अकबरेबाट लोभलाग्दो आम्दानी
घर वरिपरि लटरम्म फलेको अकबरे खुर्सानी । देख्नेलाई टपक्क टिपौँ र खाउँ जस्तो लाग्छ तर अकबरेको पिरो सहन जोकोहीलाई त्यति सहज हुँदैन । हदैसम्मको पिरो हुने अकबरेको गुन भने यो चाख्नेले नै अनुभव गरिरहेका हुन्छन् । त्यसैले यसको बिउको माग अधिक बढेको छ ।
दुर्घटनामा भारतीय नागरिकको मृत्यु
झापाको बिर्तामोडमा सवारी दुर्घटनामा परेर एक भारतीय नागरिकको ज्यान गएको छ ।
शव परीक्षण गराउन ट्याक्टर ‘रिजर्भ’ गर्नुपर्ने बाध्यता
यहाँको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित चन्द्रमणि राईका बुबा इन्द्रकुमारको शव परीक्षण गर्नुपर्ने प्रकृतिको घटनामा परी मृत्यु भयो । चन्द्रमणिले रु १८ हजारमा ट्याक्टर रिजर्भ गरी जिल्ला अस्पताल पुर्याई बुबाको शव परीक्षण गराउनुभयो ।
छठपर्व नजिकिँदा बाँसका सामग्रीको बिक्री अत्यधिक
नेपालीहरुको महान् पर्व दसैँ सकिएसँगै सुनसरीका विभिन्न स्थानमा दीपावली र छठको चहलपहल बढेको छ । दीपावली आउन दुई हप्ता र छठ करिब तीन हप्ता बाँकी छदै बजारमा चाडपर्वको लागि किनमेल गर्नेहरु चहलपहल बढेको छ ।
माटोका भाँडा बेचेर मासिक ८० हजारसम्म आम्दानी
गाउँघरदेखि सहरबजारतिर माटोको भाँडाकुँडा प्रयोगमा कम आए पनि आफूले पुर्ख्याैली पेसा छोड्न नसकेको र यसबाट निराश हुने अवस्था नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी सबै परिवार माटोको भाँडा बनाउँछौँ, हाम्रा बाजेहरूले पहिलेदेखि बनाउँदै यही काम गर्दै आउनुभएको हो । पुख्र्यौली पेसा हो अहिले पनि यही भाडाँकुडा बनाएरै घरखर्च पुगेको छ, आम्दानीको स्रोत नै यही हो ।”
घट्दै भेडापालन व्यवसाय
एक दशकको अन्तरालमा धनकुटाबाट भेडा लोप हुने अवस्थामा पुगेको छ । आर्थिक वर्ष २०८०/८१ मा धनकुटामा भेडाको सङ्ख्या जम्मा १२८ मात्र रहेको पशु सेवा विज्ञ केन्द्र तथा भेटेरिनरी अस्पताल
दसैँमा २६ लाखको चामल बिक्री
ताप्लेजुङस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँको अवधिमा छब्बिस लाख रुपियाँ बढीको चामल बिक्री गरेको छ।
खेवाङ गोल्डकपको खेल तालिका सार्वजनिक
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ खेबाङमा आयोजना गर्न लागिएको खेवाङ गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ ।
ताप्लेजुङमा उत्कृष्ट प्रहरी पुरस्कृत
ताप्लेजुङ जिल्लामा कार्यरत उत्कृष्ट प्रहरीलाई पुरस्कृत गरिएको छ । बुधबार ६९ औँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालयले उत्कृष्ट काम गर्ने प्रहरी लगायतलाई पुरस्कृत तथा सम्मान गरेको हो ।
विद्यालयमा लेखा विषय हटाएको भन्दै स्थानीय विरोधमा
इनरुवा नगरपालिका-९ को सरस्वती माध्यमिक विद्यालयमा तीन दशकदेखि पढाई हुँदै आएको लेखा विषय हटाउने निर्णय भएपछि अभिभावकहरू त्यसको विरोधमा उत्रेका छन् ।
जङ्गली हात्तीको समूहद्वारा विद्यालय भवनमा क्षति
झापामा जङ्गली हात्तीहरुको समूहले बुद्धशान्ति गाउँपालिका वडा नं. २ मा रहेको जयपुर बोर्डिङ स्कुलको भवनमा क्षति पुर्याएको छ ।
पर्यटन प्रवर्द्धन गर्न बृहत् हतुवागढी महोत्सव
स्थानीय जातजातिको संस्कार र संस्कृतिको प्रचारप्रसारका साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कात्तिक ३ देखि १७ गतेसम्म बृहत् हतुवागढी महोत्सव हुने भएको छ ।
