मनाङ गाउँ र मर्स्याङ्दी नदी
हिमाली जिल्ला मनाङको ङिस्याङ गाउँपालिका–६ मा अवस्थित मनाङ गाउँ र पृष्ठभूमिमा मर्स्याङ्दी नदी । उक्त गाउँ समुद्री सतहदेखि तीन हजार ५४० मिटर उचाईमा अवस्थित छ ।
घरज्वाइँको पीडा ‘ज्वाइँ साब’
दीपकराज गिरीको चलचित्र ‘छ एकान छ’ का नायकमध्ये एक भएर अभिनय गर्नुभएका जितु नेपाल चलचित्र ‘ह्यारी कि प्यारी’ मा नायककै रूपमा देखिनुभएको थियो ।
फ्यानको चुनाव पुनः हुने
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को चुनाव आगामी तीन महिनाभित्र पुनः हुने भएको छ । भदौ २८ गते भएको फ्यानको ३२ औँ साधारण सभा तथा अधिवेशनमा नयाँ कार्यसमितिका लागि चुनाव भएको थियो ।
आजको लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४४ रुपैयाँ ६८ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ३३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ १० पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ८८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ५२ पैसा कायम गरिएको छ ।
आमा सम्झाउने ‘मातृचक्र’
सङ्घर्ष, माया र ममताको प्रतिमुर्ति आमा शब्द सबैलाई प्रिय लाग्छ । प्राणी जगत्मा आमाको स्थान सबैभन्दा माथि छ । आमा शब्द भावनासँग जोडिएको छ । आमाको बारेमा धेरै साहित्य लेखिएका छन् ।
औषधीको मूल्य समायोजनका लागि सुझाव समिति गठन
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले उपभोक्तालाई उचित मूल्यमा औषधी उपलब्ध हुने गरी मूल्य समायोजन आवश्यक नीतिगत व्यवस्थाका लागि सुझाव समिति गठन गर्नुभएको छ ।
गोलभेँडाको मूल्य हालसम्मकै उच्च
पछिल्ला केही दिनयता उपत्यकामा गोलभेँडाको मूल्य बढेर थोकमै प्रतिकेजी १८० रुपियाँ पुगेको छ ।
विद्युत् व्यापार तथा नीतिगत सुधारमा सरकार सफल
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वर्तमान सरकार ऊर्जा क्षेत्रको दिगो विकास गर्ने लक्ष्य लिएर अघि बढेको बताउनुभएको छ ।
साउदी अरबमा ‘करारका श्रमिकमाथि ‘एजेन्ट’ को शोषण’
साउदी अरबमा रहेको क्यारेफोरहरूमा करारमा काम गर्ने आप्रवासी श्रमिकमाथि साउदीको श्रमिक भर्ती गर्ने एजेन्टबाट आर्थिक, शारीरिक र मानसिक शोषण हुने गरेको एक अध्ययनले देखाएको छ ।
बिपी राजमार्गको धुलिखेल भकुण्डेबेसी खण्ड सञ्चालनमा
असोजको दोस्रो साता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गको धुलिखेल भकुण्डेबेसी खण्ड २४ घण्टा सञ्चालनमा आएको छ । यसअघि सो राजमार्ग बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म मात्र सञ्चालनमा रहेको थियो ।
दुग्धजन्य पदार्थ आयात प्रतिबन्धलाई यथावत् राख्न माग
डेरी उद्योगीले भारतलगायतका देशबाट दुध तथा दुग्धजन्य पदार्थ आयातमा लगाएको प्रतिबन्धलाई यथावत् राख्न आग्रह गरेका छन् ।
मुख्य चाडबाडमै घट्यो आयात
नेपालीहरूको मुख्य चाडबाड दसैँतिहारको समयमै आयात घटेको छ ।
सङ्कटमा हिउँचितुवा
नेपालको हिमाली भेगमा मात्र पाइने हिउँचितुवालाई हिमालकी रानी मानिन्छ ।
फिलिपिन्समा आँधीबाट १४ जनाको मृत्यु
