मोरङको रतुवा—केशलिया सडक निर्माणको ठेक्का तोडियो
हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा— केशलिया ६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ ।
सार्कलाई गतिशील बनाउन आह्वान
सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई सक्रिय तुल्याउँदै साझा सङ्कल्पका साथ अघि बढ्न सदस्य मुलुकसँग अपिल गरेको छ । सोमबार एकचालिसौँ सार्क बडापत्र दिवसका अवसरमा सार्कको अध्यक्षका हैसियतमा प्रधानमन्त्री सुशीला कार्कीले सार्कलाई पुनर्जीवित पार्दै गतिशील बनाउने सङ्कल्पमा साथ दिन आह्वान गर्नुभएको हो । सार्क स्थापना भएको सन् १९८५ डिसेम्बर ८ लाई सार्क बडापत्र दिवसका रूपमा मनाइँदै आएको छ ।
‘गैरसरकारी प्रोजेक्ट निष्प्रभावी’
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विकास साझेदार संस्थाहरू परियोजनामुखी भएकाले सामाजिक अभियानहरू प्रभावकारी नभएको बताउनुभएको छ । सातौँ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा सोमबार यहाँ आयोजित तीनदिने अन्तर्राष्ट्रिय सिकाइ सम्मेलनको उद्घाटनमा मन्त्री खरेलले विकास र सामाजिक परिवर्तनको क्षेत्रमा काम गर्ने अधिकांश विकास साझेदार सं
पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान हुँदै
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा आठ अर्ब ३६ करोड ७३ लाख रुपियाँ अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दर्ता ग¥यो । राजनीतिज्ञ, उच्च प्रशासक र प्राधिकरणका कर्मचारीसमेत ५५ जनालाई प्रतिवादी बनाइए पनि अनियमितता आशङ्का गरिएका सबै विषयमा मुद्दा चलाइएको छैन । अख्तियारकै अनुसार आयोजना निर्माण प्रक्रिया र निर्णयबारे अझै तीन विषयमा छुट्टाछुट्टै अनुसन्धान जारी छ ।
गौर हत्याकाण्ड प्रकरण ‘अनुसन्धान नगर्ने छुट हुन्न’
सर्वोच्च अदालतले फौजदारी मुद्दा अनुसन्धानका लागि घटनाबारे जाहेरी परेपछि अनुसन्धान तहकिकात कार्य नगरी बस्ने छुट नहुने व्याख्या गरेको छ । दुई दशकअघिको गौर हत्याकाण्ड अनुसन्धानका विषयमा दायर रिटमा अनुसन्धानका लागि परमादेश जारी गर्दै सर्वोच्चले जाहेरीपछि यथाशीघ्र प्रमाण संरक्षणसमेत हुनुपर्ने व्याख्या गरेको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले भदौ २ गते जारी गरेको परमादेशको पूर्णपाठमा यस्तो उल्लेख छ । जाहेरी परेपछि अनुसन्धान गर्ने निकाय निन्द्रामग्न अवस्थामा रहने छुट नभएको टिप्पणी अदालतको छ ।
कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
गृह मन्त्रालयले गत भदौ २३ र २४ गते भएको जेननी आन्दोलनमा मृत्युवरण गरेका ४५ जना सहिदको सूची सबै जिल्ला प्रशासन कार्यालयमा राख्न निर्देशन दिएको छ ।
समानुपातिकमा ६७ दलको निवेदन
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ ६७ वटा दलले दर्ताको निवेदन दिएका छन् । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ दल दर्ताका लागि मङ्सिर २१ देखि २३ गतेसम्मको समयसीमा तोकेको छ ।
ठुला फाइलले देखाएको सुशासनको सङ्केत
मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि थुप्रै प्रयास भए पनि देखिने गरी परिणाम आउन नसकेको आमगुनासो छ तर पछिल्ला दिनमा भ्रष्टाचारमा संलग्न उच्च राजनीतिक तथा प्रशासनिक क्षेत्रका पदाधिकारीलाई पनि भटाभट छानबिनको दायरामा ल्याउन थालेपछि मुलुकमा सुशासनको सङ्केत देखिन थालेको छ ।
महिला स्वास्थ्य स्वयंसेविका : आधारभूत स्वास्थ्य सेवा वाहक
