१७ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि, आठको मृत्यु
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्क अनुसार जुम्लामा बाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ ।
पहिरोले बुद्धसिंह मार्ग अवरुद्ध
अधिकांश स्थानको पहिरो पूर्वाधार विकास कार्यालय र बन्दीपुर तथा आँबुखैरेनी गाउँपालिकाले त कतै पूर्वाधार विकास कार्यालयले हटाएपनि बन्दीपुर गाउँपालिका–६ स्थित नाल्दीघाटको पहिरो हटाउन नसक्दा अवरोध भएको हो ।
राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको प्रतिवेदन पेस
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८०र ०८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेश गरेको छ ।
अवरुद्ध कान्ति लोकपथ सुचारु
यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिकाे बाढी तथा पहिरोका कारण अवरुद्ध कान्तिलोकपथ मार्ग सुचारु भएको छ । नेपाली सेनाको सक्रियतामा यो सम्भव भएको हो ।
हिमाली पदयात्राका क्रममा पोल्याण्डका नागरिकको मृत्यु
हिमाली पदयात्राका क्रममा रसुवा र नुवाकोट जिल्लाको सिमानास्थित सूर्यकुण्ड आसपास क्षेत्रमा पोल्याण्डकी २३ वर्षीय सोविन्का अग्निएस्ज्काको गएराति मृत्यु भएको छ ।
विदेशबाट नेपाली बैंक खातामा निःशुल्क रकम पठाउन सकिने
अब विदेशबाट भिसा तथा मास्टरमार्फत रकम सोझै नेपालका कुनै पनि बैंक खातामा जम्मा गर्न सकिने भएको छ । नबिल बैंकसँगको सहकार्यमा हाम्रो पात्रोले सोमबारदेखि यो सेवा सञ्चालनमा ल्याएको हो ।
स्रोत जुटाउन विश्व स्वास्थ्य सङ्गठनसँग स्वास्थ्यमन्त्रीको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले साझा स्वास्थ्य सङ्कटसँग जुध्नका लागि स्रोत जुटाउन विश्व स्वास्थ्य संगठनसँग आग्रह गरेका छन् ।
अध्येता सोडारीको ‘शिवलिङ्गभित्रको विज्ञान’ कृति सार्वजनिक
काठमाडौँ, असोज २२ गते । नेपालको इतिहास एवं धर्मसंस्कृतिका अध्येता हरिप्रसाद सोडारीद्वारा लिखित ‘शिवलिङ्गभित्रको विज्ञान’ कृति सार्वजनिक भएको छ ।अनुसन्धानात्मक उक्त कृति आराध्यदेव पशुपतिनाथलाई अर्पण र डा. स्वामी प्रपन्नाचार्यको तस्बिरमा समर्पण गरी आज पशुपतिनाथ मन्दिर परिसरमा सार्वजनिक गरिएको हो ।शोधकर्ता सोडारीले यसअघि पनि ‘के ईश्वर छ ?’, ‘साधनाको अनन्त यात्रा डा. स्वामी प्रपन्नाचार्य’ र ‘धर्मभित्रको विज्ञान’ कृति प्रकाशन गरिसक्नुभएको छ । एउटा अनुवाद र २२ वटा ग्रन्थ सम्पादन गर्नुभएका सोडारीले यस ग्रन्थमा तन्त्र, मन्त्र, यन्त्रसहित साधनाका विषयलाई प्राथमिकता दिनुभएको छ ।झण्डै १३ वर्षको अनुसन्धानपछि पुस्तक तयार भएको लेखक सोडारीले जानकारी दिनुभयो । वेदका अध्येता गुरु डा. स्वामी प्रपन्नाचार्यको आशीर्वचन राखी नेपालको माटोदेखि मठमन्दिर, शिवालय, देवस्थल, तीर्थस्थलको महिमालाई मुख्य विषयवस्तु बनाइएको उहाँले जानकारी दिनुभयो । ऋषिमुनि, साधक, साधनाको गरिमालाई वैज्ञानिक दृष्टिले हेर्ने चिन्तनलाई सोडारीले तीन सय ५६ पृष्ठको यस कृतिमा समावेश गर्नुभएको छ । अन्तिम खण्डमा पुस्तकमा वर्णित तथ्यलाई पुष्टि गर्ने ३५ वटा चित्र समावेश गरिएका छन् । रासस
जङ्गली हात्तीको आक्रमणबाट मृत्यु
बेलौरी नगरपालिका–५ स्थित पुष्पलाल स्मृति सामुदायिक वनमा २२ वर्षीय उमेश चौधरीको जङ्गली हात्तीले आक्रमण गर्दा मृत्यु भएको छ ।
मान्छेको जस्तै दाँत भएको माछा
संयुक्त राज्य अमेरिकामा मान्छेको जस्तो दाँत भएको माछा फेला परेको छ ।
धार्मिक साहित्यमा दसैँ र नारीशक्ति
हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि छन् र तिनका आफ्नै साहित्य पनि छन् । वैदिक साहित्यलाई पृष्ठभूमिका रूपमा मान्दा ती साहित्यबाहेकका अन्य साहित्य प्रारम्भमा धार्मि
बाढी प्रभावित क्षेत्रको जानकारी लिँदै गृह,भौतिक र रक्षामन्त्री सिन्धुलीमा
सिन्धुलीको बाढी प्रभावित क्षेत्रको अवस्थाका बारेमा जानकारी लिन सङ्घीय सरकारका तीन मन्त्री यहाँ आइपुग्नुभएको छ । गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईसहितको टोली आज बिहान खुर्कोट आइपुग्नुभएको हो ।
दक्षिणा के गर्ने ?
