• ७ जेठ २०८१, सोमबार

तालमेलले गठबन्धनलाई फाइदा भयो : महामन्त्री शर्मा

blog

काठमाडौं, जेठ २० गते। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय निर्वाचनमा तालमेलका कारण गठबन्धनका सबै दललाई फाइदा पुगेको बताउनुभएको छ। 

शुक्रबार कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान गर्न भक्तपुरमा आयोजित कार्यक्रममा गठबन्धनबाट कांग्रेस पहिलो पार्टी भएको भन्ने बुझाइ आइरहेको बताउनुभयो।

“पहिलो पार्टी हुँदा कांग्रेसले मात्रै लाभ लियो भन्ने, हुन त, सार्वजनिक रुपमा जवाफ दिने कुरा राम्रो हुँदैन। तालमेलबाट हामी सबै लाभान्वित भएका छौं”, उहाँले भन्नुभयो।

विगतमा २०७४ सालको भन्दा नेकपा (माओवादी केन्द्र)को बढोत्तरी भएको र नेकपा एकीकृत समाजवादी पहिलो पटक चुनाव लड्दा पनि यसखाले परिणाम आएको उहाँ बताउनुहुन्छ। 

“माधव नेपालको पहिलो पटक, चुनाव चिह्न लिएको पार्टी, काठमाडौं प्रमुखमा त हामीले पनि हार्‍यौं नि !”, एकअर्कामा आशंका गर्न नहुने भन्नुहुँदै शर्माले हेटौंडा उपमहानगरपालिका र पोखरा महानगरपालिकामा एकीकृत समाजवादीले प्रमुख पद जितेको बताउनुभयो। एउटा ठाउँको कुरा र आधारलाई लिएर आशंका मान्ने कुरा उचित नहुने उहाँले प्रष्ट पार्नुभयो।