न्यून यातायात खर्च, वार्षिक एक पटक पोसाक खर्च र खोपलगायत कार्यक्रम चलेका बेला खाजा खर्चबाहेक पारिश्रमिक हात नपर्ने महिला स्वास्थ्य स्वयंसेविकाहरू नेपालको आधारभूत स्वास्थ्य सेवालाई सर्वसाधारणको पहुँचमा पुर्याउने वाहक बनेका छन् । उनीहरूकै परामर्श सेवा अनि सङ्कलन हुने सूचनाका कारण हजारौँ मातृ तथा शिशुको जीवन रक्षा तथा राज्यको स्वास्थ्यसम्बन्धी सन्देश प्रवाह र स्वास्थ्य कार्यक्रम प्रवर्धन हुन सकेको छ तर उनीहरूको स्वयम्सेवालाई कानुनले चिन्दैन । रणनीतिका भरमा यो कार्यक्रम चलेको छ ।
‘मिठो मिठो बोली’ गीत सार्वजनिक
गायक, गीतकार तथा मोडल अशोक बिष्टको स्वर रहेको नयाँ लोकगीत ‘मिठो मिठो बोली’ सार्वजनिक भएको छ । उक्त गीतलाई लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले सार्वजनिक गर्नुभयो ।
पत्रकार सुरेश रजकलाई सहिद घोषणा
स्वर्गीय पत्रकार सुरेश रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ ।
प्रक्रियासार कौमुदी पुस्तकको लोकार्पण
नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक हरिलाल पौडेलद्वारा रचना गरिएको प्रक्रियासार कौमुदी (प्रयोगात्मक संस्कृत भाषा व्याकरण) पुस्तकको लोकर्पण गरिएको छ ।
गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड अमर माविलाई
काठेखोला गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अमर मावि बिहुँले जितेको छ । गत शनिबारदेखि काठेखोला गाउँपालिका –६ मा रहेको भीमसेन माध्यमिक विद्यालयमा सञ्चालित सातौँ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड अमर माविले हात पारेको हो ।
जलनले निम्त्याउँछ शारीरिक र मानसिक समस्या
पछिल्लो समय जलनका घटना बढ्दै गएका छन्। स्वास्थ्य सेवा विभागले सार्वजनिक गरेको तथ्याङ्कले प्रत्येक वर्ष जलनका घटना बढ्दै गएको देखाएको छ ।
डा.पोखरेलको गीति एल्बम ‘परेली’को विमोचन
गीतकार एवं चलचित्र निर्देशक तथा निर्माता डा.सुबोधकुमार पोखरेलको गीति एल्बम ‘परेली’को आज यहाँ एक समारोहबिच विमोचन गरिएको छ ।
कार्यालयमा आगजनी र लुटपाट गर्ने १५ जना पक्राउ
गत भदौ २४ गते सिन्धुलीमा जेनजीको आन्दोलनका क्रममा सरकारी कार्यालय तोडफोड, आगजनी तथा लुटपाट गर्ने १५ जना पक्राउ परेका छन् ।
भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण समस्याको पूर्ण समाधान गर्न नसकिएको बताउनुभएको छ ।
मुस्ताङको थासाङमा भालुको जोखिम
थासाङ गाउँपालिका–५ स्थित कुञ्जो, ताक्लुङ, छयो, झिप्रा देउरालीलगायतका स्थानमा भालुका कारण मानवीय जोखिम बढेको छ ।
एमाले महाधिवेशनको तयारी तीव्र
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीमा अस्थायी संरचना निर्माण तीव्र पारिएको छ ।
मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
बेथिति हटाउँदै सुशासन कायम गर्ने मुख्यमन्त्री यादवकाे प्रतिबद्धता
मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मधेश प्रदेशमा बेथिति रहेकोले बेथिति हटाउँदै सिस्टममा ल्याउने र सुशासन कायम गर्ने पहिलो प्राथमिकता रहेको बताउनु भएको छ ।
गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो
पछिल्लो छ कारोबार दिन पुँजीबजार निरन्तर ओरालो देखिएको छ ।
नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ
काठमाडौंको नख्खु कारागारबाट भागेका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।
पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ
वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।