आम निर्वाचनको आन्तरिक तयारीमा
निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको आन्तरिक कसरतमा जुटेको जनाएको छ । संवैधानिक व्यवस्था बमोजिम आगामी मङ्सिर २२ गते अगावै प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचन भइसक्नुपर्नेछ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले एकै चरणमा चुनाव गर्नुपर्ने भए कात्तिक अन्तिममा सक्ने र दुई चरणमा गर्ने भए मङ्सिर १० गतेभित्र सक्नुपर्ने गरी आयोग आन्तरिक तयारीमा जुटेको जानकारी दिनुभयो ।
दुर्घटनामा एकको मृत्यु
हेटौंडा, जेठ २० गते । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा-३ को तीनताप्के भन्ने ठाउँमा कुखुरा बोक्ने बोलेरो गाडी दुर्घटना हुँदा बोलेरोका चालकको मृत्यु भएको छ। शुक्रबार दिउँसो बस्तिपुरबाट हेटौँडातर्फ आउँदै गरेको ना ५ च ३६२७ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई दुर्घटनाग्रस्त हेटौंँडा–६ का ३३ वर्षीय गोपाल दाहालको मृत्यु भएको हो।एकदिन अघि पनि सोही ठाउँ नजीक ट्याक्टर दुर्घटना हुँदा चितवनको रत्ननगर–८ का ३१ वर्षीय सन्दिप अर्यालको ज्यान गएको थियो। हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको ना २ च २९५ नम्बरको ट्र्याक्टर अनियन्त्रित भएर खोल्सामा पल्टिदा चालक अर्यालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। रासस
हराउन थाल्यो गाउँघरका महिलाले खोपाउने ‘गोदना’
धनुषाको दक्षिणी सीमान्त नगरपालिका नगराइनकी ६५ वर्षीया ममता यादवले नाडीमा आफ्नो नामसँगै श्रीमान् प्रमोदको नाम खोपाउनुभएको छ । तीन छोराछोरीकी आमा भइसकेपछि गाउँमै उहाँले नाडीमा श्रीमान्को नाम खोप्नुभएको हो ।
राष्ट्रिय सभामा सङ्कल्प प्रस्ताव पेश
राष्ट्रिय सभामा “यौन अपराध विरुद्ध उजुरी हदम्याद सम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्वन्धमा” सङ्कल्प प्रस्ताव पेश भएको छ ।
भोलि सार्वजनिक बिदा
काठमाडौं, जेठ २० गते। सरकारले जेठ २१ गते रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सार्वजनिक बिदा दिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा ललितपुरको जावलाखेल चोकमा भोटो देखाउने कार्यक्रम हुँदैछ। गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले शुक्रबार विज्ञप्ति सार्वजनिक गर्नुहुँदै देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभएको हो। ‘जेठ २१ गते शनिबारका दिन सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितिमा भोटो देखाउने कार्यक्रम हुने भएको छ। उक्त दिन देशभर सार्वजनिक बिदा रहेको छ’’, गृहमन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘‘रातो मच्छिन्द्रनाथको जात्रा उपत्यकाको विशिष्ट सांस्कृतिक पर्वका रुपमा रहेको छ। यस अवसरमा सबैमा शुभकामनासहित मर्यादित रुपमा उक्त अवसरलाई मनाउन गृह मन्त्रालय हार्दिक अनुरोध गर्दछ।’’
बाँकेका लागि संघीय सरकारबाट चार अर्ब १५ करोड बजेट विनियोजन
