• १२ असोज २०८१, शनिबार

सोलुखुम्बुको टाप्टिङ पहिरोमा पुरिएर दुई जनाको ज्यान गयो

blog

सोलुखुम्बु समाचारदाता 

सोलुखुम्बु, असोज १२ गते । सोलुखुम्बुमा पहिरोमा परेर दुई जनाको ज्यान गएको छ । शनिबारअपरान्ह एक घर पुरिँदा दुई जनाको मृत्यू भएको हो ।

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १० टाप्टिङको चैलुङ गाउँमा टेकबहादुर मगरको घर पहिरोले पुरिँदा उक्त घरमा किचिएर मगरका छोरी र बुहारीको मृत्यू भएको वडा अध्यक्ष होमबहादुर मगरले जानकारी दिनुभयो । 

पहिरोमा परि टेकबहादुरका ३० वर्षीया छोरी कविता मगर र ४१ वर्षीया बुहारी रुपु मगरको मृत्यु भएको वडा अध्यक्ष मगरले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट घटना स्थलमा प्रहरी टोली पठाइएको प्रहरीले जनाएको छ।