किरण श्रेष्ठ
दमौली (तनहुँ), चैत ५ गते । तनहुँको आँबुखैरेनी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा अखिल (क्रान्तिकारी) को प्यानल विजयी भएको छ । मंगलबार भएको मतदानबाट स्ववियु अध्यक्षमा अखिल (क्रान्तिकारी) का निशान मगर विजयी हुनुभएको छ ।
उहाँले ९७ मत प्राप्त गरेको निर्वाचन अधिकृत दुर्गाबहादुर थापाले जानकारी दिनुभयो । प्रतिस्पर्धी नेपाल विद्यार्थी सङ्घका बोनिस अधिकारीले ६४ मत प्राप्त गर्नुभएको छ । यस्तै अनेरास्ववियुकी रक्षा पोख्रेलले सात मत प्राप्त गर्नुभयो ।
यस्तै सचिवमा अखिल (क्रान्तिकारी) का गङ्गाप्रसाद लामिछाने ९२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको प्रतिस्पर्धी नेपाल विद्यार्थी सङ्घका किस्ता श्रेष्ठले ६२ र अनेरास्ववियुका मोनिका खत्रीले १२ मत प्राप्त गर्नुभयो ।
कोषाध्यक्ष पदमा अखिल (क्रान्तिकारी) कै करुणा गुरुङले ९० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको प्रतिस्पर्धी नेपाल विद्यार्थी सङ्घका अविनास थापाले ५६ र अनेरास्ववियुका आशिष अधिकारीले १८ मत प्राप्त गर्नुभयो ।
सदस्यहरुमा मेनुका खत्रीले ९२, सुरे नेपालीले ९२ र विज्ञा राना मगरले ८५ मत प्राप्त गरी विजयी हुनुभयो । निर्वाचनमा दुई सय ५ मतदाता रहेकोमा एकसय ७५ मत खसेको थियो ।