• ६ वैशाख २०८२, शनिबार

एमालेद्वारा ज्येष्ठ नागरिक सम्मानित

blog

ज्येष्ठ नागरिकलाई सम्मान गर्दै सुनसरीको इनरुवा नगरपालिका ५ मा नेकपा एमाले । तस्बिर: जयकृष्ण यादव

जयकृष्ण यादव
इनरुवा, वैशाख ६ गते ।
सुनसरीमा नेकपा (एमाले)ले आफ्नो जरा अभियानअन्तर्गत ज्येष्ठ नागरिकलाई सम्मान तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

इनरुवा नगरपालिका ५ बलाहामा सम्पन्न भएको कार्यक्रममा १०५ वर्षीया कृष्णमाया देवी कोइरालालगायत ८० वर्षभन्दा माथि उमेर समूहका ६८ जना ज्येष्ठ नागरिकलाई जरा अभियानअन्तर्गत सम्मान गरिएको हो । पार्टीमा योगदना गरेको लामो अनुभव भएका जिउँदो इतिहास रहनुभएका ज्येष्ठ नागरिकलाई सम्मान गरेको एमालेले जनाएको छ ।

कार्यक्रममा जरा अभियानका प्रमुख अभियन्ता नेकपा(एमाले), कोशी प्रदेश कमिटी सदस्य लोकेश निरौलाले इनरुवा–५, बलाहामा ज्येष्ठ नागरिकलाई सम्मान गरेको जानकारी दिनुभयो । उहाँले सुनसरीको शिक्षामा बढी बलाहाका जनसमुदाय अगाडि रहेको र शिक्षित वर्ष तथा उच्चस्तरीय बसोबास गर्ने स्थान तथा कम्युनिष्ट आन्दोलनको उर्वर भूमि रहेकाले सम्मान गरेको बताउनुभयो ।

उहाँले अभियानको सन्दर्भमा यहाँ काम गर्न पाउँदा आफुलाई अत्यन्तै गर्व महसुस भएको बताउनुभयो । उहाँले यो अभियानमा सबै टोल कमिटीहरु, महत्त्वपूर्ण जनसङ्गठनहरुको निर्माण, सत प्रतिशत सङ्गठित सदस्यता नवीकरण, नयाँ सदस्यता उत्साहजनक विस्तार भएको बताउनुभयो ।

उता सुनसरी सदरमुकाम इनरुवामा नेकपा(एमाले),इनरुवा नगरपालिका–५ नं. वडा कमिटीको आयोजनामा नव वर्ष –२०८२ को अवसरमा  शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । शुभकामना आदानप्रदान एवम्  वडा(जरा) केन्द्रित अभियान समापन समारोह कार्यक्रम सम्पन्न भएको हो । वडा कमिटी अध्यक्ष पार्वतीराज पोखरेल अध्यक्षता तथा पार्टी स्थायी कमिटी सदस्य भीम आचार्यको प्रमुख आतिथित्यतामा कार्यक्रम सम्पन्न भएको वडाका उपाध्यक्ष लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

प्रमुख अथिति आचार्यले कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै युवा लक्षित बजेट निर्माणमा यो सरकारको ध्यान जानुपर्ने र देश भित्रै युवालाई रोजगारीको सृजना गर्न ध्यान जानुपर्नेमा जोड दिनुभयो । स्वदेशमा रोजगार भएको खण्डमा त्यसले वैदेशिक पलायन कम गर्न सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा आचार्यले एमाले सधैँभरी ज्येष्ठ नागरिकहरुलाई सम्मान र सहयोग प्रदान गर्दै आइरहेको बताउनुभयो । फरक प्रसंगमा पूर्व पर्यटन मन्त्री समेत रहनुभएका प्रमुख अथिति आचार्यले दुहबी इनरुवा सडक चार लाइनको बनाउन अत्यन्तै सम्वेदनसिल र यसलाई आफू मुख्यमन्त्री हुँदैदेखि डिजाइन स्टेनमेन्ट गरी ठेक्का लगाउन लागिपरेका बताउनुभयो । उहाँले प्रदेश सरकारसँग निरन्तर कुराकानी गरिरहेको समेत बताउनुभयो । अथिति पार्टीका इन्चार्ज जगदीश कुसियैतले ईनरुवा–५ मा जरा केन्द्रित अभियान आफ्नो मुलःउद्देश्य पूरा गर्न सफल भएको आफुलाई महसुस भएको बताउनुभयो । नेपालको लोकतान्त्रिक व्यवस्था मजबुत बनाउन हाम्रो पार्टी जनताको बिचमा निरन्तर लागि रहेको उहाँको भनाइ  छ ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवम् सुनसरी इन्चार्ज जगदीश कुर्सियत, कोशी प्रदेश कमिटी सदस्यहरु नीरा खनाल, लोकेश निरौला, राम प्रसाद मेहेता, कालुराम गुरुङ, राज कुमार दङ्गाल, सुनसरी का.वा.अध्यक्ष पर्शुराम यादवसहित इनरुवा नगर भित्रका जिल्ला सदस्यहरु, विभिन्न जनसङ्गठनका नेताहरु, नगर कमिटीका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

अभियानको क्रममा विकास निर्माण र विभिन्न जनसरोकारका विषयमा बृहत छलफल र समाधानको  प्रयत्न भई स्थानीय तहमा पार्टीको सवलीकरण र पार्टी जीवनको शुद्धीकरण र सुदृढीकरण गर्न यो अभियानको सफल भएको दाबी गरेको छ । कार्यक्रममा स्थायी कमिटी सदस्य भीम आचार्य, केन्द्रीय सदस्य जगदीश कुसियैत, प्रदेश कमिटी सदस्य एवम् जरा अभियानको प्रमुख अभियन्ता लोकेश निरौला, जिल्ला का.वा अध्यक्ष पर्शुराम यादव, नगर कमिटी  अध्यक्ष प्रेम पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।