फेरि देखिन थाले सडकमा सहयोगापेक्षी
प्रदेश सरकारले कोशी प्रदेशलाई सडक मानव मुक्त क्षेत्र बनाउने अभियान सुरु गरेपछि सडक मानव देखिन छाडेको पूर्वपश्चिम राजमार्गमा पुनः सडकमा सहयोगापेक्षी देखिएका छन् । खास गरी पूर्वी मोरङको सुनझोडा पुलदेखि बेलबारी नगरपालिकाको पुरानो बेलबारी बजारसम्म केही सातायता सडक मानव देखिन थालेका हुन् । राजमार्गको यो क्षेत्रमा जङ्गल पर्छ । देखिएका सडक मानव सबै भारतीय नागरिक हुन् ।
सुरु भयो चराको आन्तरिक बसाइँसराइ
शरद ऋतुको सुरुवातसँगै चराहरूको आन्तरिक बसाइँसराइ सुरु भएको छ । चराको राजधानी मानिने कोशीटप्पु वन्यजन्तु आरक्षमा वर्षायाम सकिएसँगै चराको आन्तरिक बसाइँसराइ सुरु भएको हो ।
पाथीभरा क्याम्पसको नयाँ भवन निर्माण
ताप्लेजुङको सदरमुकाम फुङ्लिङस्थित पाथीभरा बहुमुखी क्याम्पसको नयाँ भवन निर्माण गरिएको छ । ह्युमन प्राक्टिस फाउन्डेसन (एचपिएफ) नामक संस्थाको सहयोगमा क्याम्पसको नयाँ पक्की शैक्षिक भवन निर्माण गरिएको हो ।
एकैदिन पन्ध्र सय भक्तजनले गरे पाथीभरा दर्शन
मङ्गलबार एक हजार पाँच सय भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) को दर्शन गरेका छन् ।
तास खेलिरहेका १२ जना पाँच लाख नगदसहित पक्राउ
झापाको एक होटलमा तास खेलाइरहेको सूचनाको आधारमा प्रहरीले पाँच लाख नगदसहित १२ जनालाई पक्राउ गरेको छ।
खोटाङमा बोलेरो दुर्घटना : ६ जना घाइते
खोटाङमा बोलेरो दुर्घटना भएको छ । रावाबेंसी गाउँपालिका–१ कुभिन्डेमा बोलेरो दुर्घटना हुँदा चालकसहित ८ जना यात्रु रहेको बोलेरोमा ६ जना घाइते भएका हुन् ।
तेह्र हजार आँखाका बिरामीको निःशुल्क परीक्षण
सुनसरी इटहरी उपमहानगरपालिकास्थित नवदृष्टि आँखा अस्पतालले एक वर्षमा १३ हजारभन्दा बढी आँखाका बिरामीलाई निःशुल्क परीक्षण गरेको छ । अस्पतालले तराईका विभिन्न जिल्ला र पूर्वी पहाडी जिल्लाका न्यून आय भएका आँखाका बिरामीलाई निःशुल्क उपचार गरेको अस्पतालका अध्यक्ष डा विजय गौतमले जानकारी दिनुभयो ।
चुलाचुलीमा हात्ती आक्रमणमा एकको मृत्यु
इलामको चुलाचुलीमा हात्ती आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा चुलाचुली गाउँपालिका–१ का ७३ वर्षीय राजकुमार राई रहनु भएको छ ।
खोटाङ केन्द्र भएर ४.३ म्याग्निच्युडको भूकम्प
खोटाङलाई केन्द्र बनाएर गए राति भूकम्प गएको छ । राति १० बजेर ३२ मिनेटमा खोटाङको रावाबेंसी गाउँपालिका–१ कुभिण्डे केन्द्र बनाएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
श्रीमतीको हत्या गर्ने चौहान पक्राउ
धारिलो हतियार घाटीमा प्रहार गरी श्रीमतीको हत्या गरी फरार रहेका वीरबहादुर चौहानलाई प्रहरीले पक्राउ गरेको छ ।
मेची-महाकाली उद्धार यात्रा : झापाबाट १० जनाको उद्धार
झापाको मेचीनगर–६ काँकरभिट्टास्थित मेची पुलबाट आज मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा आरम्भ भएको छ। यात्राका क्रममा झापाबाट १० जनाको उद्धार गरिएको छ।
मेची राजमार्ग खुलेसँगै पाथीभरामा तीर्थयात्री वृद्धि
अविरल वर्षापछि आएको बाढीपहिरोका कारण अवरुद्ध बनेको मेची राजमार्ग खुलेसँगै ताप्लेजुङस्थित पाथीभरामा तीर्थयात्री आउनेक्रम बढेको छ।