दुई जना बङ्गलादेशी नागरिक पक्राउ
प्रवेशाज्ञा बिना नेपाली भूमिमा प्रवेश गरेको अभियोगमा दुई जना बङ्गलादेशी नागरिक काँकडभिट्टाबाट पक्राउ परेका छन् । सशस्त्र प्रहरी वलको सतिघट्टा बोर्डर आउट पोस्टको टोलीले उनीहरुलाई बुधबार साँझ पक्राउ गरेको हो ।
पुरस्कार प्रदान
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्तीमा पुरस्कार तथा सम्मान प्रदान गरिएको छ ।
ठेकेदारको लापरबाहीले अलपत्र लोकतान्त्रिक सिँचाइ कुलो
दिप्रुङ चुइचुम्मा गाउँपालिका ६ छितापोखरीस्थित टुवाखोला मुहान रहेको लोकतान्त्रिक सिँचाइ कुलो आयोजना ठेकेदारको वदमासीका कारण वर्षो देखि अलपत्र अवस्थामा रहेको छ । यसको तत्काल सञ्चालनमा ल्याउन स्थानीयले माग गरेका छन् ।
कलाकारद्वयसँग ललितकला संवाद
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभागको आयोजनामा बुधबार कलाकार इन्द्रप्रसाद शिल्पकार र रविता शिल्पकारसँग ललितकला संवाद सम्पन्न भएको छ ।
राउटे बस्तीमा छायाङ्कन !
मोरङको कानेपोखरी–७ स्थित दहीलामीचौर सामुदायिक वन उपभोक्ता समूहले संरक्षण गरेको वनभित्र चलचित्र बलिदान छायाङ्कनका लागि कृत्रिम राउटे बस्ती निर्माण गरिएको छ ।
कालीप्रसादको साङ्गीतिक प्रस्तुति
सङ्गीतकार तथा गायक कालीप्रसाद बाँस्कोटा आफ्नो साङ्गीतिक यात्रा १५ वर्ष पुगेको अवसर पारेर पोखरा र बुटवलमा प्रस्तुति गर्नुहुने भएको छ ।
धितोपत्र दलालको सङ्ख्या ९० पुग्यो
धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि अनुमति पाउने दलाल कम्पनी ९ब्रोकर०को सङ्ख्या ९० पुगेको छ । गत आर्थिक वर्ष २०८०÷८१ का लागि ८२ वटा दलाल कम्पनीले अनुमति पाएकामा हाल थप आठवटा कम्पनी थपिएका हुन् ।
योजना माग्न वडा सदस्य नै काठमाडौँमा
सङ्घीयताले अधिकार र बजेट स्थानीय तहमै पुर्याएको भनिए पनि सङ्घीय मन्त्रालयमा बजेट माग्न वडा सदस्यसमेत काठमाडौँस्थित सङ्घीय सरकारका मन्त्रालयमा जाने गरेका छन् ।
कर्णाली नदीको जस्तै सरुवाडाँडाको झोलुङ्गे पुल
तलतिर कलकल बग्ने बबई नदी, सोहीमाथि झोलुङ्गे पुल । चारतिर हरियाली, नजिकै चिटिक्क परेको मोतिपुर गाउँ । यो दृश्य दाङको तुलसीपुर उपमहानगरपालिका ११ र दङ्गीशरण गाउँपालिका २ सरुवाडाँडा जोड्ने झोलुङ्गे पुल क्षेत्रको हो । यस मनमोहक दृश्यले त्यहाँ पुग्ने जोकोहीलाई लोभ्याउने गर्छ । हाल सोही पुलको अवलोकनका लागि टाढाटाढाबाट मानिस आउने गर्छन् । यसपटक दसैँतिहारमा यहाँ अवलोकन गर्न आउनेको भीड नै लागेको स्थानीयको भनाइ छ ।
लगानी प्रवर्धनबारे छलफल
नेपाल उद्योग वाणिज्य महासङ्घले मुलुकमा लगानी प्रवर्धनमा योगदान गर्ने उद्देश्यले विभिन्न देशका लागि नवनियुक्त राजदूत तथा महावाणिज्यदूतसँग अन्तर्क्रिया गरेको छ ।
दुधको उन्नाइस करोड नपाएको गुनासो
