जनताले लोकतन्त्रको विकल्प खोजेका छैनन्ः महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली जनताले लोकतन्त्रको विकल्प नखोजेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले जनताले पटकपटक तानाशाह र निरंकुश शासन व्यवस्था अनुभूत गरिसकेकाले लोकतन्त्रको विकल्प नसोच्नेसमेत बताउनुभयो ।
कर प्रणालीका विषयमा सरोकारवालाबिच संवाद
सुनसरीको कोशी गाउँपालिकामा स्थानीय तहको कर प्रणालीको विषयमा सरोकारवालाबिच संवाद कार्यक्रम सम्पन्न भएको छ । स्थानीयस्तरमा भएको कर सङ्कलन संयन्त्र र प्रकृतिको बारेमा रहेको अस्पष्टतालाई प्रष्ट पार्ने उद्देश्यका साथ कर प्रणालीको विषयमा सरोकारवालाबिच संवाद गरिएको हो ।
फुङ्लिङमा एभरेष्ट बैंकको शाखा
एभरेष्ट बैंक लिमिटेडले ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा शाखा स्थापना गरी सेवा सुरु गरेको छ । बैंकको १३१ औं शाखाका रुपमा फुङ्लिङ शाखा स्थापना गरी शुक्रबारदेखि औपचारिक रुपमा सेवा सुरु गरेको हो ।
पाँचथरमा ७ हजार बढीले लगाए एचपिभि खोप
पाँचथर जिल्लाका ७ हजार ९ सय १८ जना किशोरीलाइ पाठेघरको मुखमा लाग्ने क्यान्सरविरुद्वको (एच.पि.भि.)खोप लगाइएको छ ।
गहुँ र तोरीखेती
सुनसरी, फागुन ९ गते । सुनसरीको इनरुवा नगरपालिका ९ मा किसानले लगाएको गहुँ र तोरीखेती । किसानले घुसुवा बालीको रूपमा गहुँखेतीभित्र तोरी लगाउने गरेका छन् । तस्बिरः रासस
मदन भण्डारी राजमार्ग, रुखमा छपान सुरु
राष्ट्रिय राजमार्गको वैकल्पिक सडकका रूपमा निर्माण सुरु भएको मदन भण्डारी राजमार्गका वन क्षेत्रका रुख कटानका लागि छपान सुरु भएको छ । राजमार्गको मोरङ खण्डमा २०.९४३ हेक्टर वन क्षेत्रका २ हजार १६३ वटा रुख कटान लागि हाल धमाधम छपान भइरहेको छ ।
प्रहरीद्वारा घाइते कस्तुरीको उद्धार
फुङलिङ, फागुन ९ गते । नेपाल प्रहरीको टोलीले ताप्लेजुङमा घाइते अवस्थामा भेटिएको पोथी कस्तुरीको उद्धार गरेको छ । फक्ताङ्लुङ गाउँपालिका ७ ओलाङ्चुङगोलामा घाइते अवस्थामा भेटिएको पोथी कस्तुरीको बिहीबार उद्धार गरिएको हो । घाइते कस्तुरीको इलाका प्रहरी कार्यालय ओलाङ्चुङगोलाले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रबी रावलले जानकारी दिनुभयो । उहाँका अनुसार कञ्चनजङ्घा संरक्षण क्षेत्रका कर्मचारीको सहकार्यमा कस्तुरीको उद्धार गरिएको छ । जङ्गली जनावर मलसाँप्रोको आक्रमणका कारण कस्तुरी घाइते भएको प्रनाउ रावलले जानकारी दिनुभयो । प्रहरीका अनुसार उद्धार गरिएको कस्तुरीलाई उपचारपछि सुरक्षित वासस्थान तर्फ छोडिएको छ ।
जन्ती बोकेको बस र ट्रक ठोकिँदा एकको मृत्यु, पाँच घाइते
उदयपुरको त्रियुगा नगरपालिका वडा नं ७ जोगिटोलस्थित मदनभण्डारी राजमार्गमा जन्ती बोकेको बस र मिनिट्रक एक आपसमा ठोकिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य पाँच जना गम्भीर घाइते भएका छन ।
पाथिभरा क्षेत्रको यातायात बन्द
ताप्लेजुङको फुङलिङदेखि पाथिभरा क्षेत्रको काफ्लेपाटीसम्मको यातायात बन्द भएको छ । यातायात व्यवसायी सङ्घ काफ्लेपाटीले यातायात बन्द गरेको हो ।
केबुलकार विवादः झपडमा १३ घाइते
ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबुलकारको विषयलाई लिएर आन्दोलनरत पक्ष र प्रहरीबिच झडप हुँदा तेह्र जना घाइते भएका छन्। बिहीबार केबुलकार निर्माणस्थलमा भएको झडपमा प्रहरीसहित १३ जना घाइते भएका हुन्।
