नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्रीको अनुरोध
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सूचना प्रविधिको क्षेत्रमा नेपालमा लगानीका पर्याप्त अवसर रहेका र त्यसको आकर्षक प्रतिफल पनि प्राप्त हुने भएकाले ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गर्नुभयो ।
सामाजिक दृष्टिमा महिला–पुरुष समान
महिलालाई स्रोतसाधन र अधिकारले सबल पार्ने कार्य नै महिला सशक्तीकरणभित्र पर्छ ।
धानबाली भित्र्याएर फुर्सदिला भएका थारू मुसा मार्न व्यस्त
शुक्लाफाँटा नगरपालिका–३ जोनापुर गाउँका बन्धुराम चौधरी मुसा मार्ने कार्यमा निकै निपूण छन् । उनी बिल (दुलो) हेरेर नै त्यसमा मुसा भए-नभएकोबारे जानकारी राख्छन् । मुसा मार्ने कला उनले सानै छँदादेखि सिकेका हुन् ।
‘फेस अफ क्लासिक डाइमन्ड’ घोषणा
‘फेस अफ क्लासिक डाइमन्ड’ पाँचौँ सिजनको घोषणा भएको छ ।
ठुलोलुम्पेकमा कलाकारको जमघट
गुल्मीको सत्यवती गाउँपालिका–३, ठुलोलुम्पेकमा प्रख्यात सत्यवती मन्दिर छ । भक्तजनले चिच्याएर वर माग्ने प्रचलन सत्यवती मन्दिरमा छ ।
सिद्धार्थमा सिंख्वालको ‘साधना’
कलाकार सुन्दर सिंख्वालले पौभा कलामा ३८ वर्ष बिताएपछि पहिलो पटक एकल कला प्रदर्शनीमा उत्रनुभएको छ ।
उपप्रधानमन्त्रीसँग एमसिसीकी प्रमुख कार्यकारीको भेट
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)की प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटबीच भेटवार्ता भएको छ ।
तेस्रो सातामा तीन चलचित्र
‘छक्कापञ्जा–५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ चलचित्रको प्रदर्शन तेस्रो सातामा प्रवेश गरेको छ ।
माथिल्लो तमोर जलविद्युत् आयोजना सुरु
ताप्लेजुङमा तमोर इनर्जी प्रालिले माथिल्लो तमोर जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ ।
व्यावसायिक फूल खेती
पश्चिम मकवानपुरको मनहरी–७, रमौलीका किसान हरिशरण अर्यालले व्यावसायिक फूल खेती गर्नुभएको छ ।
‘खर्क’ व्यवस्थापन रणनीति तयार गर्दै कर्णाली
कर्णाली प्रदेशमा रहेका खर्क (गोठ) व्यवस्थापन गरी मनग्य आम्दानी लिन सकिनेगरी रणनीति तयार गर्नुपर्ने सरोकारवालाले सुझाव दिएका छन् । विशेषगरी प्रदेशका हिमाली जिल्लाका खर्कको व्यवस्थापन र संरक्षण गरी आम्दानी लिनेगरी रणनीति तयार गर्नुपर्ने उनीहरूको सुझाव छ ।
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ ।
सहकारीपीडितको बचत रकम फिर्ता गर्ने सरकारको तयारी
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमार्फत ५८ करोड रुपियाँको दायित्व फरफारक गरिएको बताउनुभएको छ ।
विस्फोटक पदार्थ आयातमा सहजीकरणको सरकारी प्रतिबद्धता
परराष्ट्रमन्त्री डा. आरजु राणाले जलविद्युत् आयोजनालाई चाहिने विस्फोटक पदार्थको आयात र विद्युत् निर्यातमा सहजीकरण गर्ने बताउनुभएको छ ।
नेपालमा पोलियोको चुनौती कायमै
नेपालमा पोलियो उन्मूलन भएको १० वर्ष बितिसक्दा पनि चुनौती भने अझै कायम छ ।
दाना चक्रवातको आंशिक असर
बङ्गालको खाडीमा उत्पन्न दाना चक्रवातको असर नेपालमा आंशिक रूपमा मात्र परेको छ ।
द्वन्द्व प्रभावितलाई आर्थिक सहायता दिनु जायज
सर्वोच्च अदालतले द्वन्द्वकालीन घटनाका सबै पक्षलाई समुचित परिपूरणको प्रबन्ध गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।
आन्दोलनले सहकारीपीडित त्रसित
पोखराको सूर्यदर्शन सहकारीमा भएको ठगीबारे अनुसन्धान जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गरेको आन्दोलनका कारण सहकारीपीडितहरू त्रसित बनेका छन् ।
बिपी राजमार्गमा तीन विकल्प
असोज १० देखि १३ गतेसम्मको भीषण वर्षापछि बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गको पुनर्निर्माण गर्न तीन वटा विकल्प प्रस्ताव गरिएको छ ।
भोलिदेखि राष्ट्रिय स्क्राबल प्रतियोगिता
गुल्मीमा राष्ट्रियस्तरको स्क्राबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ । तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालयको आयोजनामा पहिलो पटक यस जिल्लामा राष्ट्रिय स्तरको स्क्राबल प्रतियोगिताको आयोजना गरिएको हो ।
राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको भीड
जिल्ला प्रशासन कार्यालय धनुषामा बिहीबार राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको भीड ।
कमल थापालाई दुई राष्ट्रिय उपाधि
कमल थापाले चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा आज दुई उपाधि जित्नुभएको छ । सातदोबाटोस्थित नेपाल टेनिस सङ्घको कोर्टमा भएको उक्त प्रतियोगिता कमलले पुरुष ५५ वर्षमाथि र ६५ वर्षमाथि उमेरसमूहको सिङ्गल्समा गरी दुई उपाधि जित्नुभएको हो ।
न्यायिक प्रक्रियामा सहयोग गर्नु सबैको कर्तव्य हो : एमाले
नेकपा (एमाले) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट भइरहेका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
डेढ महिनादेखि बालक बेपत्ता
तनहुँमा वेपत्ता भएका एक बालक डेढ महिनासम्म पनि फेला परेका छैनन् । व्यास नगरपालिका–३ देउरालीनगर निवासी श्रीराम थापा र अमृता थापाका १५ वर्षका छोरा रोनाल थापा फेला नपरेका हुन् ।