स्वास्थ्य बिमा प्रतिवेदन कार्यान्वयन गर्न विज्ञसँग सुझावको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आमनागरिकको स्वास्थ्यमा पहुँच विस्तारका लागि स्वास्थ्य बिमाको सुधार गर्नु मन्त्रालयको प्रमुख उद्देश्य भएकाले यस क्षेत्रमा देखिएका समस्या समाधान हुने गरी सुझाव दिन विज्ञहरूलाई आग्रह गर्नुभएको छ।
काठमाडौँ महानगरले माग्यो १०८ स्वास्थ्यकर्मी
काठमाडौँ महानगरपालिकाले करारमा १०८ स्वास्थ्यकर्मी माग गरेको छ। महानगरपालिकाले बुधबार सूचना प्रकाशित गर्दै १०८ स्वास्थ्यकर्मी माग गरेको हो।
दाङमा खाद्यले किसानसँग धान खरिद गर्ने
दाङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले किसानसँग धान खरिद गर्ने भएको छ। जिल्लामा यस वर्ष कम्पनीले आठ हजार क्विन्टल धान खरिद गर्ने भएको हो।
औषधी उपलब्ध गराउन सुझाव दिन स्वास्थ्य मन्त्री पौडेलद्वारा सुझाव समिति गठन
उपभोक्तालाई उचित मूल्यमा औषधी उपलब्ध गराउन भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सुझाव समिति गठन गर्नुभएको छ।
भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी जिङपिङबिच रुसमा भेटवार्ता हुने
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिङपिङले बुधबार पाँच वर्षमा पहिलो पटक द्विपक्षीय बैठक गर्ने भारतीय अधिकारीहरूले बताएका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीद्वारा सुशील कोइराला क्यान्सर अस्पतालको निरीक्षण
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको निरीक्षण गर्नुभएको छ।
युक्रेनी विदेशमन्त्री युद्ध अन्त्य गर्ने योजनामा समर्थन जुटाउन अफ्रिका र ओमानको भ्रमणमा
युक्रेनी विदेश मन्त्री एन्ड्री सिबिगाले युक्रेन र रुसको बिचको युद्ध अन्त्य गर्ने योजनामा समर्थन जुटाउन बुधबार अफ्रिकी देशहरू र ओमानको भ्रमण सुरु गर्नुभएको छ ।
युक्रेनमा ‘लडाइँ नबढाउन’ चीनको जोड
चीनका राष्ट्रपति सी जिनपिङले बुधबार ब्रिक्स समूहका नेताहरूलाई युक्रेनमा ‘लडाइँ नबढाउन’ आग्रह गर्नुभएको छ ।
संवैधानिक सीमामा रहेर काम गर्छु : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदमा प्रतिपक्षमा रहेका दलका नेताहरूले भेट गर्नुभएको छ । बुधबार राष्ट्रपति भवन शीतल निवासमा प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रतिपक्षमा रहेको दलका नेताहरूले भेट गर्नुभएको हो ।
दसैँपछि पर्यटकले भरियो बन्दीपुर
पहाडकी रानी उपनामले चिनिएको तनहुँको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुर पर्यटकले भरिभराउ भएको छ । दसैँपछि आन्तरिक तथा बाह्य पर्यटक घुम्नको लागि बन्दीपुर उक्लिएका हुन् ।
कसूरजन्य सम्पत्तिको एकीकृत विवरण अभाव
कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागले रुकुमपश्चिमको मुसीकोटमा कसूरजन्य सम्पत्ति व्यवस्थापन सम्बन्धमा सरोकारवाला निकायसँग गरेको अन्तरक्रिया कार्यक्रममा एकीकृत विवरणको अभाव रहेको बताइएको हो।
‘डेडिकेटेड लाइनको बक्यौता उठाउने कुरामा मन्त्रालय र प्राधिकरणबिच मतभेद छैन’
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड लाइनको बक्यौता उठाउने सम्बन्धमा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणबिच मतभेद नभएको बताउनुभएको छ ।