फिदिम नगरपालिका ६ को प्रशासकीय भवन उद्घाटन
पॉचथरको फिदिम नगरपालिका–६ को वडा कार्यालय भवन उद्घाटन भएको छ । भवन उद्घाटन कोशी प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री एवं नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङबो (मौसम) ले गर्नुभएको हो ।
हामी देशको क्रान्तिकारी राजनीतिक शक्ति हौँ : उपाध्यक्ष श्रेष्ठ
नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेकपा (माओवादी केन्द्र) देशको जिउँदो क्रान्तिकारी राजनीतिक शक्ति रहेको बताउनुभयो।
झापामा प्रविधिको प्रयोग गरेर चैत धान रोपिँदै
जिल्लाका आठ वटा पालिकामा कृषि ज्ञान केन्द्रले प्रविधिको प्रयोग गरेर ४८ बिघा जमिनमा यसबर्ष परीक्षणका लागि चैते धान रोप्ने भएको छ ।
वडाध्यक्षको निधनमा फाल्गुनन्द गाउँपालिकामा सार्वजनिक बिदा
पाँचथरको फाल्गुनन्द गाउँपालिकाले बिहीबार सार्वजनिक बिदा दिएको छ । सोही गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष सुखबीर नेम्वाङको निधनमा आज शोक मनाउन सार्वजनिक बिदा दिएको हो ।
हाँसका बथान
मोरङ, फागुन ८ गते । मोरङको बेलबारी नगरपालिकास्थित बेतना सिमसारमा जलक्रीडामा रमाउँदै गरेका हाँसका बथान । तस्बिरः रासस
‘सरकार बनाउने खेलमा माओवादी छैन’
नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले आफ्नो पार्टी अहिले सरकार बनाउने र ढाल्ने खेलमा नरहेको बताउनुभएको छ । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारप्रति
अविरलको ‘नदीको यात्रा’
कवि निमेष अविरल (रुकमान थेबे) को कवितासङ्ग्रह ‘नदीको यात्रा’ बुधबार सार्वजनिक गरिएको छ ।
कोशीका आधाभन्दा बढी सहकारीले बुझाएनन् विवरण
कोशी प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवाको नियमन क्षेत्रका ५० प्रतिशत सहकारी संस्थाले पनि रजिस्ट्रार कार्यालयमा विवरण बुझाएका छैनन् ।
प्रजातन्त्र दिवसमा दीप प्रज्ज्वलन
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ताप्लेजुङमा दीप प्रज्वलन गरिएको छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको अगुवाईमा आज साँझ दीप प्रज्वलन गरिएको हो ।
रामकुमार बाघचाल च्याम्पियन
लेटाङ–४ का रामकुमार श्रेष्ठ बाघचाल च्याम्पियन हुनु भएको छ ।
आयोजक भद्रपुरको विजयी सुरुवात
भद्रपुरको झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्सले विजयी सुरुवात गरेको छ ।
खिजिदेम्बामा आदिवासी जनजाती महोत्सव सुरु
ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकामा आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु भएको छ ।
शान्ति सद्भाव भड्काएको आरोपमा एक जना पक्राउ
धरान उपमहानगरपालिकामा शान्ति सद्भाव भड्काएको आरोपमा धरान–१० निवासी सिर्जना बेघालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बिहान इलाका प्रहरी कार्यालय धरानको टोलीले धरान–१३ अमरहाटबाट बेघालाई पक्राउ गरेको हो ।
नदीको यात्रा कविता सङ्ग्रह सार्वजनिक
कवि निमेष अविरल (रुकमान थेबे) को कविता सङ्ग्रह ‘नदीको यात्रा’ सार्वजनिक गरिएको छ । कञ्चनजङ्घा साहित्यिक प्रतिष्ठान ताप्लेजुङले बुधबार सदरमुकाम फुङ्लिङमा आयोजना गरेको कार्यक्रमकाबिच कविता सङ्ग्रह सार्वजनिक गरिएको हो ।