‘राष्ट्रिय पुस्तकालय छिट्टै बन्छ’
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रिय पुस्तकालय निर्माण कार्यलाई निर्वाध ढङ्गले अगाडि बढाउन पहल थाल्ने बताउनुभएको छ। १६ औँ पुस्तकालय दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पुस्तकालय भवन निर्माणमा देखिएको अड्चनलाई हटाएर निर्माण कार्यलाई अगाडि बढाइने बताउनुभयो। सरकारले दुई वर्षअघि नै राष्ट्रिय पुस्तकालय भवन जमलमा निर्माण गर्ने घोषणा गर्दै त्यसको डिजाइन र टेन्डरसमेत आह्वान गरिसकेको थियो। डिजाइनमा सामान्य त्रुटि देखिएको र ठेकेदारसँगको मिलेमतो भएको जनाउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अन्तिममा आएर टेन्डर रद्द गरेको थियो।
१६ औँ पुस्तकालय दिवस, हरिहर भवन पुनर्निर्माणमा अन्योल
लगानीकर्ताको सर्तका कारण भूकम्पले क्षतिग्रस्त भएको पुल्चोकस्थित हरिहर भवनको पुनर्निर्माण कार्य अत्तोपत्तो छैन। बेवारिसे बनाइएको राणाकालीन सो दरबार खण्डहर बन्न पुगेको छ। घाँस र झारले भवन पूरै ढाक्न थालिसकेको छ। भूकम्पबाट क्षतिग्रस्त भएका सरकारी भवनको प्रायः पुनर्निर्माण कार्य सम्पन्न भइसकेको छ भने कतिपयको अन्तिम चरणमा पुगेको छ तर हरिहर भवन भने बेवारिसे जस्तै बन्न पुगेको छ। भूकम्पबाट क्षतिग्रस्त भएका संरचनाको पुनर्निर्माणका लागि स्थापना गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण विघटन भइसक्दा पनि हरिहर भवनले पुनर्जीवन पाउन नसक्दा यसका पञ्जर पूर्ण रूपमा जीर्ण हुँदै गएका छन्। भवनको बाहिरी स्वरूप हेर्दा धरापको अवस्थामा पुगेको देखिन्छ।
मुद्दा दोहोर्याउने अनुमति पाउँदा फैसला कार्यान्वयन नहुने
मुद्दा दोहोर्याइ हेर्ने अनुमति प्राप्त गरेपछि फैसला कार्यान्वयनका क्रममा कुनै पनि व्यक्तिलाई पक्राउ गर्न नमिल्ने सर्वोच्च अदालतले व्याख्या गरेको छ। मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १३७ (२) बमोजिमको सुविधा पाएको व्यक्तिको हकमा पक्राउ गरी थुनामा पठाउन नमिल्ने व्याख्या सर्वोच्चको संयुक्त इजलासले गरेको हो।
करोडको थोपा सिंचाइँ आयोजना अलपत्र
कालीकोटको रास्कोट नगरपालिकाले एक करोड लगानीमा निर्माण गर्दैगरेको थोपा सिंचाइँ आयोजना अलपत्र परेको छ । वडा ९ को ताम्ती, वालुखेत र फुकोट वस्तीको ४२ हेक्टर जमिनलाई सिंचाइँ दिने उद्देश्यका साथ स्थानीय सरकारले निर्माण कार्य सुरु गरेको थोपा सिंचाइँ आयोजना अलपत्र पारिएको हो ।
‘विधागत पत्रकारिता’ हाते पुस्तक सार्वजनिक
बागमती प्रदेश सञ्चार रजिष्ट्रार कार्यालयले प्रकाशित गरेको पुस्तक शुक्रबार सार्वजनिक भएको हो। बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री मन्त्री गङ्गानारायण श्रेष्ठ, सचिव ध्रुव गैडा, सञ्चार रजिष्टार रेवती सापकोटा र वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीले संयुक्त रुपमा पुस्तक सार्वजनिक गर्नुभएको हो।
भिरबाट लडेर एकको मृत्यु
तनहुँमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । घिरिङ गाउँपालिका –३ ग्याजामा सोही ठाउँ बस्ने बर्ष ६८ को पदमबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
धनकुटामा मनाइयो रोपाइँ जात्रा
गाईजात्राको भोलिपल्ट मनाइने रोपाइँ जात्रा धनकुटामा धुमधानसँग मनाइएको छ । असार र साउनको रोपाइँ गरेर अब त बाँचियो भनेर मनोरञ्जनका लागि कृत्रिम रोपाइँ मनाउने चलन रहेको नेवा दे दबु धनकुटाका नगर अध्यक्ष रोशन श्रेष्ठले बताउनुभयो ।
तीजमा तडकभडक कार्यक्रम गर्नेलाई कारवाही
कपिलबस्तु जिल्ला प्रशासन कार्यलयले तीजलाई लक्षित गर्दै तडकभडकपूर्ण कार्यक्रम नगर्न अनुरोध गरेको छ । शुक्रबार सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) शंकरहरि आचार्यले तीजमा परम्परा, सामाजिक रीतिरिवाजलाई निरन्तरता दिने तथा सम्बद्र्धन गर्ने बाहेकका कार्यक्रम नगर्न अनुरोध गर्नुभएको हो ।
गोरखापत्रकर्मी रेग्मी सेजनको महासचिवमा निर्विरोध निर्वाचित
गोरखापत्रकर्मी विश्वास रेग्मी नेपाल आर्थिक पत्रकार समाज (सेजन) को महासचिवमा निर्विरोध निर्वाचित हुनुभएको छ । रेग्मी सेजनको २५ औँ साधारणसभाबाट निर्विरोध निर्वाचित हुनुभएको हो ।