नियमविपरीत प्राध्यापक नियुक्त गरेको भन्दै पाँच विद्यार्थी सङ्गठन आन्दोलित
मकवानपुर बहुमुखी क्याम्पस प्रशासनले क्याम्पसको विधि र विधान विपरीत प्राध्यापक नियुक्ति गरेको विरोध पाँच विद्यार्थी सङ्गठन आन्दोलित बनेका छन् ।
लिमीमा नेपाल टेलिकमको फोर जी सेवा
हिमालपारीको गाउँको उपमा पाएको लिमीका तीनै गाउँमा नेपाल टेलिकमको फोर जी सेवा सञ्चालनमा आएको छ ।
रारा विमानस्थलमा उडान प्रभावित
नागरिक उड्डयन प्राधिकरणले आन्तरिकतर्फको उडानका लागि नयाँ नियम लागू गर्दा कर्णालीको रारा विमानस्थलमा उडान प्रभावित हुँदै आएको छ ।
सडक निर्माण पूरा नहुँदा नारायणगढ बजार अस्तव्यस्त
चितवनको गोन्द्राङ–पुलचोक छ लेन सडक निर्माणको काम निर्धारित समयमा नसकिँदा नारायणगढ बजार अस्तव्यस्त बन्न पुगेको छ । चितवन र आसपासका जिल्लाको मुख्य व्यापारिक केन्द्र नारायणगढको मुख्य बजारमा सडक निर्माणको काम अलपत्र पर्दा वर्षामा डुबान हुने गरेको छ । साढे दुई वर्षअघिदेखि सडक विस्तारको काम सुरु भए पनि समयमा निर्माण सम्पन्न नहुँदा र खनेर छाडेपछि बजार अस्तव्यस्त बनेको हो ।
भदौ १ देखि चित्लाङमा केन्द्रीय कार्यालय सञ्चालन हुने
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय अब उत्तरी मकवानपुरको चित्लाङबाट सञ्चालनमा आउने भएको छ । मकवानपुरको थाहा नगरपालिका–९, चित्लाङबाट विश्वविद्यालय सञ्चालन गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको छ । हाल केन्द्रीय कार्यालय ललितपुरको सैँबुबाट सञ्चालन हुँदै आएकोमा अब भने चित्लाङमा केन्द्रीय कार्यालय र काठमाडौँ उपत्यकामा सम्पर्क कार्यालय रहने भएको छ ।
उत्तरपुस्तिका साटफेर,केन्द्राध्यक्षसहित दुई पक्राउ
वीरगन्जस्थित ठाकुरराम क्याम्पस परीक्षा शाखाका पूर्वप्रमुख आफ्नै बुहारीको उत्तरपुस्तिका परीक्षा केन्द्रमा नै साटफेर गर्दैगर्दा पव्रmाउ परेका छन् । त्रिजुद्ध माध्यमिक विद्यालयमा रहेको परीक्षा के
शिक्षा विधेयक सच्याउन माग
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले प्रतिनिधि सभामा पेस भएको विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै ध्यानाकर्षणपत्र बुझाएको छ । महासङ्घले बागमती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तानलाई बुधबार पाँचबुँदे सुझावसहित ध्यानाकर्षणपत्र बुझाएको हो । मन्त्री मोक्तानले ध्यानाकर्षणपत्र बुझ्दै सम्बन्धित निकायमा पत्र पठाउने र प्रदेश सरकारको तर्फबाट आवश्यक समन्वय गर्न तयार रहेको बताउनुभयो ।
‘अधिक उत्पादन गैरकानुनी लाभ होइन’
विशेष अदालतले स्वीकृत माइनिङ स्किमभन्दा बढी खानीजन्य पदार्थको उत्खनन गरे पनि नियमबमोजिमको दस्तुर तिरे गैरकानुनी रूपमा लाभ लिएको भन्न नमिल्ने व्याख्या गरेको छ। नौ वटा चुनढुङ्गा उद्योगले तोकिएभन्दा बढी चुनढुङ्गा उत्खनन गरी राजस्वमा हानि पु-याएको सम्बन्धी मुद्दामा विशेष अदालतले शुल्क तिरेपछि अधिक उत्खनन कसुर नहुने व्याख्या गरेको हो।
निजामती विधेयक यसै साता संसद्मा पेस हुने
सरकारले सङ्घीय निजामती सेवा विधेयक सङ्घीय संसद्को चालु अधिवेशनबाट नै पारित गर्ने गरी तयारी तीव्र पारेको छ। मङ्गलबार बसेको मन्त्रीपरिषद्को बैठकले ऐनको मस्यौदा रायका लागि लोक सेवा आयोगमा पठाउने निर्णय गरिसकेको छ। उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले एक साताभित्रै विधेयक संसद्मा प्रस्तुत हुने बताउनुभएको छ। नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कार्यसमितिद्वारा बुधबार आयोजित प्रशिक्षण कार्यक्रममा उहाँले ऐनको मस्यौदा चालु अधिवेशनमै संसद्मा दर्ता हुने स्पष्ट पार्नुभयो।