दुई करोड ९२ लाखको खसीबोका बिक्री
दाङमा महिला उद्यमीले करिब तीन करोड मूल्य बराबरको खसीबोका बिक्री गरेका छन् । दसैँ–तिहार पर्वको अवसरमा जिल्लाका आठवटा सामाजिक उद्यमी महिला सहकारीमार्फत दुई करोड ९२ लाख ७० हजार नौसय ५८ रुपियाँ मूल्यको खसीबोका बिक्री गरेका हुन् ।
सिटामोलको नियमित उत्पादन
नेपाल औषधी लिमिटेडले सिटामोलको नियमित उत्पादन भइरहेको स्पष्ट पारेको छ । लिमिटेडले बिहीबार विज्ञप्ति निकाल्दै सिटामोलको नियमित उत्पादन भइरहेको स्पष्ट पारेको हो ।
यु–१९ महिला विश्वकप छनोटमा स्याङ्जाका तीन खेलाडी
युएईमा हुने आइसिसीयु–१९ महिला विश्वकप छनोटमा स्याङ्जाका तीन जना खेलाडी छनोट भएका छन् ।
युरोपमा मुस्लिम विरोधी भेदभावमा तीव्र वृद्धि : ईयू अधिकार एजेन्सी
इजरायलविरुद्ध हमासको आक्रमणले युरोपमा मुस्लिम विरोधी घृणामा तीव्र वृद्धि भएको उल्लेख गर्दै युरोपका मुस्लिमहरूले अझ बढी जातिवाद र भेदभावको सामना गरिरहेको युरोपेली सङ्घ (ईयू)को अधिकार एजेन्सीले बिहीबार जनाएको छ ।
राष्ट्रपति पुटिनले दुई वर्षपछि राष्ट्रसङ्घका महासचिवसँग भेट गर्ने
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार दुई वर्षभन्दा बढी समयमा पहिलोपटक संयुक्त राष्ट्रका प्रमुख एन्टोनियो गुटेरेससँग भेट गर्ने हुनुभएको छ ।
कपिलवस्तु दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या २ पुग्यो
कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा भएको स्काेर्पियो र अटो दुर्घटनामामा थप एक जनाको मृत्यु भएको छ ।
‘हरित ऊर्जा उत्पादन नेपालको प्रमुख प्राथमिकता’
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले हरित ऊर्जा उत्पादन नेपालको प्रमुख प्राथमिकता भएको बताउनुभएको छ ।
च्याम्पियन्स लिगमा सिटीले तोड्यो वर्ष १५ पुरानो कीर्तिमान
इङ्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिग फुटबलमा १५ वर्ष पुरानो कीर्तिमान तोडेको छ ।
नेपाल एयरलाइन्समा देखिएका समस्या दीर्घकालीन रुपमा समाधान गर्छौ : मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नेपाल एयरलाईन्समा देखिएका समस्याहरुको दीर्घकालीन समाधान गर्न मन्त्रालयले पहल सुरु गरेको बताउनुभएको छ । वर्तमान सरकार गठन भएको सय दिनको अवधिमा मन्त्रालयबाट भएका प्रमुख उपलब्धिहरुबारे जानकारी दिन बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले उक्त कुरा बताउनुभएको हो ।
बाढीपहिरोबाट २१ वटा झोलुङ्गे पुलमा क्षति
सिन्धुली जिल्लामा असोजको दोस्रो साता गएको बाढीपहिरोबाट २१ वटा झोलुङ्गेपुलमा क्षति पुगेको छ ।
क्षमताभन्दा बढी भएको मेलम्चीको पानी बागमती नदीमा पठाइँदै
मेलम्ची नदीबाट काठमाडौँको सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइरहेको मध्य प्रशोधन क्षमताभन्दा बढी भएको पानी बागमती नदीमा पठाउन थालिएको छ ।
ज्यान मार्ने मुद्दामा संलग्न दुई पक्राउ
मकवानपुर प्रहरीले दुई जना उद्योगीसहित तीन जनाको ज्यान मार्ने कार्यमा संलग्न भएको अभियोगमा चार जनालाई पक्राउ गरेको छ ।
