• १७ फागुन २०८१, शनिबार

पूर्व सचिव राणाको जीवनमा आधारित पुस्तक ‘धनबुवा’ लोकार्पित

blog

कार्यक्रममा पुस्तक लोकार्पण गर्नुहुँदै अतिथिहरु ।

सरोज ढुंगेल

काठमाडौँ, फागुन १६ गते । पूर्व सचिव स्वर्गीय परीक्षित नर्सिंह राणाको जीवनीमा आधारित फुस्तक ‘धनबुबा’ लोकार्पित भएको छ । शुक्रबार काठमाडौँमा आयोजित कार्यत्रममा स्वर्गीय राणाकी धर्मपत्नी कोकिला राणाले पुस्तक सार्वजनिक गर्नुभयो ।  

पुस्तकमाथि प्रकाश पार्दै पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले परीक्षित राणाले नेपालको प्रशासनिक क्षेत्रमा ठुलो योगदान गरेको बताउनुभयो । उहाँले स्वर्गीय राणाले प्रशासनिक क्षेत्रमा धेरै दुर्लभमध्येका सचिव रहेको जानकारी दिदै उहाँजस्ता प्रशासक हुने हो भने देशमा विकासको कायापलट गर्न सकिने बताउनुभयो । 

सचिव राणा समाज सुधार केबल भाषणमा मात्र सीमित होइन भन्नेमा प्रष्ट हुनुहुन्थ्यो भन्दै कविता पाठ गरेर मात्र विकास नहुने बताउनुभयो । परक्षित राणाले बोकेको सपना पूरा गर्न इमानदारीपूर्वक काम गर्नुपर्ने उहाँको भनाइ छ । नेता कार्की राणाको साइलो ज्वाइँ हुनुहुन्छ । परीक्षितको छोरा प्रसन्न नर्सिंह राणाले बुबाको बारेमा पुस्तक प्रकाशन गरेर उदाहरणीय काम गरेको बताउनुभयो । 

कार्यक्रममा स्वर्गीय सचिव राणाका छोरा प्रसन्न नर्सिंह राणाले बुबाजस्तो इमानदार व्यक्ति प्रशासक भएकोमा आफूलाई पनि गौरव लाग्ने गरेको बताउनुभयो । उहाँले समाजका निमित्त उदारणीय काम गरेको बताउनुभयो । 

पुस्तकमाथि समीक्षा गर्दै पुस्तकका सम्पादक प्राडा. करण शाहले परीक्षित नर्सिंहले जीवनमा अवलम्बन गरेका इमानदारीका पाइलाहरू सबैका लागि प्रेरणा हुने बताउनुभयो । स्व. राणा अर्थ मन्त्रालयबाट अधिकृतको जागिर सुरु गरेर सचिवबाट सेवानिवृत्त हुनुभएको थियो । उहाँको जीवनीबाट इमानदारी सिक्न सकिने भन्दै उहाँले प्रशासन क्षेत्रमा भ्रष्टाचारविरोधी काम गरेकाले कुनै पनि कार्यालयमा टिक्न नदिएको बताउनुभयो । स्वर्गीय राणा लोकसेवामा बसेर पनि काम गर्नुभएको थियो । 

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले आफू २०२३ सालमा १६ वर्षको उमेर हुँदा राणाले कर्मचारी सञ्चयकोषमा जागिर लगाइदिएको स्मरण गर्नुभयो । त्यो बेला १३४ रुपियाँ तलब रहेको स्मरण गर्दै राणा जहिल्यै भ्रष्टाचारविरोधी पात्र भएर उभिनुभएको बताउनुभयो । उहाँले सचिव राणालाई राजा महेन्द्र, वीरेन्द्र, सुवर्ण शमशेरको पालामा उहाँलाई  इमानदार र निष्ठा भएका व्यक्तिका रूपमा लिइने गरेको बताउनुभयो । 

वरिष्ठ साहित्यकार तथा समीक्षक विमल भौकाजीले स्वर्गीय सचिवको जिवनमा आधारित पुस्तक एक वर्ष लगाएर तयार पारिएको जानकारी दिदै  स्वर्गीय परीक्षित नर्सिंङ राणाको जीवन र अनेकौँ अवरोहका पक्षमा खोजी–खोजी लेखिएको बताउनुभयो । पुस्तकमा उहाँका बारेमा विझिन्न व्यक्तिले व्यत्त गरेका कुराहरूलाई समेटिएको भन्दै उहाँले पाँच भागमा ५० जनाको भनाईलाई स्वर्गीय राणाबारे लेखिएको बताउनुभयो ।  विसं. १९७३ मा जन्मिनुभएका राणा प्रजापरिषद्का समर्थक हुनुहुन्थ्यो । सहिद गंगालाल श्रेष्ठका सहपाठी राणा प्रजा परिषदका पक्षमा लड्नुभएको थियो । उहाँलाई मृत्युदण्ड दिने तयारी गरिएको बेला कसैले राणा परिवारको व्यक्ति भनेपछि गोर्खाको कारावासमा राखिएको थियो ।

पत्रकार तथा समिक्षक भिम घिमिरेले ५५ वर्षअघि नै मृत्यु भएका राणाको बारेमा लेख्दा विभिन्न अध्ययन र अनुसन्धान गरेर लेखिएको बताउनुभयो । पाँच खण्डमा लेखिएको पुस्तक २०७ पृष्ठको छ । यो पुस्तकमा विसं १९६५ यताका धेरैजसो राजनीतिक, सामाजिक, प्राकृतिक र प्रशासनिक इतिहास समेटिएको छ ।