• १० मंसिर २०८१, सोमबार

‘फेस अफ क्लासिक डाइमन्ड’ घोषणा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक ९ गते । ‘फेस अफ क्लासिक डाइमन्ड’ पाँचौँ सिजनको घोषणा भएको छ । काठमाडौँमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा क्लासिक डाइमन्डका अध्यक्ष बाबुराजा महर्जनले ‘फेस अफ क्लासिक डाइमन्ड’ को पाँचौँ सिजन हुने जानकारी दिनुभयो । 

उहाँका अनुसार प्रतियोगितामा उत्कृष्ट मोडलले फेस अफ क्लासिक डाइमन्डको उपाधिसहित एक लाख ५० हजार रुपियाँ र एक वर्षसम्म क्लासिक डाइमन्डको ब्रान्ड एम्बेस्डरको जिम्मेवारी पाउने छन् । प्रतियोगिताका पूर्वविजेताहरू साम्राज्ञी राज्यलक्ष्मी शाह, अञ्जली लामा, मुना गौचनले विभिन्न क्षेत्रमा आफूलाई स्थापित गरिसकेको अध्यक्ष महर्जनले जानकारी दिनुभयो । प्रतियोगिताका लागि काठमाडौँ र पोखरामा अडिसन गरिने जनाइएको छ । प्रतियोगिताका विजेतासहित उत्कृष्ट १० प्रतियोगीलाई क्लासिक डाइमन्ड फेसन तथा ज्वेलरी सोमा सहभागी गराइने जनाइएको छ ।