साह र राई गणतान्त्रिक फूलबारीका दुई फूल : प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर विजयी हुनुभएका दुई युवा प्रमुखलाई फूलसँग तुलना गर्नुभएको छ । प्रतिनिधि सभाको शनिबारको बैठकलाई सम्बोधन गर्ने क्रममा उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीभित्र काठमाडौँ र धरानमा “दुईवटा सुन्दर फूल फक्रिएको” बताउनुभयो । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन साह तथा धरान उपमहानगर पालिकाका प्रमुख हर्कराज साम्पाङ राईको प्रशंसा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
सामाजिक, सांस्कृतिक तथा राजनीतिक फड्को
जनताको आन्दोलनको जगमा स्थापना भएको गणतन्त्रपछि मुलुकले सामाजिक, सांस्कृतिक तथा राजनीतिक रूपमा फड्को मारेको विज्ञहरूले बताउनुभएको छ । उहाँहरूले गणतन्त्रबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने
संस्थानमा धेरै उपलब्धि भएका छन् : कार्यकारी अध्यक्ष सुवेदी
गोरखापत्र संस्थान व्यवस्थापनले प्रकाशन प्रमुख, विभागीय प्रमुख र शाखा प्रमुखका लागि आयोजना गरेको दुई दिने नेतृत्व र सकारात्मक सोचको विकास विषयक कार्यशाला सम्पन्न भएको छ।
निगमका प्रबन्ध निर्देशकद्वारा डिपोमा भएको आगलागीले निरीक्षण
काठमाडौँ, जेठ १४ गते। नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानीले रुपन्देहीस्थित निगमको डिपोअगाडि ट्यांकरमा भएको आगलागीले पुर्याएको क्षतिको निरीक्षण गर्नुभएको छ।शुक्रबार बिहान ११ बजेतिर लु २ ख २६५६ र लु २ ख ५६८७ नम्बरको ट्यांकरमा भएको आगलागीले क्षति पुर्याएपछि यसबारे निगमका तर्फबाट थानीले अवलोकन गर्नुभएको हो।रुपन्देहीको भलबारीस्थित नेपाल आयल निगमको डिपो अगाडि राखिएका दुई वटा ट्यांकरमा आगलागी भएको थियो। थानीका साथमा तिलोत्तमा नगरपालिकाका नवनिर्वाचित मेयर रामकृष्ण खाण पनि सो क्षेत्रको निरीक्षणमा पुग्नुभएको थियो। प्रबन्ध निर्देशक थानी र मेयर खाणले आगामी दिनमा हुने यस्तो प्रकारका आगलागी घटना हुन नदिन अत्यावश्यकीय सामग्रीको थप व्यवस्था गर्ने बताउनुभएको छ।शुक्रबार बिहान डिपोमा ट्यांरबाट तेल खन्याएपछि अचानक आगलागी भएको प्रहरीले जनाएको छ। सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलवारी आयाल निगमको दमकलको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो।
आइतबार दिउँसो ४ बजे बजेट भाषण
काठमाडौं, जेठ १४ गते । आइतबार दिउँसो ४ बजे आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक हुँदैछ । संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्यायको वार्षिक अनुमान सार्वजनिक गर्न लाग्नुभएको हो । संविधानको धारा ११९ बमोजिम जेठ १५ गते बजेट भाषण हुन लागेको हो । सरकारले जेठ १० गते सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गरेको नीति तथा कार्यक्रम शनिबार प्रतिनिधिसभाबाट बहुमतले पारित भइसकेको छ ।सभामुख अग्निप्रसाद सापकोटाले बजेट प्रस्तुत हुने सङ्घीय संसदको संयुक्त बैठक सुरु हुनुभन्दा १५ मिनेट अगाडि उपस्थित भइसक्न प्रतिनिधिसभा सदस्यलाई अनुरोध गर्नुभएको छ । ४ बजेबाट बजेट भाषण सुरु हुने भएकाले ३ बजेर ४५ मिनेट जानुभन्दा अगाडि नै प्रतिनिधिसभा बैठक कक्षमा उपस्थित हुन उहाँले अनुरोध गर्नुभएको हो । बजेट भाषण सकिए लगत्तै प्रतिनिधिसभाको अर्को बैठक जेठ १५ गते आइतबार साँझ ६ बजे बस्नेछ ।
सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
प्रतिनिधिसभा बैठकबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम शनिबार सदनबाट बहुमतले पारित भएको हो।
नीति तथा कार्यक्रमले प्राप्त उपलब्धिलाई संस्थागत गरेको छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रमले हालसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्ने काम गरेको उल्लेख गर्नुभएको छ।
१५ मिनेटपछि बस्नेगरी प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौं, जेठ १४ गते। १५ मिनेटपछि बस्नेगरी प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। शनिबार बिहान ११ बजे बोलाइएको बैठक साँझ पौने सात बजेसम्म चलेको हो। बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल भएको छ। संघीय संसदको सचिवालयका अनुसार दोस्रो बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री शेरबहादुर देउवाले जवाफ दिनुहुनेछ। प्रधानमन्त्रीले जवाफ दिनुभएपछि प्रश्नोत्तरको शृङ्खला चल्ने र नीति तथा कार्यक्रम प्रतिनिधिसभामा निर्णायार्थ प्रस्तुत हुनेछ। नीति तथा कार्यक्रम पास भएपछि अर्थमन्त्री जनार्दन शर्माले आजै आर्थिक सर्वेक्षण पेश गर्नुहुनेछ।
धनगढीको गेटामा तीन सय शैय्याको अस्पताल तत्काल सञ्चालन हुँदै
काठमाडौं, जेठ १४ गते। सुदूरपश्चिम प्रदेशको घनगढीमा भौतिक संरचना निर्माण सम्पन्न भएको गेटा मेडिकल कलेजमा तीन सय शैय्याको अस्पताल यही वर्षदेखि संचालनमा आउने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमका सबै जनतालाई स्वास्थ्यमा पहुँच र स्वास्थ्य जनशक्ति उत्पादन गर्ने उदेश्यले एक दशक अघि गेटा मेडिकल कलेज स्थापना गर्ने निर्णय गर्नुभएको थियो। गेटा मेडिकल कलेजको भौतिक संरचना अहिले तयार भएको छ। यो आर्थिक वर्षमा तीन सय शैय्याको अस्पताल सुरु गर्न प्रधानमन्त्रीले स्वास्थ्य र शिक्षा मन्त्रालयलाई यसअघि नै निर्देशन दिइसक्नु भएको छ। प्रधानमन्त्रीको निर्देशन अनुसार यसै आर्थिक वर्षदेखि अस्पताल सुरु हुन लागेको हो। कांग्रेस नेतृ एवं कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाको पहलमा गत चैतमा स्वास्थ्य सचिव डा. रोशन पोखरेलको संयोजकत्वमा राष्ट्रिय ट्रमा सेन्टरका कार्यकारी निर्देशक डा. प्रमोद जोशी सदस्य सचिव र शिक्षा, अर्थ र सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्य रहेको एक विज्ञ समिति गठन भएको थियो। विज्ञको समितिले स्थलतगत भ्रमण गरेर अस्पताल संचालनको कार्ययोजना तयार गरेको थियो। उक्त कार्ययोजनाकै आधारमा तत्काल तीन सय शैय्याको अस्पताल संचालन गर्ने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको हो। ‘हामीले गेटा मेडिकल कलेजको स्थलत गत अध्ययन गरेर कसरी छिटो भन्दा छिटो अस्पताल संचालन गर्न सकिन्छ भन्ने विस्तृत प्रतिवेदन पेश गरेका थियौँ, सोही आधारमा यसै वर्षदेखि तीन सय शैय्याको अस्पताल संचालन हुने भएको हो’, डा.