कोशी विवाद सर्वाेच्चमा
कोशी प्रदेश सरकार गठनको विवाद पुनः सर्वोच्च अदालतमा प्रवेश गरेको छ। मुख्यमन्त्री उद्धव थापाले लिनुभएको विश्वासको मतको प्रक्रियामा संविधान मिचिएको भन्दै प्रदेश सभाको प्रमुख विपक्षी दल नेकपा (एमाले) ले विवादलाई अदालत प्रवेश गराएको हो। विश्वासको मत लिने क्रममा संविधानको धारा १८६ को प्रतिबन्धात्मक वाक्यांशले निषेध गरेको कार्य सम्पन्न भएकाले बदरको माग पनि रिटमा गरिएको छ। मुख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा अध्यक्षता गर्नुभएका इस्राइल मन्सुरीले मत दिएपछि विवाद बढेको थियो। एमाले प्रदेश सभा संसदीय दलका नेता हिक्मत कार्कीका तर्फबाट बुधबार सर्वोच्चमा रिट दर्ता भएको हो। सर्वोच्च प्रशासनका अनुसार रिटको प्रारम्भिक सुनुवाइ बिहीबारका लागि तोकिएको छ।
सेवाग्राहीलाई व्यर्थैमा जरिवाना
राष्ट्रिय परिचयपत्र निःशुल्क प्रदान गर्ने राज्यको नीति छ । कानुन पनि राज्यले गल्ती गर्दैन भन्ने सिद्धान्तमा आधारित भएर बनाइन्छ । तर कर्मचारीको लापबाहीका कारण गलत विवरणसहित छापिएका राष्ट्रिय परिचयपत्र सच्याउन सेवाग्राहीले जरिवाना तिर्नुपर्ने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले हालै वितरण गर्दै गरेका राष्ट्रिय परिचयपत्रमा निकै त्रुटि पाइएको छ । त्यो त्रुटि सेवाग्राहीले दिएको सूचनाका आधारमा नभई सरकारी कर्मचारीले गलत प्रविष्ट गरेका कारण भए पनि त्यसमा सच्याउँदा सेवाग्राहीले पाँच सय रुपियाँ जरिवाना तिर्नु परेको छ ।
सामाजिक सञ्जाललाई विज्ञापन बोर्डमा दर्ता गराउन पहल
विज्ञापन बोर्डले सामाजिक सञ्जालमा हुने गरेको विज्ञापन नियन्त्रणका लागि मापदण्ड बनाउन लागेको छ। फेसबुक, गुगल, अमेजन जस्ता विदेशी कम्पनी नेपालमा दर्ता भइसकेकाले तिनको नियमन गर्न र बोर्डमा दर्ता गर्ने व्यवस्थामा बोर्ड लागेको जानकारी बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईंले दिनुभयो।
‘संसद् विकास कोष कार्यान्वयन नगर्नू’
सर्वोच्च अदालतले संसद् विकास कोषको रकम तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । संवैधानिक इजलासले सङ्घ र सबै प्रदेशमा विनियोजन भएको आर्थिक वर्ष २०८०/८१ को बजेटको उक्त व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीश ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको इजलासले अन्तरिम आदेश जारी गरेको हो ।
प्रज्ञालाई नयाँ युग सुहाउँदो बनाउन वृहत बहस
नेपाल प्रज्ञा प्रतिष्ठानलाई नयाँ युगअनुसार अब कसरी अगाडि बढाउने भन्ने बारेमा सभामा वृहत छलफल भएको छ ।
भारतीय अन्तरिक्षयानको सफल अवतरण : मोदीलाई प्रधानमन्त्री प्रचण्डको बधाई
चन्द्रमाको दक्षिणी ध्रुव नजिक भारतीय चन्द्रयान–३ अवतरण गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिनुभएको छ।
अनुमति नलिएका पसललाई ग्यास बेच्न रोक
जिल्ला प्रशासन कार्यालयले अनुमतिबिना खाना पकाउने ग्यास बेच्ने पसललाई विक्रीमा रोक लगाएको छ । प्रशासनले गरेको अनुगमनमा विक्री अनुमति लिएको नपाइएपछि जिरो किलोमिटर र कुलधारामा रहेका दुई पसललाई ग्यास बेच्न नपाउनेगरी रोक लगाइएको हो ।
राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको शिष्टाचार भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हन्ना सिंगर–हम्दीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
प्याजको मूल्य एक सातामै दोब्बर
स्याङ्जामा प्याजको मूल्य दोब्बरले बढेको छ । गएको हप्ता प्रतिकेजी ६० देखि ६५ रुपियाँ रहेको प्याजको मूल्य पछिल्लो दिन प्रतिकेजी एक सयदेखि एक सय १० रुपियाँसम्म विक्री गरिएको छ ।