महाभियोग हटाउन पूर्वन्यायाधीश फोरमको माग
प्रधानन्यायाधीशमाथिको महाभियोग प्रक्रिया प्रतिनिधि सभामा विचाराधीन रहेका बेला पूर्वन्यायाधीश फोरमले भने न्यायाधीशविरुद्धको महाभियोगको संवैधानिक व्यवस्था नै हटाउन माग गरेको छ । विशेष साधारण सभाबाट पा
मतदाता नामावली सच्याउने प्रतिबद्धता
स्थानीय तहसँग समन्वय गरी ‘मृतक मतदाता’लगायतका त्रुटि सच्याउन सुझाव निर्वाचन आयोगले तयार पारेको मतदाता नामावलीमा मृतक मतदाताको सङ्ख्या भयावह रहेको पाइएपछि राजनीतिक दलहरूले त्यसलाई सच्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रमुख राजनीतिक दलहरूले मतदाता नामावली अद्यावधिक गर्न र नामावली सङ्कलनमा हुन सक्ने त्रुटि सच्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
निजगढ विमानस्थलको बजेटबारे मन्त्रीकै संशय
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सर्वोच्च अदालतले रोक लगाएपछि निर्माणको पक्ष र विपक्षमा बहस बढ्दो छ । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा उक्त विमानस्थलका लागि बजेट विनियोजन गरेको छ ।
माछामासुनै नखाने र पशुपंक्षी नपाल्ने जनजातिको गाउँ
प्रत्येक सुखदुखका कामकाजमा मासु र जाँडरक्सी जनजातिका लागि अनिवार्यनै हुन्छ अर्थात कुलमै चडाउनु पर्ने हुन्छ । तर धनकुटाको शहिदभूमि गाउँपालिकाको गुर्धम, रातमाटे, सुन्तलाबारी, चिच्चे, पोखरे, अखुवाटार, साम्वुगाउँ र सिरवानी गाउँका जनजातिहरु यो परम्परा भन्दा टाडा छन् । उहाँहरु गाउँनै जुटेर माछामासु नखाने र पशुपंछि समेत नपाल्ने गरेको पाइएको छ ।
पृथ्वीराजमार्गको पहिरो : रातमा पनि एकतर्फी सवारी सञ्चालन
सडक भासिदा अवरुद्ध बनेको पृथ्वीराजमार्गको आँबुखैरेनी मुग्लिन खण्डमा आइतबारबाट राति पनि सावारी साधन सञ्चालनमा आउने भएका छन्।
बिजुलीको तारमा चढेका माइला सुधार केन्द्रमा
काठमाडौं,जेठ २९ गते। शनिबार दिनभर एउटा घटनाले सामाजिक सञ्जाल र सञ्चार माध्यममा चर्चा पायो। त्यो घटना थियो नुवाकोट ककनीको। माइला विक भनेर चिनिने हिमबहादुर विक माथिल्लो त्रिशूली–३ ‘ए’को विद्युत प्रशारण लाइनमा चढेपछि शनिबार दिनभर यो घटनाले चर्चा पाएको हो। पारिवारिक समस्या रहेका उहाँलाई अहिले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नवजीवन परोपकार आश्रममा राखिएको छ। संस्थाका अध्यक्ष दुर्गानाथ दाहालका अनुसार पारिवारिक समस्या रहेका उहाँले मर्न मन लागेर तारमा चढेको बताउनुभएको छ। ‘यहाँ ल्याएपछि त्यसरी किन बिजुलीको तारमा चढ्नुभयो भनेर सोध्यौ, पारिवारिक समस्या भएर झुण्डिएर आत्महत्या गर्नुभन्दा आकाशमा मर्छु भनेर गएको थिएँ भन्ने जवाफ दिनुभयो,’ उहाँले भन्नुभयो। उहाँका अनुसार अहिलेसमेत विक कहिले सुरको कुरा गर्नुहुन्छ, कहिले बेसुरको कुरा गर्नुहुन्छ । ‘‘बेलाबेला आश्रमको काममा पनि सहयोग गर्नुभएको छ। बेला सुरकै कुरा गर्नुहुन्छ बेला सुरको कुरै गर्नुहुन्न’’, दाहालले विकको अवस्थाबारे भन्नुभयो। सोमबार विकको स्वास्थ्य अवस्था परीक्षण गरिने र उहाँलाई के औषधि प्रयोग गर्ने भन्ने कुरा टुङ्गो लाग्ने उहाँको भनाइ छ। अहिलेसम्म विकको परिवार सम्पर्कमा नआएको दाहालले बताउनुभयो। शनिबार बिहान ७ बजे प्रसारण लाइनको पोल चढ्ने प्रयास गरेको देखेका थिए। स्थानीयलाई उद्धृत गर्दै नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले उनी लामो समयसम्म पोलमै बसेको बताउनुभयो। पोलबाट झर्न पटक पटक गरेको आग्रह नमानेका