सहुलियतसँगै गुणस्तर प्राथमिकता
नेपालमा सार्वजनिक संस्थानहरूले राम्रो सफलता प्राप्त गर्न नसकिरहेका बेला साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले भने आफूलाई सफल संस्थानका रूपमा स्थापित गराउन सफल भएको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमय दर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा कायम भएको छ ।
सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
बडादसैँ मनाउन जन्मस्थान जान काठमाडौँ उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढ्दै गइरहेकाे छ । अहिले लामो दूरीका सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल हुन थालेको छ ।
कलाकारको दसैँ
दसैँ हरेक वर्ष परिवर्तित हुँदै गइरहेको संस्कृतिविद् गोविन्द टन्डन बताउनुहुन्छ । उहाँका अनुसार अलिकति पाको उमेरकाले दसैँ पुरानो शैलीको भएन भन्ने गुनासो गर्छन् ।
दसैँ आयो घुम्न जाऔँला
‘दसैँ आयो, खाउँला पिउँला.....नयाँ लुगा लगाउँला’ भनेर औँला भाँचेर गाउने दिन गए । मिठो खाने र नयाँ लुगा लगाउनेको पर्यायवाची बनेको दसैँको परिभाषा फेरिएको छ ।
गन्तव्य ढोरपाटन
हिउँदमा दैलो बन्द गरेर छाडिएका घरहरू खुला छन् अहिले । कात्तिक/मङ्सिरदेखि माघ/फागुनसम्म मरेको सर्प जस्ता सुनसान बाटाघाटामा चहलपहल छ ।
अल्झेको धागोले दिएको खुसी !
२०८१ सालको दसैँ सुरु भइसकेको छ, आश्विन शुक्लप्रतिपदाका दिन घर घरमा जमरा राखेर घटस्थापना गरेपछि नवरात्रि अर्थात् नौरथा प्रारम्भ हुन्छ अनि दसैँ लाग्छ ।
हिमालको अध्ययन गर्न विद्यार्थीहरू थोरङ हिमचुलीमा
हिमाल आरोहणबारे अध्ययन गरिरहेका नेपाल माउण्टेन एकेडेमीका विद्यार्थीहरु मनाङको थोरङ हिमचुली क्षेत्र पुगेका छन् । एकेडेमीका सातौँ ‘सेमेस्टर’ का १६ विद्यार्थीले छ हजार एक सय मिटर अग्लो थोरङ हिमचुलीसमेत आरोहण गरे ।
आवागमनले लय समात्दै
गत हप्ता तीन दिनसम्म लगातार भएको मुसलधारे वर्षाले काठमाडौँ उपत्यकासहित मुलुकभरको जनजीवन एकसाथ अस्तव्यस्त बनाउँदा उद्धार कार्यमा समेत कठिनाइ भयो ।
लखन थापा पार्कमा सालकको मूर्ति
धादिङको सदरमुकाम धादिङबेसीस्थित लखन थापा पार्कमा लोपोन्मुख वन्यजन्तु तामे सालकको एक जोडी मूर्ति राखिएको छ ।
नागरिक सुरक्षाको जिम्मेवारी
हिन्दुहरूको महान् चाड दसैँ मध्य हुन लागेको छ । गाउँघर छाडेर सहर पसेकाहरू दसैँको रमाइलो र मान्यजनको आशीर्वादका लागि गाउँ फर्कने क्रम सुरु भइसकेको छ तर यस पटकको दसैँ असोज ११ र १२ गतेको भीषण वर्षाले निम्त्याएको विपत्का कारण असहज बनेको छ ।
महँगीले सकसमा उपभोक्ता
चाडपर्व नजिकिएसँगै देशभरि दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि चर्को रूपमा हुन थालेको छ । तिजको रमझमपछि दसैँ तिहार नजिकिँदै गर्दा बजारमा दाल, चामल, तरकारी, तेललगायतका दैनिक उपभोग्य र खाद्यान्न तथा लुगाकपडाको मूल्य निरन्तर अकासिएको छ ।
विपतपछिको पुनर्निर्माण
दशा बाजा बजाएर आउँदैन भन्ने नेपाली भनाइ छ । अनेक खालका विपत् दशा मात्र होइनन्, महादशा नै भन्नु पर्छ । असोज १२ गते र वरपर नेपालीका निम्ति महादशा नै बनेर आयो । मनसुन सकिने बेलामा घनघोर वर्षाले बाढीपहिरो र डुबान ल्यायो । जनधनको ठुलो क्षति पुग्यो । राजधानी उपत्यकाकै कतिपय वस्ती डुबानमा परे । खोला तथा नदी किनारका अधिकांश जस्तै बस्तीका घर घरमा पानी तथा बाढी पस्यो । ललितपुरका नख्खु क्षेत्रमा बढी नै क्षति भयो । पहिरोले राजमार्ग अवरुद्ध भए ।
आश्विन शुक्ल चौथी तिथि वृद्धि : आज पनि कुष्माण्डा देवीको पूजा, आराधना गरिँदै
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने जनाएको छ ।
संविधान संशोधनमा समेट्नुपर्ने विषय
नेपालमा संविधान संशोधनको बहस थप चहकिलो हुँदै गइरहेको छ । वास्तवमा, समतामूलक विकास, राजनीतिक सुचारुपन तथा सामाजिक न्यायका लागि संविधान संशोधन गर्दा कसैले आपत्ति गर्नुपर्ने देखिँदैन ।
‘मुटुमै गाँसेको साइनो’
टेक बिसीको स्वरमा ‘मुटुमै गाँसेको साइनो’ गीतको भिडियो सार्वजनिक गरिएको छ ।
मानन्धरको एकल साँझ
नेपालभाषाका गायक सत्यनारायण मानन्धरको एकल साङ्गीतिक साँझ कीर्तिपुरमा सम्पन्न भएको छ ।
भैरव पुरस्कार प्रदान
भैरव पुरस्कार गुठीले तीन स्रष्टालाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ । गुठीद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा सो पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।
सडक सञ्जालले जोडियो हिमालपारिको मुस्ताङ र डोल्पा
गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५ किलोमिटर मार्ग खुलेको छ । दुई प्रदेशको हिमाली जिल्लाका आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीको सुविधाका लागि यो सडक महत्त्वपूर्ण मानिएको छ ।
‘अहिल्या’ माथि परिचर्चा
शाश्वत आचार्य स्मृति प्रतिष्ठानले साहित्यकार किरण आचार्यको उपन्यास कृति ‘अहिल्या’ माथि आइतबार परिचर्चा गरेको छ ।
पडकास्टको पुस्तक
सिएमआर नेपाल जर्नालिजम एकेडेमीले पडकास्टिङ विषयको पुस्तक सार्वजनिक गरेको छ ।
सबै मिलेर सङ्कटको सामना गरौँ : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बाढीपहिरोले सङ्कट निम्त्याएकाले सबै मिलेर सामना गर्नुपर्ने बताउनुभएको छ ।
विश्व खाद्य दिवस मनाइँदै
‘सुखी जीवन र समुन्नत भविष्यका लागि खाद्य अधिकार’ मूल नाराका साथ सोमबार (आज) ४४ औँ विश्व खाद्य दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
आगजनीमा परेका भारतीय ट्रक चालकको मृत्यु
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउको विरोधमा झापा बन्दका बेला प्रसाईँका समर्थकको आगजनीमा परेका भारतीय ट्रक चालकको शनिवार राती मृत्यु भएको छ ।