• १५ असार २०८१, शनिबार

नेपालगञ्जका मतदानस्थलको अनुगमन

blog

नेपालगञ्जका मतदानस्थलको स्थलगत अनुगमन गर्दै सुरक्षा टोली। तस्बिर: सिराज खान।

सिराज खान 

नेपालगञ्ज, वैशाख २१ गते। वैशाख ३० गते हुने चुनावको तयारीमा रहेका बाँकेका सुरक्षा अधिकारीले मतदानस्थलको अनुगमन थालेका छन्। नेपालगञ्ज उपमहानगरपालिकाका केही मतदानस्थल अति संवेदनशील रहेकोले ती मतदानस्थलको सुरक्षा कडा पार्न सुरक्षा अधिकारीले उपमहानगरका मतदानस्थलको स्थलगत निरीक्षण सुरु गरेका हुन्।

शान्तिपूर्ण मतदानको व्यवस्था मिलाउन मतदानस्थलको सुरक्षामा विशेष ध्यान दिँदै स्थलगत निरीक्षण सुरु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताउनुभयो।  स्थलगत अनुगमन टोलीमा सशस्त्र प्रहरीको ३० नम्बर बागेश्वरी गणका प्रमुख एसपी जनक बस्नेत, बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीलगायत हुनुहुन्छ। 

बाँकेमा १३६ मतदानस्थल र ३७९ मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन कार्यालय बाँकेले जनाएको छ। जस अनुसार नेपालगञ्ज उपमहानगरमा ३४ मतदानस्थल र ९४ मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालयका प्रमुख रमा पन्तले बताउनुभयो। उपमहानगरमा ८१ हजार ७९४ मतदाता छन्।