विक पोलबाट उच्च भोल्टेज प्रवाह भएको तारसम्म पुगेपछि लाइन काट्न विद्युत प्राधिकरणलाई अनुरोध गरिएको थियो। स्थानीयले खबर गरेपछि प्राधिकरणले शनिबार बिहान ११ बजेतिर लाइन काटिएको थियो। लाइन काटेपछि पुगेको प्रहरी र स्थानीयले गरेको अनुरोध नसुनेपछि उद्धारका लागि गृह मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना र नेपाल विद्युत प्राधिकरणसँग सहयोग माग्नु परेको थियो। ‘‘तल मानिस धेरै भएर ओर्लन असहज भएको हो कि भनेर सबै मानिसलाई हट्न लगाएर ओर्लन आग्रह गर्यौ। तर, ओर्लनुको साटो झन् तारमा वर र पर गर्न लाग्नुभयो’’ प्रजिअ रिसालले भन्नुभयो, ‘‘त्यसपछि उद्धारका लागि गृह मन्त्रालयले नेपाली सेनासँग सहयोग मागेको थियो।’’ विक तारमा चढेपछि विद्युत लाइन काट्नुपर्दा प्राधिकरणलाई एक करोड बढी घाटा भएको प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिनुभयो। ‘‘मानवीय क्षति हुन नदिनका लागि आठ घण्टा विद्युत अवरुद्ध भएको छ, जसले प्राधिकरणलाई एक करोड बढी घाटा भएको छ।’’नवजीवन केन्द्रमा राखिएका विकलाई उपचारपछि परिवारको जिम्मा लगाउने जिम्मा दिइएको प्रजिअ रिसालले बताउनुभएको छ। ‘‘मानसिक स्वास्थ्यमा समस्या भएको अनुमान गर्दै नवजीवन परोपकार आश्रममा जिम्मा लगाएका हौँ’’, प्रजिअ रिसालले भन्नुभयो, ‘‘अहिलेसम्म परिवार सम्पर्कमा आउनुभएको छैन। परिवार सम्पर्कमा आए नवजीवन केन्द्रमा पुगेर उहाँलाई भेट्न सक्नुहुन्छ।’’
१५ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न
काठमाडौं, जेठ २९ गते। काठमाडौं महानगरपालिकाको विशेष सहयोगमा संचालन भएको १५ दिने आधारभूत पत्रकारिता क्षमता अभिवृद्धि तालिम आइतबार सम्पन्न भएको छ। नेवाः पत्रकार राष्ट्रिय दःबू काठमाडौं शाखाको आयोजनामा भएको तालिममा ५७ जना प्रशिक्षाथी सहभागी हुनुहुन्थ्यो। अनलाइन पत्रकारिता, फोटो पत्रकारिता, बाल मनोविज्ञान, आचारसंहिता, समाचार र फिचर लेखनको विषयमा तालिम केन्द्रित थियो। तालिममा भाषागत शुद्धताको विषयमा वेदबहादुर राना मगरले प्रशिक्षण दिनुभयो। १५ दिनसम्म चलेको तालिममा सुरेश किरण मानन्धर, प्रमिला मानन्धर, केपी ढुंगाना, शोभा महर्जन बज्राचार्य, मनोजरत्न शाहीलगायतले प्रशिक्षण दिनुभयो। समापन कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुलप्रसाद घर्तीले पत्रकारितामा इमान्दारिताको खाँचो रहेको औल्याउनुभयो। प्रशिक्षार्थीको तर्फबाट धारणा राख्दै सुनिता तुलाधर शिल्पकारले प्रशिक्षणमा धेरै कुरा सिक्न पाएको बताउनुभयो। ‘हामी खाली गाग्री भएर आएका थियौं, खाली गाग्रीमा ज्ञानका कुरा भर्न पाएका छौँ।’ समापन कार्यक्रममा बोल्नुहुँदै आयोजक नेवाः पत्रकार राष्ट्रिय दःबू काठमाडौंका अध्यक्ष अर्विन्द्रमान सिंहले तालिममा सहभागी प्रशिक्षार्थी र प्रशिक्षकलाई धन्यवाद दिनुभयो।
चुँदीखोलामा माछा मार्न गएका दुई युवकको निधन
माछा मार्ने क्रममा तनहुँमा दुई युवकको आइतबार डुबेर मृत्यु भएको छ । भानु नगरपालिका–२ बस्ने वर्ष २२ को सागर गुरुङ र वर्ष ३५ को धनबहादुर गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक प्रकाश भुषालले जानकारी दिनुभयो ।
अमेरिकी आर्मी टोली पाँचखाल र शिवपुरी भ्रमणमा
नेपालको औपचारिक भ्रमणमा रहनु भएका अमेरिकी आर्मीका कमान्डर जनरल चाल्र्स ए फ्लाइनसहितको सदस्य टोलीले आइतबार पाँचखालस्थित नेपाली सेनाको श्रीवीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजको भ्रमण गर्नुभएको छ ।