दुई सय ४० भन्दा बढी घरपरिवार विस्थापित
अविरल वर्षाका कारण झापाका विभिन्न खोला आएको बाढी र डुबानमा परेर २ सय ४० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् ।
ब्रिगेड ब्याइजले जित्यो पथरीशनिश्चरे गोल्डकप
पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको उपाधि ब्रिगेड ब्याइज क्लबले जितेको छ ।
तमोर नदीमा दुई महिलाको शव फेला
धनकुटा नगरपालिका-९ र साँगुरीगढी गाउँपालिका-७ को सीमा लेउती खोला र तमोर नदीको दोभानमा बालुवाले पुरिएको अवस्थामा दुई जना महिलाको शव भेटिएको हो ।
सप्तकोशीमा पानीको बहाव घट्न थाल्यो
सप्तरी–सुनसरी सीमामा रहेको सप्तकोशी नदीमा बाढीको बहाव घट्न थालेको छ।
सप्तकोशीको टापुमा फसेका २५ जना सकुशलै
अविरल वर्षाका कारण सप्तकोशी नदीको चिलैया टापुमा शनिवार बिहानदेखि फसेकाहरू सकुशल रहेको बताइएको छ । सुनसरीको वराहक्षेत्र नगरपालिका २ बालचनखोरिया, ठाकुर बारी र राजाबासको नदी क्षेत्रमा गोठ राखेर बसेका पशुपालन कृषकहरू सकुशल रहेको प्रहरीले जनाएको छ ।
बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित
बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित भएका छन् । कोशी गाउँपालिका–४ मा ४० भन्दा बाढी घरमा पानी पसेको स्थानीय वाजुद्दिन मन्सुरीले जानकारी दिनुभयो ।
जुट उद्योग डुबानमा पर्दा झन्डै दुई करोडको क्षति
सुनसरी मोरङ औद्योगिक कोरिडोरमा रहेका अधिकांश उद्योग कलकारखानाले अविरल वर्षाको कारण डुबानमा पर्दा अधिक क्षति व्यहोर्नु परेहको छ । यस क्रममा सोनापुरमा रहेको नेपालकै सबैभन्दा ठुलो जुट उद्योगको रूपमा रहेको अरिहन्त मल्टी फाइवर्स लिमिटेडको गोदाम घर डुबानमा पर्दा करिब एक करोड ७५ लाख मूल्य बराबरको क्षति भएको छ ।
मौसम खुलेपछि .....
केही दिन पानी परेर मौसम खुलेपछि आइतबार सदरमुकाम फुङलिङबाट देखिएको ताप्लेजुङको उच्च क्षेत्र ।
सप्तकोसीमा ५६ वर्ष यताकै ठुलो बाढी
सप्तकोसी नदीमा ५६ वर्ष यताकै पानीको बहाव उच्च मापन गरिएको छ । कोशीमा सन् १९६८ यताकै पानीको बहाव उच्च मापन गरिएको हो ।
खोटाङलाई तराईसँग जोड्ने फोक्सिङ्टार पुल सुनकोशीले बगायो
खोटाङलाई तराईसँग जोड्ने फोक्सिङ्टार पुल सुनकोशी नदीले बगाएको छ। सुनकोशी नदीमा आएको बाढीले शनिबार अपरान्ह मोटरेबल पुल बगाएको स्गानीय विकास राईले जानकारी दिनुभयो।
सोलुखुम्बुको टाप्टिङ पहिरोमा पुरिएर दुई जनाको ज्यान गयो
सोलुखुम्बुमा पहिरोमा परेर दुई जनाको ज्यान गएको छ । शनिबारअपरान्ह एक घर पुरिँदा दुई जनाको मृत्यू भएको हो ।
कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द
कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द गरिएको छ । सप्तकोशीमा पानीको बहाव खतराको तह पार गरेपछि उक्त पुलमा आवतजावतमा रोक लगाइएको हो ।
सप्तकोशीको टापुमा फसेकाहरूको उद्धार भएन
सप्तकोशीको चिलैया टापुमा फसेका १८ जनाको उद्धारको प्रयास भइरहे पनि प्रतिकूल मौसमका कारण उद्धार हुन सकेको छैन ।
पहिरोले घर बगायो
इलामको माङसेबुङ गाउँपालिका–५ मा वर्षासँगै आएको पहिरोले एक घर बगाएको छ ।
बाढीले हेवा खोलाको बेलिब्रिज बगायो
मेची राजमार्गमा रहेको हेवा खोलामा अवस्थित बेलिब्रिज बाढीले बगाएको छ । शनिवार बिहान ९ बजे बाढीले बेलिब्रिज बगाएको हो ।
कोशी ब्यारेजको ५६ वटै ढोका खोलियो
लगातारको वर्षासँगै आएको बाढीका कारण कोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ । सप्तकोसी नदिमा यो वर्ष कै उच्च बहाव भएको छ ।
पहिरोले घर बगाउँदा एकको मृत्यु पाँच जना बेपत्ता
फिदिम नगरपालिका–१ दुमा पुच्छारमा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् ।
झापामा खोलाले बगाएर ३ जना बेपत्ता
दुहिदिन अघिदेखि लगार वर्षाका कारण झापामा विभिन्न खोलामा आएको बाढीले बगाउँदा एक बालिका सहित ३ जना बेपत्ता भएका छन् ।
पहिरोले घर बगाउदा दुईको मृत्यु
धनकुटाको पाख्रिवासमा पहिरोले घर बगाउदा दुई जनाको मृत्यु भएको छ ।
फिदिममा पहिरोले पुर्दा दुईजनाको मृत्यु
पाँचथरको फिदिम नगरपालिका ४ चिसापानीमा पहिरोले घर पुर्दा २ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा फिदिम १२ घर भई हाल फिदिम ४ मा अस्थायी बसोबास गर्ने २४ वर्षीया सपना शेर्पा र उहाँकी ५ वर्षीया छोरी डोल्मा शेर्पा हुनुहुन्छ ।
केबुलकार निषेधको रणनीतिमा सङ्घर्ष समिति
ताप्लेजुङस्थित पाथीभरा केबुलकार परियोजनाविरुद्ध सङ्घर्षरत समूहले केबुलकार निषेध गर्ने भएका छन्। पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको केबुलकार परियोजनाको विरोध गर्दै आएको समूहहरुले केबुलकार निर्माण गर्न नहुनेभन्दै पाथीभरा (मुक्कुमलुङ) मा केबुलकार निषेध गर्ने भएका हुन्।
जैविक विविधता पर्या-पर्यटन सम्बन्धी चित्रकला प्रदर्शनी
विश्व पर्यटन दिवसको सन्दर्भमा झापामा जैविक विविधता पर्या–पर्यटन सम्बन्धी चित्रकला प्रदर्शनी गरिएको छ ।
कोशीमा 'पर्यटन वर्ष २०८२' घोषणा
आगामी वर्ष २०८२ लाई प्रदेश सरकारले कोशी पर्यटन वर्षको रुपमा मनाउने भएको छ ।
झरीले जनजीवन प्रभावित
तीन दिनअघिदेखि भइरहेको वर्षाका कारण पहाडी जिल्ला पाँचथरको जनजीवन प्रभावित भएको छ ।