• १६ चैत २०८०, शुक्रबार

मेघ गर्जन तथा चट्याङसहित वर्षा

blog

काठमाडौं, वैशाख २२ गते । हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भूभागसम्म बनेको न्यूनचापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव छ ।

उक्त मौसमी प्रणालीले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यताया सफा रहेने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भूभागमा आंशिक बदली रहने छ । पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

रातिको समयमा पनि पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ भने अन्य भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

काठमाडौं उपत्यकामा बिहानैदेखि आकाश बादलले ढाकेको छ । महाशाखाका अनुसार आज काठमाडौंको अधिकतम तापक्रम २८ र न्यूनतम तापक्रम १८ डिग्री सेल्सियस छ ।