• २५ पुस २०८१, बिहिबार

‘विदेश पठाउन शिक्षा दिइएको होइन’

blog

प्याब्सन इलामको दशौं जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्याब्सनका केन्द्रीय उपाध्यक्ष दीपिका रिमाल । तस्विरः कोकिला ढकाल

कोकिला ढकाल 

इलाम, पुस २४ गते । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सनका उपाध्यक्ष दीपिका रिमालले अबको शिक्षा सीप र प्रविधिमूलक बनाएर स्वदेशमा बस्ने जनशक्ति निर्माण गर्ने किसिमको बनाउनुपर्ने बताउनुभएको छ । 

३४ औं स्थापना दिवसका अवसरमा इलाममा आयोजित प्याब्सन इलामको दशौं अधिवेशनको उद्घाटन गर्दै उपाध्यक्ष रिमालले शैक्षिक रुपमा दक्ष जनशक्ति विदेश पलायनले देशमा जनसङ्ख्या नै घट्दो अवस्था आउनु चिन्ताजनक विषय भएको बताउनुभयो । 

‘प्याब्सनले देशको सेवा गरेको छ, सरकारलाई गुणस्तरीय जनशक्ति उत्पादन गर्न सहयोग गरेको छ, तर उच्च शिक्षा र रोजगारीका लागि विदेशिने संख्या बढ्दो छ । विदेश पठाउन मात्र शिक्षा दिइएको होइन’ उपाध्यक्ष रिमालले भन्नुुभयो ‘अब नेपालमा ५० वर्ष उमेर पूरा गरेका नागरिक मात्र हुँदाको अवस्था के हुन्छ ? तत्काल सोच्नुुपर्ने अवस्था छ ।’ 

देश निर्माण र दक्ष जनशक्ति स्वदेश केन्द्रित गर्न प्याब्सनले सीपमूूलक शिक्षा, संस्कारसहितको शिक्षा र प्रविधियुक्त शिक्षाको नारा लिएर अघि बढेको पनि उपाध्यक्ष रिमालले बताउनुभयो । अहिले निजी र सरकारी दुवै विद्यालयमा बालबालिकाको सङ्ख्या घट्दो अवस्थामा रहेको बताउँदै रिमालले विदेश रहने नेपालीलाई स्वदेश फिर्ता हुन र स्वदेशमै काम गर्न आग्रह गर्नुभयो । 

प्याब्सन अध्यक्ष रगुन गुुरुङको अध्यक्षतामा शुुरु भएको कार्यक्रममा गएको एसइईमा जिल्लामा उच्च अङ्क ल्याउने संस्थागत विद्यालयका छात्रछात्रा, शिक्षा क्षेत्रमा योगदान पुुर्‍याउने प्याब्सन इलामका पूूर्व अध्यक्ष विकास कर्माचार्यलगायत शिक्षासेवीलाई सम्मान गरिएको थियो । अधिवेशनले नयाँ जिल्ला कार्यसमिति चयन गर्ने बताइएको छ ।