विप्लव नेतृत्वको नेकपाले असोजमा महाधिवेशन गर्ने
काठमाडौं, जेठ २० गते। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी असोजमा महाधिवेशन गर्ने भएको छ। शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष विप्लवले सम्पूर्ण परिवर्तनकारी शक्तिलाई एकता गर्दै, समान विचार भएकासँग बहस र छलफल गर्ने उद्देश्यका साथ काठमाडौंको खुल्लामञ्चमा असोज १ गते नवौं महाधिवेशनको उद्घाटन हुने जानकारी दिनुभयो। अन्तरविरोध र अन्तरसंघर्षका रुपमा पार्टीमा नचाहेको र अस्वभाविक परिघटना देखा परेको भन्नुहुदै उहाँले यी सबै विषयमा कुनै भ्रम नरहने गरी छलफल हुने प्रष्ट पार्नुभयो। “हेमन्त प्रकाश ओलीको टिमलाई स्वागत गरेका थियौं, एकीकृत जनक्रान्तीको छलफल चल्यो” उहाँले भन्नुभयो, “छलफल भएको एक हप्ता पनि भएको छैन, अर्को हप्ता झोला बोकेर हिँडिहाल्ने कस्तो शंका र दृष्टिकोण हो ?”यसखाले गतिविधिले नेतृत्वले ध्यान नपुर्याएकोमा कार्यकर्ता दुखी बनेको उहाँले उल्लेख गर्नुभयो।पार्टीले उठाउदै आएका कुरालाई नागरिकले अपनत्व महसुस गरेको र यसलाई सफलताको रुपमा लिइएको उहाँको भनाइ छ। देशको अर्थतन्त्र जतिसुकै बेला पनि टाँट पल्टिएको घोषणा गर्ने अवस्थामा पुगेको बताउनु हुँदै उहाँले विश्वबाट पूँजीवाद उन्मूलन गर्दै वैज्ञानिक समाजवादका लागि बृहत ढंगबाट अघि बढ्नुपर्ने बताउनुभयो।
बाढीबारेको पूर्व सूचनाले जोगायो स्थानीयको धनमाल
मनसुन सुरु भएलगतै बाढी प्रभावित क्षेत्रवासीलाई चिन्ताले पिरोलिएको हुन्छ । वर्षा भएपछि नदी र खोलामा आउने बाढीले जनधनको ठूलो क्षति ब्यहोर्नुपर्दा मनसुन लाग्नेबित्तिकै चिन्ता बढ्छ । बाढी आउने नआउने पूर्व जानकारी नहुँदा वर्षातमा यस्तो क्षति ब्यहोर्नुसँगै जाग्राम बस्नुपर्ने बाध्यता स्थानीयलाई छ ।
निर्धारित भाडादरभन्दा तेब्बर असुुल्दै यातायात व्यवसायी
कर्णालाी करिडोरको हुुम्ला खण्डको सलीसल्लादेखि कवाडी र बाजुुराको कोल्टीसम्म निजी यातायात ब्यवासायीले निर्धारित भाडादरभन्दा तेब्बर असुुल्नेगरेको पाइएको छ । नीति यातायात ब्यवसायीले मनोमानी ढङ्गबाट भाडा असुुल्नुु र इन्धनको मुल्यबृद्धि भएको भन्दै सरकारी स्तरबाट निर्धारण गरिएको भाडादरभन्दा तेब्बर असुुल्ने गरेको देखिएको हो ।
अपाङ्गता भएका सबैले मासिक भत्ता पाउने
जिल्लाको बगनासकाली गाउँपालिकाका अपाङ्गता भएका सबै व्यक्तिहरूले मासिक भत्ता पाउने भएका छन् । बगनासकाली गाउँपालिका कार्यपालिकाको पहिलो बैठकले अपाङ्गता भई पहेँलो र सेतो कार्ड पाएका व्यक्तिलाई समेत मासिक भत्ता दिने निर्णय गरेको हो ।
मुख्यमन्त्री केसीको प्रतिवद्धता : विज्ञापन ऐन तत्काल ल्याउँछौं
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो कार्यकालमै विज्ञापन ऐन बनाएर कार्यान्वयनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मालाई विज्ञापन ऐनको मस्यौदा बनाउन र आफूहरुको कार्यकालमै कार्यान्वयनमा ल्याउनेगरी काम गर्न निर्देशन दिनुभयो ।
याम्पा–घाँसीकुवा खण्ड सडक दैनिक पाँच घण्टा बन्द गरिने
पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडकखण्ड फराकिलो पार्ने काम भइरहेकाले दैनिक पाँच घण्टा बन्द गरिने भएको छ । राष्ट्रिय राजमार्गहरुको स्तरोन्नति र विस्तार गर्ने कार्यक्रम अन्तर्गत साविक दुई लेनमा रहेको यस सडक खण्डलाई चार लेनमा विस्तार गरिने कार्य छिटो सम्पन्न गर्न पाँच घण्टा सडक बन्द गरेर फराकिलो बनाईने भएको हो ।
गिट्टी बालुवाको अवैध उत्खनन् रोक्न गाउँपालिका सक्रिय
लामो समयदेखि हुँदैआएको ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खनन् तथा ओसारपसार रोक्न बाँकेको राप्तीसोनारी गाउँपालिकाले कडाई शुरु गरेको छ । राप्तीसोनारीका नदी तथा खोलामा पहिलेदेखि नै भइरहेको अबैध उत्खनन् नियन्त्रण गर्न स्थानीय तहको निर्वाचनलगत्तै विजयी भएका जनप्रतिनिधि सक्रिय भएका हुन् ।
सार्वजनिक सवारी साधनको भाडा घट्यो (सूचीसहित)
यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । इन्धनको मूल्य घटेसँगै विभागले स्वचालित प्रणालीअनुसार सार्वजनिक सवारी साधनको भाडा समायोजन गरेको हो ।
इमानदार भएर सेवा गर्न आग्रह
पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहले काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई इमानदारीपूर्वक जिम्मेवारी बोध गरेर जनताको सेवामा लाग्न आग्रह गर्नुभएको छ ।