जोशीले भन्नुभयो। मेडिकल कलेज संचालनका लागि कम्तिमा तीन सय शैय्याको अस्पताल तीन वर्षसम्म संचालन भएको हुनुपर्ने प्रावधान छ। सोही प्रावधान अनुसार यो वर्षदेखि अस्पताल संचालनमा आउने भएको हो। उक्त समितिले ७५ विगा जमिनमा फैलिएको अस्पतालमा ढल, बिजुली र पानीको तत्काल प्रबन्ध गर्नुपर्ने पनि सुझाव दिएको थियो। सोही सुझावका आधारमा आवश्यक सबै काम यसै आर्थिक वर्षको सुरुदेखि अघि बढाइने भएको हो। गेटा मेडिकल कलेज शिक्षा मन्त्रालयको विश्वविद्यालय अनुदान सहयोग कार्यक्रमबाट भौतिक संरचना निर्माण सम्पन्न भएको हो। भौतिक संरचना निर्माण भएपछि तत्काल अस्पताल संचालन गर्न नेतृ राणा विगत एक वर्षदेखि पहल गर्दै आउनु भएको छ। राणाकै पहलमा यसै आर्थिक वर्षको बजेटमा अस्पताल संचालनका लागि माग भए अनुसारको २ अर्ब रुपैयाँ बजेट विनियोजनको प्रस्ताव भएर बजेटमा समावेश गरिएको छ। गेटा मेडिकल कलेज संचालनमा डा. देउवाले पटक पटक विभिन्न बैठक, स्थलगत अध्ययन समिति बनाएर अगुवाई गरेपछि स्वास्थ्य मन्त्रालयको सिफारिसमा गत चैत ४ गते शिक्षा मन्त्रालयले तत्काल तीन सय शैय्याको अस्पताल संचालन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। कम्तिमा तीन सय शैय्या रहनेगरी तत्काल अस्पताल संचालन गर्न शिक्षा सचिवले मन्त्रिपरिषदमा पेश गरेको प्रस्ताव छलफल भएर स्वीकृत गरेर सो काम छिटोभन्दा छिटो सुरु गर्न प्रधानमन्त्रीले निर्देशन गर्नुभएको थियो। सरकारले गेटा अस्पताल संचालनका लागि स्वास्थ्य मन्त्रालयका ११ तहको चिकित्सक कार्यकारी निर्देशक हुनेगरी पद सिर्जना गरेको छ। त्यसका साथै अन्य आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारी सरकारले काजमा वा करारमा लिएर खटाउन सक्ने पनि निर्णय गरेको छ। स्थानीय चुनावका कारण कार्यकारी निर्देशक नियुक्त लगायतका प्रक्रिया रोकिए पनि अब केही हप्तामै कर्मचारी नियुक्ती गरेर अस्पताल संचालन हुने बताइएको छ। ‘‘यसै आर्थिक वर्षदेखि गेट मेडिकल कलेज तीन सय शैय्याको अस्पताल संचालनमा आउँछ’’, स्वास्थ्य सचिव डा। पोखरेलले भने। गेटा मेडिकल कलेजको भौतिक संरचना निर्माणको काम विगत १० वर्षदेखि सुरु भएको थियो। भौतिक पुर्वाधार सम्पन्न भएपछि डा. देउवाको अगुवाईमा अस्पताल संचालन हुन लागेको हो। प्रत्येक प्रदेशमा कम्तिमा एउटा मेडिकल कलेज संचालन गर्ने सरकारको नीति अनुसार गेटा मेडिकल कलेजको भौतिक संरचना तयार भएको हो। गेटा सुरु भए लगत्तै सुदूरपश्चिम क्षेत्रका सयौंले रोजगारी पाउनुका साथै सुदूरपश्चिमको विकासमा एउटा फड्को मार्ने बताइएको छ।