• ६ जेठ २०८१, आइतबार

सार्वजनिक सवारी साधनको भाडा घट्यो (सूचीसहित)

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ २० गते । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा घटाएको छ ।

इन्धनको मूल्य घटेसँगै विभागले स्वचालित प्रणालीअनुसार सार्वजनिक सवारी साधनको भाडा समायोजन गरेको हो ।

इन्धनको मूल्य पाँच प्रतिशतभन्दा धेरैले बढेमा वा घटेमा भाडा समायोजन हुने गर्छ ।

बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपियाँ अर्थात् ६.१३ प्रतिशतले घटेको थियो । सो अनुरुप यात्रुबाहक सवारी साधनको भाडा दुई प्रतिशत घटेको छ ।

पहाडी बाटोमा चल्ने मालबाहक सवारीमा २.६ र तराईको बाटोमा चल्ने मालबाहकमा २.९ प्रतिशत घटेको छ ।