दसैँमा कर्मचारीले एक महिनाको थप तलब पनि पाउँछन् ।
मुक्तिनाथबाट देखिएको हिमशृङ्खला
म्याग्दी, असोज २२ गते । मुस्ताङको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल मुक्तिनाथ परिसरबाट देखिएको धौलागिरी हिमशृङ्खलाको मनोरम दृश्य । तस्बिर ः रासस
दुर्गादत्तको तेस्रो विवाह
एकाएक दुर्गादत्त टक्क रोकिए । अर्जुनदृष्टि लगाएर हेर्न थाले । उनी असमञ्जस्यमा परेका थिए । उनले जो देखिरहेका थिए त्यो आफैँमा एउटा अविश्वनीय दृश्य थियो । लाम्चो
बालापनको दसैँ
बाल्यकालमा दसैँमा मिठो कसरी खान पाइन्छ, राम्रो कसरी लगाउन पाइन्छ भन्ने मात्रै सोचिन्थ्यो ।
विद्यार्थीका दसैँ योजना
सरस्वती माध्यमिक विद्यालय, टोखा, काठमाडौँका कक्षा ८, ९ र १० मा अध्ययनरत हामी विद्यार्थी खाली समयमा सँगै बसेर विविध विषयमा कुराकानी गर्ने गर्छौं ।
कमला नदी तर्न डुङ्गाकै भर
हुलाकी राजमार्ग अन्तर्गत कमला नदीमा यतिबेला जोखिम मोलेर डुङ्गाकै भरमा तर्नु परिरहेको छ । जनकपुरधामदेखि पूर्व सप्तरी र सिरहासहित पूर्व दिशाबाट हुलाकी राजमार्ग भएर आउने जोकोहीला
दसैँमा सेतो टीका
सेतो रङलाई प्राकृतिक रङ मानिन्छ । वैज्ञानिक अनुसन्धानबाट अन्य रङ तयार गरिएको हो ।
नवरात्रका केही देवीपीठ
घटस्थापनादेखि देवीस्थलमा भक्तजनको भिड सुरू हुन्छ ।
भूमिगत विद्युतीकरणको काम सत्तरी प्रतिशत
भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम करिब सत्तरी प्रतिशत सम्पन्न भएको छ । भूमिगत विद्युतीकरण कार्य चार वर्ष अगाडिदेखि सुरु भएको हो ।
रमाइलो दसैँ
धेरै पहिलेको समयमा हरेक वर्षको असार, असोज, पुस र चैतमा दसैँ मनाइन्थ्यो ।
चन्द्रागिरिद्वारा स्थानीय स्वेच्छिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक : संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत गरिँदै
दिगो विकास लक्ष्यका केही विषयगत क्षेत्रलाई स्थानीयकरण गर्न चन्द्रागिरि नगरपालिकाले ‘स्थानीय स्वेच्छिक मूल्याङ्कन’ (भिएलआर) प्रतिवेदन तयार गरेको छ ।
भन्सार छलेर भित्र्याइएका सामान धमाधम बरामद
चाडपर्वका समयमा सीमावर्ती भारतीय बजार जोगबनीमा सर्वसाधारण उपभोक्ताको भिड बढेको अवस्थाको फाइदा उठाउँदै सीमावर्ती क्षेत्रबाट व्यापक रूपमा तस्करी हुने गरेको छ ।