सिराज खान नेपालगञ्ज, जेठ २० गते। संघीय सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बाँकेका आठ स्थानीय तहलाई चार अर्ब १५ करोड बजेट विनियोजन गरेको छ। सरकारले बाँकेका लागि चालु र पूँजीगत गरी ४ अर्ब १५ करोड ७३ हजार रुपियाँ बजेट विनियोजन गरेको अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले जानकारी दिएको छ। सरकारले बाँकेका लागि चालु आर्थिक वर्ष २०७८/०७९ भन्दा २३ करोड बढी बजेट विनियोजन गरेको हो। सरकारले आर्थिक वर्ष २०७७/०७८ मा ३ अर्ब ५७ करोड ६८ लाख, चालु आव २०७८÷०७९ मा ३ अर्ब ९२ करोड ३६ लाख रुपियाँ बजेट विनियोजन गरेको थियो।आगामी आर्थिक वर्षमा बाँकेका आठ स्थानीय तहका लागि चालुतर्फ ३ अर्ब ६६ करोड ४४ लाख र पूँजीगततर्फ ४९ करोड २९ लाख रुपियाँ विनियोजन गरिएको छ। आठ स्थानीय तहलाई सामान्यीकरण अनुदानतर्फ १ अर्ब ४६ करोड १६ लाख, सशर्ततर्फ २ अर्ब ४९ करोड ५८ लाख, विशेषतर्फ १० करोड ८० लाख र समपुरकतर्फ ९ करोड १९ लाख रुपियाँ विनियोजन गरेको जनाइएको छ।सरकारले आगामी आ.व. २०७९/०८० का लागि सबैभन्दा बढी बजेट नेपालगञ्ज उपमहानगरपालिकाको लागि विनियोजन गरेको छ। संघीय सरकारले नेपालगञ्ज उपमहानगरपालिकाका लागि कुल ९५ करोड ७५ लाख रुपैयाँ विनियोजन गरेको छ। जसमा सशर्त अनुदान ५७ करोड १ लाख, वित्तीय समानिकरण ३३ करोड ९९ लाख, विशेष अनुदान २ करोड र समपुरक अनुदान २ करोड ७५ लाख रुपियाँ रहेको छ।यस्तै कोहलपुर नगरपालिकाले आगामी आ.व.का लागि ५८ करोड १ लाख बजेट पाउने भएको छ। जसमध्ये सशर्त अनुदान ३४ करोड ८४ लाख, वितीय समानिकरण अनुदान २१ करोड ७ लाख, विशेष अनुदान १ करोड ५० लाख, समपुरक अनुदान ६० लाख रुपियाँ विनियोजन गरेको छ। खजुरा गाउँपालिकाका लागि सरकारले सशर्त अनुदान ३३ करोड ९५ लाख, वित्तीय समानिकरण १६ करोड ७९ लाख, विशेष अनुदान ८० लाख र समपुरक अनुदान ७० लाख गरेर ५२ करोड २४ लाख रुपियाँ छुट्याएको छ। त्यस्तै, बैजनाथ गाउँपालिकालाई आगामी आवका लागि कुल ४८ करोड ९० लाख विनियोजन गरिएको छ। जसमा सशर्त २९ करोड ३६ लाख, वित्तीय समानिकरण १७ करोड ५० लाख, विशेष अनुदान ५० लाख, समपुरक १ करोड ५४ लाख रुपियाँ रहेको छ।जानकी गाउँपालिकालाई आगामी आर्थिक वर्षका लागि ३५ करोड ४७ लाख रुपियाँ विनियोजन गरिएको छ। जानकीले सशर्ततर्फ १७ करोड ४८ लाख, वित्तीय समानिकरणतर्फ १३ करोड ३९ लाख, विशेष तर्फ ३ करोड र समपुरक तर्फ १ करोड ६० लाख रुपियाँ प्राप्त गर्ने भएको हो। डुडुवा गाउँपालिकाले ३७ करोड ४६ लाख रुपियाँ संघीय सरकारबाट पाउँदैछ। जसमा सशर्ततर्फ २१ करोड ९१ लाख, वित्तीयतर्फको १३ करोड १५ लाख विशेष १ करोड ५० लाख र समपुरकतर्फ ९० लाख रुपियाँ रहेको छ।राप्तीसोनारी गाउँपालिकाका लागि ५२ करोड ७१ लाख रुपियाँ विनियोजन गरिएकोमा सशर्त तर्फको ३४ करोड ६५ लाख वित्तीय समानिकरण १८ करोड ६ लाख रहेको छ। राप्तीसोनारीका लागि विशेष र समपुरक बजेट विनियोजन गरिएको छ।त्यस्तै, नरैनापुर गाउँपालिकाका लागि ३५ करोड १९ लाख रुपियाँ विनियोजन गरिएको छ। नरैनापुरले २० करोड ३८ लाख सशर्त, १२ करोड २१ लाख वित्तिय समानिकरण, विशेषतर्फ १ करोड ५० लाख र समपुरकतर्फ १ करोड १० लाख रुपियाँ बजेट प्राप्त गर्दैछ।
सेनाद्वारा विद्यालय भवन हस्तान्तरण
देशको आन्तरिक तथा बाह्य सुरक्षादेखि विकास निर्माण, विपद व्यवस्थापन तथा उद्दारमा महत्वपूर्ण भुमिका खेल्दैआएको नेपाली सेनलाले नागरिकसँगै रहेर सामाजिक कार्य गर्दैआएको छ । सोहीअनुसार पश्चिम कमाण्ड हेडक्वाटरको ‘कमाण्ड प्रतिवद्धता २०७८’ घोषणा गरेको थियो ।
मनमोहन प्राविधिक विश्वविद्यालयलाई नेपाली सेनाले दियो हेलिकप्टर
नेपाली सेनाको स्वामित्वमा रहेको एनए-०३९ हेलिकप्टर प्रदेश १ को मनमोहन प्राविधिक विश्वविद्यालयलाई दिइएको छ।
तालमेलले गठबन्धनलाई फाइदा भयो : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय निर्वाचनमा तालमेलका कारण गठबन्धनका सबै दललाई फाइदा पुगेको बताउनुभएको छ।