फिलिपिन्समा आँधीका कारण आएको बाढीबाट १४ जनाको मृत्यु भएको छ । हजारौँ विस्थाति भएका छन् । उद्धारकर्ताहरूले बुधबार बाढीमा फसेका बासिन्दाहरूसमक्ष पुग्ने प्रयास गरेका थिए ।
मार्सी भित्र्याउन जुटे किसान
कात्तिक महिना लागेपछि किसानलाई मार्सी धान भित्र्याउन भ्याइनभ्याइ भएको छ । बर्षे खेती मार्सी धान भित्र्याउने बेला किसान निकै ब्यस्त छन् ।
पाँच वर्षपछि मोदी र सीबिच पहिलो द्विपक्षीय वार्ता
भारत र चीनले बुधबार द्विपक्षीय सम्बन्ध सुधार गर्न काम गर्ने सहमति गरेका छन् । यसले सन् २०२० मा विवादित सीमामा दुवै देशका सैनिकबिच भएको झडपपछि छिमेकी राष्ट्रहरुबिच सम्भावित सुधारको सङ्केत गरेको छ ।
उत्तर कोरियाले रुसमा सैनिक पठाएको प्रमाण छ-अमेरिकी रक्षामन्त्री अस्टिन
अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले बुधबार उत्तर कोरियाले रुसमा सैनिक पठाएको प्रमाण रहेको बताउनुभएको छ ।
नागरिकलाई आशा जगाएर सुशासन कायम गर्नु अहिलको आवश्यकता हो : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनतालाई आशा जगाएर सुशासन कायम गर्नुः अहिलेको प्रमुख आवश्यता भएको बताउनुभएकोछ।
बाढीको क्षति पुनःनिर्माण गर्न बजेट छुट्याउने कोशी मन्त्रिपरिषदको निर्णय
कोशी प्रदेश सरकारले बाढी पहिरोबाट पूर्वाधारमा भएको क्षति पुननिर्माण गर्न चालु वर्ष मन्त्रालयमा विनियोजन भएको बजेटबाट १० प्रतिशत रकम समर्पण गराउने भएको छ।
बन्द उद्योग सञ्चालनमा ल्याउँछौं : मन्त्री भण्डारी
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पुराना बन्द उद्योगहरु छिट्टै सञ्चालनमा ल्याइने बताउनुभएको छ । बुधबार कञ्चनपुर उद्योग बाणिज्य संघको ३३ औं वार्षिक साधारण सभा कञ्चनपुरको महेन्द्रनगर पुग्नुभएका उहाँले भन्नुभयो, ‘पहिले सञ्चालनमा रहेका र हाल लामो समयदेखि बन्द रहेका उद्योग सञ्चालनको तयारी सरकारले गरेको छ, हामी दुई तीनवटा मोडालिटीमा छलफल गरिरहेका छौं, पब्लिक शेयरमा जाने, वैदेशिक लगानी जुटाउने कसरी हुन्छ सल्लाहमै छौं ।’
बङ्गलादेश समूह विजेता बन्दै सेमिफाइनलमा
दशरथ रङ्गशालामा बुधबार साँझ भएको खेलमा पाँच पटकको च्याम्पियन भारतलाई ३–१ गोलले हराउँदै बङ्गलादेश समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो ।
मुख्यमन्त्री र नीति आयोगका उपाध्यक्षबिच कार्यसम्पादन सम्झौता
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङ र बागमती प्रदेशको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गङ्गादत्त नेपालबिच कार्यसम्पादन करार सम्झौताभएको छ।
बजेट कार्यान्वयन गर्न अनुगमन जरुरी छ: मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चालु आर्थिक वर्षमा विनियोजन भएको बजेट सही ढङ्गले कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ।
विपद् प्रतिकार्य एउटा संस्था वा व्यक्तिको प्रयासले सम्भव छैन : प्रहरी महानिरीक्षक अर्याल
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विपद् प्रतिकार्य कुनै एउटा संस्था वा व्यक्तिको प्रयासले मात्र सम्भव नहुने बताउनुभएको छ। सरोकारवाला निकायहरूको सक्रिय सहभागिता तथा सम्बन्धित सबैको योगदान भएमा मात्र यो सफल हुने उहाँको भनाइ छ।