनुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल जिल्ला कार्यसमितिको बेँसीसहर नगरपालिका –८ मा आयोजित ३४ औँ प्याब्सन दिवस कार्यक्रमलाई आज उहाँले सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो ।
दिदीबहिनी मृत अवस्थामा फेला
सल्यानमा दिदी बहिनी मृत फेला परेका छन्। आज बिहान आमासँगै रहेका दिदीबहिनी घरमै मृत भेटिएका हुन्। वनगाड कुपिण्डे नगरपालिका ११ सिस्नेपातलका टेकमान राना र पूर्णिमा रानाका छोरी ३ वर्षीया करिष्मा र ६ महिनाकी राघवी मृत भेटिएका हुन्।
प्रेस काउन्सिललाई नियमनका लागि बाटो खुला
उच्च अदालत पाटनले तथ्य र आधारबिना सूचना सम्प्रेषण गर्ने अनलाइन पोर्टललाई नियमन र कारवाही गर्नका लागि प्रेस काउन्सिल नेपाललाई बुधवार बाटो खुला गरिदिएको छ ।
छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
पाल्पामा एक पुरुष र एक महिला गरी दुई जनाको मृत्यु भएको छ । एक जनाको रुखबाट लडेर मृत्यु भएको छ भने अर्का एक जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मासु सर्वेक्षण : गुणस्तरको जाँच हेरेर र छामेर मात्रै
कन्जुमर आई नेपालले सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदन अनुसार मासुको गुणस्तर जाँच हेरेर र छामेर मात्रै गरिएको पाइएको छ ।
तस्बिरमा नेवा एकता दिवस
उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्नो कलासंस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ।बुधबार नेवाः देय्ः दबूयाले नेवा एकता दिवसको अवसरमा टोखामा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।
धर्मशालामा लक्ष्मीनारायण पाटी सङ्ग्रहालय सञ्चालन
रामपुर नगरपालिका–४, खोप्टारमा रहेको धर्मशालामा लक्ष्मीनारायण पाटी सङ्ग्रहालय सञ्चालनमा आएको छ ।
बसको ठक्करबाट महिलाको मृत्यु
बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ ।
नेपालीहरु शान्तिबाट समेत पीडित बनेका छन् : पूर्व कानुनमन्त्री शर्मा
पूर्व कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले नेपालीहरु शान्तिबाट समेत पीडित हुँदै गएको बताउनुभएको छ ।
मूलपानी र गिरिजाप्रसाद क्रिकेट मैदान निर्माणको स्राेत सुनिश्चितता गर्न निर्देशन
सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले मूलपानी क्रिकेट ग्राउण्ड, गिरिजाप्रसाद क्रिकेट ग्राउण्ड निर्माणका लागि स्राेत सुनिश्चितता गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
विशेषगरी मुस्लिम समुदायमा रहेको बालविवाहको गलत अभ्यासलाई न्यूनीकरण गर्न नेपालगञ्जका युवा सक्रिय हुन थालेका छन् ।
कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
कास्कीको मादी गाउँपालिका–२ स्थित कप्रुडाँडाको पर्यटकीय सम्भावनालाई अध्ययन गरी पाँच वर्षअघि सडक सञ्जाल विस्तार भएसँगै पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।
राप्तीमा ४१ गोही छोडियो
चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका ४१ वटा गोही राप्ती नदीमा छोडेको छ ।
‘विदेश पठाउन शिक्षा दिइएको होइन’
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सनका उपाध्यक्ष दीपिका रिमालले अबको शिक्षा सीप र प्रविधिमूलक बनाएर स्वदेशमा बस्ने जनशक्ति निर्माण गर्ने किसिमको बनाउनुपर्ने बताउनुभएको छ ।
छात्रवृत्तिका लागि अक्षयकोष स्थापना
गोरखा जिल्लामा रहेको सामुदायिक विद्यालयमा अध्ययन गर्ने विपन्न, जेहेनदार र अशक्त विद्यार्थीहरुका लागि अक्षयकोष स्थापना गरिएको छ ।
चिसो बढेपछि नगरपालिकाद्वारा दाउरा वितरण
शीतलहर र अत्यधिक चिसो बढेपछि बाँकेको कोहलपुर नगरपालिकाले नगरका विभिन्न सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको छ ।
चुरे व्यवस्थापनका लागि दक्ष जनशक्ति आवश्यक
नेपालको जनजीविकासँग अन्योन्याश्रीत सम्बन्ध राख्ने चुरे क्षेत्रको दीगो व्यवस्थापनका लागि समुदायमा जैविक विविधताको महत्त्व र यसको संरक्षणका बारे जानकारी गराउन चुरे आसपासका क्षेत्रमा अभियान सुरु गरिएको छ ।