• ७ जेठ २०८१, सोमबार

करेन्ट लागेर महिलाको मृत्यु

blog

शिवशंकर मिश्र

बारा, जेठ २० गते । बारामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका –२३ बैराठपुर टोलकी ३५ बर्षिया प्रभादेवी रहेको बारा प्रहरीले जनाएको छ । 

आफ्नै घरको चापाकलमा जडान गरिएको बिद्युतीय मोटरबाट पानी लिन खोज्दा बिहीबार साँझ ७ बजे करेन्ट लागेर गम्भिर भएको उहाँलाई उपचारका लागि बिरगञ्ज ल्याउने क्रममा बीचबाटोमा प्रभाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनुभयो । 

मृतक प्रभाको शव नारायणी उपक्षेत्रीय अस्पतालमा परीक्षण गरी परिवारको जिम्मा लगाइएको उहाँले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान सुरु गरिएको उहाँले जानकारी दिनुभयो । चालु आर्थिक बर्षको साउनदेखि जेठ मसान्तसम्म बारा जिल्लामा सावधानी नअपनाउँदा आठ जनाको करेन्ट लागेर मृत्यु भएको छ । 

समान्य जानकारी तथा सावधानी नअपनाउँदा अनाहकमा उहाँहरुको ज्यान गएको बारा प्रहरीले जनाएको छ । बिद्युतीय वायरिङ्ग तालिम प्राप्त ब्यक्तिबाट नहुनु तथा गुणस्तरहीन विद्युतीय सामानको प्रयोग र असावधानीपूर्वक जथाभावी बिछाइएको तारको कारण करेन्ट लागेर मृत्यु भएको अनुसन्धानमा देखिएको प्रहरीको भनाई छ ।