पोखराको पर्यटकीय मौसम सुरु, ‘बुकिङ’ घट्दा व्यवसायी चिन्तित
हिमशृङ्खला, तालतलैयाका मनमोहक दृश्यले पर्यटकलाई लोभ्याउने पोखरामा पर्यटकीय मौसम सुरु भए पनि पर्यटकको चाप बढ्न नसक्दा पर्यटन व्यवसायी चिन्तित बनेका छन् ।
ताप्लेजुङको जिल्ला सभा र वार्षिक समीक्षा सुरु
जिल्ला समन्वय समिति ताप्लेजुङको जिल्ला सभा तथा वार्षिक समीक्षा कार्यक्रम सुरु भएको छ। जिल्ला समिति समितिको सभा हलमा सातौँ जिल्ला सभा तथा वार्षिक समीक्षा कार्यक्रम बुधबार सुरु भएको हो।
बाढीपहिरोः काभ्रेमा सञ्चालित एक सय खानेपानी आयोजनाको एक अर्ब बराबरको क्षति
गत असोज दोस्रो साताको बाढीपहिरोले काभ्रेमा सञ्चालित एक सय खानेपानीका आयोजनामा क्षति पुगेको छ ।
मुक्तिनाथदेखि थोरङ्लापाससम्मको पदमार्ग सरसफाइ
मुस्ताङको मुक्तिनाथदेखि राउण्ड अन्नपूर्ण पदमार्ग अन्तर्गतको थोरङ्लापाससम्मको मुस्ताङ तर्फको पदमार्गमा सरसफाइ गर्नुका साथै फोहोर व्यवस्थित तवरले नष्ट गरिएको छ ।
खाद्यान्नमा आत्मनिर्भर बन्ने योजनामा मधेश प्रदेश
भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले मधेश प्रदेश सरकारले मधेशको कृषि उत्पादन वृद्धि गरी मुलुकलाई नै खाद्यान्नमा आत्मनिर्भर बनाउने मिसनमा काम अघि बढाइएको बताउनुभएको छ ।
प्रत्येक कार्यालयमा सूचना अधिकारी अनिवार्य : मुख्यमन्त्री सिंह
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहले सूचनाको हकलाई सहज बनाउन सबै कार्यालयमा अनिवार्य सूचना अधिकारी राख्नुपर्ने बताउनुभयो ।
बढ्दो हिंसाका कारण गाजामा पोलियो खोप अभियान स्थगित
उत्तरमा तीव्र बमबारी र बढ्दो हिंसाका कारण गाजामा पोलियो खोप अभियानको अन्तिम चरण स्थगित गर्न बाध्य भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले बुधबार बताएको छ ।
जनकपुरमा बढ्यो माटोका भाँडाको माग, पुर्ख्यौली पेसा विस्थापित हुने डर
वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरु यतिबेला दीपावली तथा छठ पर्वको तयारीमा लागेका छन् । यी दुवै पर्वमा माटाका भाँडाकुँडाको माग अत्यधिक हुने गर्दछ ।
दलित हकसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन जरुरी : अध्यक्ष दाहाल
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विकले भेट गरी दलित समुदायसँग जोडिएका ऐन कानुन निर्माणका बारेमा छलफल गर्नुभएको छ ।
रास्वपाको प्रदर्शन र अनुचित क्रियाकलापप्रति कांग्रेसको ध्यानाकर्षण
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि उहाँका समर्थकले गरेको प्रदर्शन र अनुचित क्रियाकलापप्रति नेपाली कांग्रेसले ध्यानाकर्षण भएको जनाएको छ ।
सरकार ढल्ने दिवा सपना नदेख्न प्रधानमन्त्रीको आग्रह (पूर्ण पाठसहित)
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास र हैसियत भएका दल मिलेर बनेको सरकार ढल्ने दिवा सपना कसैले नदेख्न आग्रह गर्नुभएको छ ।
सुस्ताको सास्ती
“हमहनके नेपाली हइन, लेकिन हमनके नागरिकता नहीँ बा । नहीँ हमनके लालपुर्जा बा । नागरिकता लेके हमनके मरेके मन बा लेकिन खै काहुई कौनो पता नही बा” अर्थात् “हामी नेपाली भए पनि नागरिकता छैन ।