महानगर प्रमुख साह र मुख्यमन्त्री पाण्डेबीच भेट
काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साह र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री पाण्डे निवास स्वयम्भूमा आज बिहान भएको भेटमा काठमाडौँ महानगरभित्रको फोहरमैलाको व्यवस्थापन, सुशासन, सेवा प्रवाह र सम्पदा संरक्षणको विषयमा छलफल भएको मुख्यमन्त्री पाण्डेका प्रमुख स्वकीय सचिव उमेश रुपाखेतीले जानकारी दिनुभयो ।
सिथी नखःमा पानीकाे स्राेत सफा हुँदै
नेवाः (नेवार) जातिका विभिन्न चाडपर्वमध्ये सिथी नखः भिन्न तरिकाले मनाइन्छ । नेवाः जातिका हरेक चाडपर्वमा भोज खाने, मन्दिर गएर पूजा गर्ने चलनभन्दा पृथक रूपमा याे पर्व मनाइन्छ ।
जनताले अनुभूति गर्ने खालका कामहरु गर्न जरुरी : वरिष्ठ नेता पौडेल
अमरराज नहर्की तनहुँ, जेठ २२ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले जनताले अनुभूति गर्ने खालका काम गर्न जरुरी रहेको बताउनुभएको छ । तनहुँको व्यास नगरपालिकाले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्राथमिकीकरण अभ्यास कार्यशालाको उद्घाटन गर्दै नेता पौडेलले, विगतका भन्दा राम्रो कार्य गरेर जनताको मन जित्न ध्यान दिनुपर्ने बताउनुभयो । ‘जनताको माग र आवश्यकतालाई सर्वोपरी थानी जनप्रतिनिधिहरुले अहोरात्र खटेर काम गर्नुपर्छ’ वरिष्ठ नेता पौडेलले भन्नुभयो । जनताको इच्छाअनुसारको काम गर्न सके मात्रै जनप्रतिनिधिहरुको हाइहाइ हुने उहाँको भनाइ थियो । । ‘जनप्रतिनिधिहरु शासक हैन, जनताका सेवक बन्नुपर्छ’ नेता पौडेलले भन्नुभयो । साथै, वरिष्ठ नेता पौडलेले जनताको आम्दानी वृद्धि हुने र रोजगारी सिर्जना हुने योजना बनाउन ध्यान दिनुपर्ने बताउनुभयो ।
छ दिने रक्षा सम्वाददाता अभिभुखिकरण कार्यक्रम शुभारम्भ
गोरखापत्र अनलाइन काठमाडौं, जेठ २२ गते । नेपाली सेनाले छ दिने रक्षा सम्वाददाता अभिभुखिकरण कार्यक्रम शुभारम्भ गरेको छ । पोखराको विजयस्थित श्री मध्य कमाण्ड हेड क्वाटरमा सो कार्यक्रमलाई कमाण्ड सेनापति उपरथी बावुराम श्रेष्ठले शुभारम्भ गर्नुभएको हो ।सो कार्यक्रममा विभिन्न सञ्चारगृहका पाँचजना महिलासहित २५ जना रक्षा सम्वाददाताहरुलाई समाचार सम्पे्रषण गर्न सहज होस् भनेर नेपाली सेनाको सांगठनिक स्वरुप, भूमिका तथा नेपाली सेनाको काम, कर्तव्य र जिम्मेवारीलगायतका विषयवस्तुमा प्रशिक्षण दिइनेछ । यस्तै, विषयवस्तुसहित प्रशिक्षार्थीहरुलाई तनुहुँ हाइड्रोपावर, पोखरास्थित शान्ति स्तुपा, पाल्पास्थित पाल्पा संग्रहालय, लुम्बिनी भ्रमण तथा बुटवलस्थित जितगढीको फिल्ड भिजिट गराउने योजना रहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक सम्पन्न
गाेरखापत्र अनलाइनकाठमाडाैं, जेठ २२ गते । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक सम्पन्न भएको छ । बैठक प्रचण्ड निवास खुमलटारमा विहान बसेको हो । बैठकमा समसामायिक विषयवस्तु, पार्टी सगंठन र केन्द्रीय कार्यालयको विस्तारबारे कुराकानी भएको माओवादी केन्द्रको बागमति प्रदेशका इञ्चार्ज हितमान शाक्यले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
धुलो, धुँवा र वायु प्रदूषण: वातावरण विनाशका मुख्य कारक
वातावारणीय समस्या तथा चुनौतीसम्बन्धी राजनीतिक र सामाजिक चेतना जगाउने तथा वातावरण संरक्षणका निमित्त सकारात्मक जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘विश्व वातावरण दिवस’ मनाइन्छ ।
दुर्घटनाका घाइतेको उपचारमा ध्यान दिन गृहमन्त्रीको निर्देशन
गृहमन्त्री बालकृष्ण खाणले जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबाहक बस आज बिहान रुपन्देहीको रोहिणी पुलबाट खसेर भएको दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्योपचारमा ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
साइरन बजाएर यात्रु ओसार्ने एम्बुलेन्स कारवाहीमा
निकै हतार गरेर साइरन बजाउदै अघि बढेको एम्बुलेन्सलाई प्रहरीको आशंकापछि जाँच गर्दा नक्कली विरामी फेला पारेको छ । रामपुर अस्पतालको एम्बुलेन्सले यात्रु बोकेको फेला परेपछि पक्राउ गरी कारबाही प्रकृया अघि बडाएको छ । बा२झ १७४३ नंको एम्बुलेन्स भाडामा यात्रु बोकेको अवस्थामा ट्राफिक कारबाहीमा परेको हो ।
अनाथ तथा ज्येष्ठ नागरिकको सहयोगका लागि महायज्ञ
गोरखापत्र अनलाइन काठमाडौं, जेठ २१ गते। नेपाली काँग्रेसका उपसभापति एवम् पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काले स्वर्णिम श्रीमद्भागवत भक्ति सत्संग महायज्ञको शनिबार शुभारम्भ गर्नुभयो। काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ७ स्थित गल्फुटारमा आयोजित महायज्ञ नौ दिनसम्म सञ्चालन हुनेछ। आयोजक रिमा सेवा समाजका अध्यक्ष रिमा सापकोटाका अनुसार, अनाथ तथा ज्येष्ठ नागरिकको कल्याणका लागि महायज्ञ लगाइएको हो। हाल ज्येष्ठ नागरिक तथा अनाथलाई भाडाको घरमा राखिएको छ। महायज्ञबाट प्राप्त दान तथा उपहार पनि उहाँहरूकै हितमा खर्च गरिने जानकारी अध्यक्ष सापकोटाले दिनुभयो। समाजले सञ्चालन गरेको आश्रममा अहिले ५७ जना आश्रित छन्।