मेघ गर्जन तथा चट्याङसहित वर्षा
हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव छ ।
नेकाँका भ्रातृ सङ्घ र शुभेच्छुक संस्थाको महाधिवेशन स्थगित
नेपाली काँग्रेसका भ्रातृ सङ्गठन र शुभेच्छुक सङ्स्थाहरूको पूर्वनिर्धारित अधिवेशन र महाधिवेशन स्थगित गरिएको छ । काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरी पार्टीका भ्रातृ सङ्गठन र शुभेच्छुक सङ्स्थाहरूको पूर्वनिर्धारित अधिवेशन र महाधिवेशन स्थगित गरिएको हो । उहाँले पार्टीका भ्रातृ सङ्घ र शुभेच्छुक संस्थाहरू स्थानीय तह निर्वाचन परिचालन, प्रचारप्रसारलगायतका काममा क्रियाशील रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “त्यसैले केही भ्रातृ सङ्घ र शुभेच्छुक संस्थाहरूको पूर्वनिर्धारित अधिवेशन–महाधिवेशन निर्वाचन आसपास गर्न सान्दर्भिक र सम्भव देखिएन ।”
पौडेललाई एआइजीमा बढुवाका लागि सिफारिस
सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डिआइजी) नारायणदत्त पौडेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । सशस्त्र प्रहरी बलको रिक्त रहेको दुई एआइजी पदमध्ये वरियतामा अगाडि रहेका पौडेललाई मात्र बढुवाका लागि सिफारिस गरिएको हो । सशस्त्र प्रहरी बलमा एआइजी राजु अर्याल महानिरीक्षक र अर्का एआइजी रामशरण पौडेलले अवकाश पाएपछि दुई पद रिक्त थियो ।
जलवायु बृहत् वित्त रणनीति तर्जुमा गर्न आग्रह
वन संरक्षण गरी जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न क्षेत्रीय तथा विश्वव्यापी रूपमा जलवायु बृहत् वित्त रणनीति तर्जुमा गर्न नेपालले विश्व समुदायलाई आग्रह गरेको छ । दक्षिण कोरियामा सञ्चालन भइरहेको १५औँ विश्व वन सम्मेलनमा सहभागी विकसित मुलुकहरूलाई नेपालले यस्तो आग्रह गरेको हो ।
जुम्लामा सुख्खा पहिरोमा पुरिएर दुई बालकको मृत्यु
जुम्लाको तिला गाउँपालिकामा घरको जग लगाउदै गर्दा आएको सुख्खा पहिरोले दुई बालकको ज्यान लिएको छ।
तनहुँमा ६६ जनाले हतियार बुझाए
तनहुँ, वैशाख २० गते । जिल्ला प्रशासन कार्यालयको आग्रहपछि तनहुँमा ६६ जनाले हतियार बुझाएका छन् । प्रशासनले स्थानीय तहको निर्वाचनमा भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्थापन गरी भयरहित वातावरण सिर्जना गर्न इजाजतप्राप्त हातहतियार नजिकको प्रहरी कार्यलयमा बुझाउन अनुरोध गरे बमोजिम बुझाइएको हो ।सम्बन्धित व्यक्तिले आफूलाई पायक पर्ने जिल्लाका प्रहरी चौकी, इलाका प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमामा उक्त हतियार बुझाउन आग्रह गरेबमोजिम उक्त सङ्ख्यामा हतियार बुझाएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिनुभयो । हतियार सबै जनाले भरुवा बन्दुक भएको र निर्वाचन सकिएपछि इजाजत प्राप्त ती हतियार सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरिने उहाँले जानकारी दिनुभयो । हातहतियार बुझाउन अटेर गरेमा वा नबुझाएमा जुनसुकै समयमा पनि हातहतियार खरखजनाअन्तर्गत कारबाही गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले निर्वाचनका बेला घरघरमा हतियार राख्दा निर्वाचनमाथि नै प्रश्नचिह्न उठने भएकाले इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरिए बमोजिम हतियार बुझाएको जानकारी दिनुभयो।
महानिरीक्षक नियुक्तविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा
सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षक नियुक्तविरुद्धको मुद्दा बुधबार ‘हेर्दाहेर्दै’मा राखेको छ । बुधबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले सुनुवाइ नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’ राखिएको हो ।
नेपालगञ्जका मतदानस्थलको अनुगमन
वैशाख ३० गते हुने चुनावको तयारीमा रहेका बाँकेका सुरक्षा अधिकारीले मतदानस्थलको अनुगमन थालेका छन्।
नक्कली विवरणमा हस्ताक्षर गर्ने प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मुगुको छायानाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारुसहित पाँच जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ।