• ३ असार २०८२, मङ्गलबार

फेरिएको बारागाउँ

blog

जुम्ला तातोपानी ८ को बारागाउँ । तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट असार ३ गते । 
कुनै बेला १२ घरको बस्ती थियो, बारागाउँमा । अहिले यो गाउँमा ११५ घर पुगेका छन् भने बारागाउँको चर्चा पनि हुन थालेको छ ।

जुम्ला जिल्लाको तत्कालीन ताम्ती गाउँ विकास समितिमा पर्ने बारागाउँको सबै शैली फेरिएको छ । अहिले यो गाउँसहित तत्कालीत ताम्ती गाविस तातोपानी गाउँपालिका–८ मा रुपान्त्रण भएको छ ।

साविकको ताम्ती गाउँविकास समिति राज्य पुर्नसंरचनापछि एक वडामा सिमित भएको छ । तर बारागाउँ १२ घरवाट विकास भएर ११५ घर हुँदा यहाँ एक माध्यमिक विद्यालय समेत सञ्चालनमा छ ।

माध्यमिक विद्यालय बारागाउँले मात्र चलाएको छ । यहाँ तीन सयभन्दा बढि विद्यार्थीले अध्ययन गरिरहेका छन्  । दुर्गम ठाउँको एक सानो गाउँमा अहिले मोटरबाटो समेत पुगेको छ ।

भारी बोकेर जिवन चलाउँदै आएका बारागाउँका नागरिक अहिले मोटर चढ्न थालेका छन् । स्थानीय हेमन्त शाहीले बारागाउँको धेरै फेरिएको बताउनुभयो । हामी अर्को गाउँका नागरिक हौँ । पहिलो यहाँका दुई जना विद्यार्थी हाम्रो गाउँ टोप्ला कालीका माविमा पढ्न जान्थे हामीले निकै हेला गर्ने विभेद गर्ने गरेका थियौँ ।

अहिले यो गाउँ साचिकै नमुना बनेको आफुले पनि पाएको सुनाउनुभयो । यही गाउँले माध्यमिक विद्यालय चलाएको छ । यही स्वास्थ्य संस्था छ भने खानेपानी पुगेको छ । खर र काठले छाएका घरका छाना जस्तापाताले छोएका छन् । त्यसैले गाउँ फेरिएको छ । सबै बालबालिका विद्यालय अनिवार्य जान थालेका छन् ।