घट्यो सुनचाँदीको मूल्य
बिहीबार सुनको मूल्य घटेको छ । लगातार नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज प्रतितोला सात सय रुपियाँले घटेको हो ।
बेलबारी गोल्डकपको सेमिफाइनल समीकरण पूरा
भारत पश्चिम बङ्गालको दलसिंहपारा फुटबल एकेडेमीलाई ३–२ गोलले हराउँदै सलहेस फुटबल क्लब सिराहा अन्तर्राष्ट्रिय आमन्त्रण सातौँ आरजु राइस बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
जलवायु अनुकूलनलाई प्राथमिकतासहित विश्वव्यापी साझेदारीमा नेपालले भूमिका खेल्नेछ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकता दिँदै विश्वव्यापी साझेदारीसँग सहकार्य गर्न नेपाल तयार रहेको स्पष्ट गर्नुभएको छ ।
वरदान बन्दै त्रिविको अनलाइन कक्षा
कीर्तिपुरको एक विद्यालयमा अध्यापन गरिरहनुभएका राजकुमार प्याकुरेल शिक्षा शास्त्र सङ्कायअन्तर्गत समाज शास्त्र (एमएसएसइडी) को अनलाइन कक्षा लिइरहनु भएको छ ।
सङ्कटमा डोम जाति
पछिल्लो समय सहरदेखि गाउँसम्म शौचालय सफाइ गर्ने आधुनिक मेसिन प्रयोगमा आएपछि डोम जातिको पेसा सङ्कटमा परेको छ । डोमहरू परम्परागत रूपमै सरसफाइ सम्बन्धी काम गर्ने गर्छन् ।
वडाध्यक्ष अमेरिकाबाट नफर्किएपछि वडा कार्यालयमा ताला
खोटाङको साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष नौ महिनासम्म अमेरिकाबाट नफर्किएपछि वडा कार्यालयमा ताला लगाइएको छ ।
अदालतप्रति सम्मान छ, कार्यपालिका पूर्वाग्रही भयो : उपसभापति वाग्ले
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार र प्रहरी प्रशासनले रवि लामिछानेप्रति व्यक्तिगत पूर्वाग्रह साँधेको आरोप लगाएको छ। बिहीबार बिहान पोखरामा पत्रकार सम्मेलन गरी रास्वपा नेताहरूले यस्तो आरोप लगाएका हुन् ।
गर्भपतन गरेर भ्रूण फाल्ने दुई जना पक्राउ
ओखलढुङ्गामा गर्भपतन गरेर सडकमा भ्रूण फाल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । करिब दुई महिनाको भ्रुण गर्भपतन गराएर सडकमा फाल्ने सिद्धिचरण नगरपालिका–३ का ५१ वर्षीय पुरुष र ३३ वर्षीय महिलालाई प्रहरीले पक्राउ गरेको हो ।
तनहुँ मालपोतमा राजस्व वृद्धि
जग्गाको कारोबार बढेसँगै मालपोत कार्यालयमा राजस्व सङ्कलनमा वृद्धि भएको छ ।
अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न संयुक्त राष्ट्रसङ्घका महासचिवको आह्वान
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सुधारिएको अन्तर्राष्ट्रिय वित्तीय संरचनाका लागि आग्रह गर्नुभएको छ ।
सवारी दुर्घटनामा एकको मृत्यु, पाँच घाइते
बिहीबार बिहान जुम्लाबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२२१ ख १०१४ नम्बरको एसएमएल गाडी बराहताल गाउँपालिका– ८ हुर्केमा दुर्घटना भएको हो ।
जिससद्वारा दश व्यक्तित्व सम्मानित
जिल्ला समन्वय समिति ताप्लेजुङले आफ्नो जिम्मेवारीप्रति सक्रिय तथा समाजका लागि विशिष्ट योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरेको छ ।