दुई तिहाइ क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न
त्रिभुवन विश्वविद्यालयका दुई तिहाइ आङ्गिक क्याम्पसमा मङ्गलबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन सम्पन्न भएको छ ।
चीनको सुन, भारतीय बजार, नेपाल ट्रान्जिट
उत्तरी छिमेकी चीनको सीमावर्ती क्षेत्रमा लैजान लागिएको २५ करोड रुपियाँभन्दा बढी बराबरको विदेशी मुद्रा बरामद भएपछि फेरि सुन तस्करीको गिरोह सक्रिय भएको खुलेको छ । मालवाहक ट्रकको ‘फल्स बटम’ मा राखेर तिब्बतको केरुङ लाने तयारीमा रहेको विदेशी मुद्रा काठमाडौँमै प्रहरीले बरामद गरेपछि तस्करी धन्दाको नयाँ शैली पनि देखिएको हो ।
आँबुखैरेनी क्याम्पसमा अखिल (क्रान्तिकारी) को प्यानल विजयी
तनहुँको आँबुखैरेनी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा अखिल (क्रान्तिकारी) को प्यानल विजयी भएको छ । मंगलबार भएको मतदानबाट स्ववियु अध्यक्षमा अखिल (क्रान्तिकारी) का निशान मगर विजयी हुनुभएको छ ।
सल्यानका सात क्याम्पसले पाए स्ववियु सभापति
सल्यानका सातवटै क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको नयाँ नेतृत्व चएन भएको छ । तीनवटा क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
शिक्षा क्षेत्रमा उत्कृष्ट ३६ जना सम्मानित
सामाजिक विकास डिभिजन कार्यालय पाल्पाले गुल्मी जिल्लाको शैक्षिक क्षेत्रको विकासमा उत्कृष्ट काम गर्ने ३६ जना व्यक्तित्वलाई सम्मान गरेको छ ।
फोनपेको यूपीआई भुक्तानी सेवामा एकवर्षे सफलता
नेपालको प्रमुख डिजिटल भुक्तानी नेटवर्क फोनपेले सीमापार यूपीआई क्यूआर कोडमा आधारित पर्सन–टु–मर्चेन्ट (ए२ः) कारोबारको एक वर्ष पूरा गरेको छ ।
विदेशी चुरोटको नेपालमा तस्करी
कपिलवस्तुमा अवैध रूपमा नेपाल ल्याउँदै गरेको विदेशी ब्राण्डका चुरोट बरामद भएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, कृष्णनगरको टोलीले अन्दाजी १५ लाख मूल्य बराबरको चुरोट बरामद गरेको हो ।
टाटाको इभी गाडी नेपालगन्जमा सार्वजनिक
भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्सले उत्पादन गरेका चारपाङ्ग्रे साना इभी (इलेक्ट्रिक भेकल) सवारीसाधनको मङ्गलबार नेपालगन्जमा सार्वजनिक गरिएको छ ।
डिभाइडर नहुँदा सडक दुर्घटना बढ्यो
डिभाइडर नहुँदा दाङको घोराहीको दिपशिखा रोडमा दुर्घटनाको जोखिम बढ्दैगएको छ । सडकको स्तरोन्नति र कालोपत्रे गरिए पनि सडका डिभाइडर नबनाउँदा दुर्घटनाको जोखिम बढेको स्थानीयहरुको गुनासो छ ।
आगलागीले घर गोठ जलेर नष्ट
मकवानपुरको मकवानपुरगढीमा आगलागी हुँदा घरगोठ जलेर नष्ट भएको छ । मङ्गलवार बिहान आगलागी हुँदा मकवानपुगढी गाउँपालिका –२ बासपानीका कृष्णबहादुर दर्लामी मगरको घरगोठ जलेर नष्ट भएको हो ।
एसइई तयारीबारे केन्द्राध्यक्षहरुलाई अभिमुखीकरण
सर्लाहीमा बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी अन्तिम चरणमा पुगेको छ । मङ्गलबार जिल्लाका ३८ वटै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई परीक्षा सञ्चालनका सम्वन्धमा अभिमुखीकरण प्रदान गरिएको शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका प्राविधिक सहायक सुनिलकुमार कुशवाहाले जानकारी दिनुभयो ।
पीएन क्याम्पस पोखरामा मतपत्रमा त्रुटि भेटिएपछि रोकिएको मतदान भोलि हुने
पोखराको पृथ्वीनारायण क्याम्पसमा आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मतपत्रमा त्रुटि देखिएपछि मतदान स्थागित भएको छ ।
धवलागिरि बहुमुखी क्याम्पसमा ७१ प्रतिशत मत खस्यो
बागलुङको एक मात्रै आंगिक क्याम्पस धवलागिरि बहुमुखी क्याम्पस बागलुङमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा ७१ दशमलव ७४ प्रतिशत मत खसेको छ ।
पालुङ क्याम्पस तनावग्रस्त, तालाबन्दीपछि निर्वाचन समितिद्वारा राजिनामा
मकवानपुरको पालुङ बुहमुखी क्याम्पसमा आज मंगलबारका लागि तय भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चित भएको छ ।
रौतहटबाट एसइईमा १० हजार बढी विद्यार्थी सहभागी हुने
२०८१ सालको माध्यमिक शिक्षा (एसईई) परीक्षामा रौतहटबाट १० हजार ४ सय ८४ जना परिक्षार्थीहरु सहभागी हुने भएका छन् ।
मोरङको धनपालथानमा आगलागी : एक बालिकाको मृत्यु
मोरङको धनपालथान गाउँपालिका ६ स्थित कदमाहामा भिषण आगलागी हुँदा एक बालिकाको जलेर मृत्यु भएको छ ।
जुम्ला बहुमुखी क्याम्समा मतदान सुरु, सिञ्जामा सर्वसम्मत
जुम्ला बहुमुखी क्याम्पसमा मतदान सुचारु भएको छ । बिहान ९ः०० बजेबाट स्वतन्त्र विद्यार्थी युनियनको मतदान सुचारु भएको हो ।
इलामको एकतप्पा बहुमुखी क्याम्पसमा स्ववियु नेतृत्व सर्वसम्मत
इलामको फाकफोकथुमस्थित एकतप्पा बहुमुखी क्याम्पसमा सर्वसम्मत रुपमा स्वतन्त्र विद्यार्थी युनियन चयन भएको छ ।
पाल्पाका दुई क्याम्पसमा मतदान जारी
पाल्पाका दुई क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नेतृत्व चयनका लागि मतदान भइरहेको छ ।
रोल्पामा युवकको शव फेला
रोल्पामा एक युवकको शव फेला परेको छ ।
पौवेगौडेमा अस्थायी प्रहरी चौकी स्थापना
पुतलीबजार नगरपालिका-५ स्थित पौवेगौडेमा अस्थायी प्रहरी चौकी(बिट) टक्सारको स्थापना गरिएको छ ।
पोखरा-छेन्दु उडान सुरु
चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान मंगलबारबाट सुरु भएको छ ।
आठ महिनामा बीस गैँडा मरे
चालु आर्थिक वर्षको आठ महिनामा २० वटा गैँडा मृत भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज तथा यस आसपासका क्षेत्रमा ती गैँडा मृत भेटिएका हुन् ।
फोहोरमैला व्यवस्थापन गर्न 'कोसेली घर' निर्माण
पोखरा महानगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्नको लागि ‘कोसेली घर’ निर्माण सुरु गरेको छ ।