दुग्ध विकास संस्थानलाई बिक्री गरेको छ महिनादेखिको दुधको रकम नपाएको भन्दै कोशी प्रदेशका किसानले बुधबार कृषि तथा पशुपन्छी विकासमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
सीमा विवादका कारण बसपार्क निर्माण अवरुद्ध
ढोरपाटन नगरपालिका–२ खप्तरीबाङमा निर्माणाधीन बसर्पाकको काम सीमा विवादका कारण अवरुद्ध भएको छ । नयाँ सहर आयोजना कार्यालयले निर्माण गर्न लागेको बसपार्कको सिमानामा विवाद हुँदा काम रोकिएको हो ।
आज देशका अधिकांश भागमा मौसम सफा रहने
हाल देशभर पश्चिमी र पहाडी भेगमा स्थानीय वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी र कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । साथै तराईका केही भागमा हल्का हुस्सु लागेको छ ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा कायम भएको छ ।
‘पश्चिम सेती बन्ने भइसकेको छ’
गृह जिल्ला डडेलधुरामा रहनुभएका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत् आयोजना बन्ने भइसकेको बताउनुभएको छ ।
विद्युत् महसुल विवाद : सर्वोच्चले दुवै पक्षलाई बोलायो
ट्रङ्क तथा डेडिकेटेड लाइन महसुल विवादबारे मन्त्रीपरिषद्को निर्णय कार्यान्वयन रोक लगाउन माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलमा बोलाएको छ ।
परराष्ट्रमन्त्री राणा चीन जानुहुँदै
परराष्ट्रमन्त्री डा. आरजु राणा चीन भ्रमणमा जानुहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको पूर्वतयारीका लागि उहाँ चीन भ्रमणमा जान लाग्नुभएको हो ।
एचपिभी खोप अभियान माघमा
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले माघ महिनादेखि देशभरका किशोरीहरूलाई निःशुल्क पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाउने भएको छ ।
नेपाली यु–१९ महिला विश्वकपमा
विश्व क्रिकेटमा नेपाली पुरुष यु–१९ क्रिकेटको छवि गर्व गर्नलायक छ । यु–१९ पुरुष क्रिकेटले आठ पटक विश्वकप खेलेको छ ।
बहुवर्षीय ठेक्का सहमतिको नयाँ मापदण्ड
एक वर्षभन्दा बढी समय लागतका आयोजनाका लागि पुस मसान्तभित्रै स्रोत सहमति दिनुपर्ने गरी मापदण्ड परिमार्जन गरिएको छ ।
दूतावासबाट श्रम स्वीकृतिको तयारी
सरकारले मलेसिया र खाडी मुलुकमा लामो समयदेखि कागजातविहीन भएर बसेका नेपाली श्रमिकलाई नेपाली दूतावासबाट श्रम स्वीकृति दिने निर्णय कार्यान्वयन गरेको छ ।
मन्त्री भण्डारीद्वारा आयल निगमको निरीक्षण
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भैरहवामा निर्माणाधीन अवस्थामा रहेको नेपाल आयल निगमको पेट्रोलियम भण्डारण गृहको निरीक्षण गर्नुभएको छ ।
अटो दुर्घटना हुँदा दुई घाइते
रुकुमपश्चिमको चौरजहारी नगरपालिका –३ मा अटोरिक्सा दुर्घटना भएको छ । दुर्घटनामा परेर दुई जना घाइते भएका छन् ।
बाणगंगाका कृषकलाई गहुँको बीउ
कपिलवस्तुको बाणगंगा नगरपालिकाले स्थानीय कृषकलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गरेको छ ।