• ९ जेठ २०८१, बुधबार

मनमोहन प्राविधिक विश्वविद्यालयलाई नेपाली सेनाले दियो हेलिकप्टर

blog

तस्बिर सौन्जय : नेपाली सेना

काठमाडौं, जेठ २० गते। नेपाली सेनाको स्वामित्वमा रहेको एनए-०३९ हेलिकप्टर प्रदेश १ को मनमोहन प्राविधिक विश्वविद्यालयलाई दिइएको छ। विश्वविद्यालयमा रेल्वे तथा एरोनटिक्स इन्जिनियरिङको स्नातक तहमा अध्ययनको प्रयोगात्मक अभ्यासका लागि नेपाली सेनाले हेलिकप्टर  दिएको हो। 

हेलिकप्टर र हेलिकप्टरसँग सम्बन्धी ४७ वटा पार्टपूजा नेपाली सेना, सैनिक वायुसेवाका महानिर्देशक पाइलट उपरथी आशिष नरसिंह राणाले प्रदेश १ का सामाजिक विकास महन्त्रालयका सचिव दीर्घराज मैनालीलाई हस्तान्तरण गर्नुभएको हो। 

उक्त हेलिकप्टर यसै वर्ष प्रदेश १ मा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयको एरोनटिक्स इन्जिनियरिङका विद्यार्थीले प्रयोगात्मक अभ्यासमा प्रयोग गर्नेछन्।  भारतको बैंगलोरस्थित हिन्दुस्तान एरोनेटिक्स लिमिटेडले निर्माण गरेको उक्त हेलिकप्टर २०५८ साल मंसिर २६ गते नेपाली सेनालाई सहयोग स्वरुप प्राप्त भएको थियो। 


नेपाली सेनाले विश्वविद्यालयले हेलिकप्टरबाट प्राविधिक ज्ञान अभिवृद्धि गर्ने विश्वास लिएको छ। हेलिकप्टर हस्तान्तरण समारोहमा मनमोहन प्राविधिक विश्वविश्लायका कुलपति डा. सुवास श्री पोखरेल, रक्षा मन्त्रालयका सहसचिव यज्ञप्रसाद ढुंगेललगायत सहभागी हुनुहुन्थ्यो।