• ६ वैशाख २०८२, शनिबार

राष्ट्रिय स्वास्थ्यकर्मी संघ ताप्लेजुङको अध्यक्षमा मेन्याङ्बो

blog

सर्वसम्मत चयन भएका कार्यसमितिको सामूहिक तस्बिर। तस्बिरः साहारा लिम्बू

साहारा लिम्बू

फुङ्लिङ, वैशाख ६ गते। राष्ट्रिय स्वास्थ्यकर्मी संघ  नेपाल ताप्लेजुङको अध्यक्षमा देवेन्द्रकुमार मेन्याङ्बो चयन हुनुभएको छ। संघको चौथो जिल्ला अधिवेशनले मेन्याङ्बोको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो।

यस्तै संघको उपाध्यक्षद्वयमा समिर प्रधान र सीता गुरुङ यक्सो चयन हुनुभएको छ। सचिवमा जगदिश घिमिरे, उपसचिवमा मनकुमारी खुदाङ लिम्बू र कोषाध्यक्षमा नरमाया रेग्मी चयन हुनुभएको छ।

साथै सदस्यमा प्रकाश शेर्पा, प्रेम प्रसाईं, राधिका लिम्बू, युम्पी राई र सविना (सारा) तुम्बाहाम्फे चयन हुनु भएको छ। नवनिर्वाचित संघका पदाधिकारी तथा सदस्यलाई संघका केन्द्रीय प्रतिनिधि लक्ष्मीमाया वनेमले पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको थियो।