इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीको अवस्था बिग्रँदै गएकोमा राष्ट्रसङ्घको चिन्ता
गत अक्टोबरमा गाजामा इजरायली आक्रमण सुरु भएदेखि इजरायली हिरासतमा रहेका प्यालेस्टिनी नागरिकहरूको अवस्थामा नाजुक बन्दै गएको वर्णन गर्दै द्वन्द्वमा यौन हिंसा सम्बन्धी राष्ट्रसङ्घकी महासचिव तथा विशेष प्रतिनिधि प्रमीला प्याटनले ओएचसीएचआरसहित राष्ट्रसङ्घले हालै प्रकाशित प्रतिवेदन प्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ ।
इजरायली हमलामा ४० जनाको मृत्यु
प्यालेस्टिनी क्षेत्रको दक्षिणमा रहेको मानवीय क्षेत्रमा मङ्लबार भएको इजरायली हमलामा ४० जनाको मृत्यु हुनुका साथै ६० जना घाइते भएको गाजाको नागरिक सुरक्षा विभागले जनाएको छ । इजरायली सेनाले उक्त क्षेत्रको हमास कमाण्ड सेन्टरलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ ।
जातीय झडपपछि मणिपुरमा कर्फ्यु
भारतको उत्तरपूर्वी राज्य मणिपुरमा जारी जातीय झडपको पछिल्लो चरणमा भएको हत्याको निन्दा गर्दै निरन्तर प्रदर्शन गरेपछि मङ्लबार कर्फ्यु जारी गरिएको अधिकारीहरुले बताएका छन् ।
भियतनाममा यागी चक्रवातका कारण ६५ को मृत्यु, ३९ बेपत्ता
समाचार तयार पार्दासम्म भियतनामको उत्तरी क्षेत्रमा सुपर टाइफुन यागीसँगै आएको बाढी र पहिरोमा परी ६५ जनाको मृत्यु हुनुका साथै ३९ जना बेपत्ता भएको देशको कृषि तथा ग्रामीण विकास मन्त्रालयले जनाएको छ ।
७२ लाख शरणार्थी बालबालिका शिक्षाको पहुँचबाट वञ्चित
संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) ले विश्वव्यापी शरणार्थी शिक्षा र भर्नामा उल्लेखनीय प्रगति हासिल भएको तर अझैपनि विश्वका एक करोड ४८ लाख विद्यालय जाने उमेर पुगेका शरणार्थी बालबालिकामध्ये लगभग आधा विद्यालय जानबाट वञ्चित भएको जनाएको छ ।
१५ वर्षमा पहिलोपटक ट्रेड युनियनलाई सम्बोधन गर्ने बेलायती प्रधानमन्त्री स्टारमरको घोषणा
बेलायतका प्रधानमन्त्री कीर स्टारमर विगत १५ वर्षमा बेलायतको ट्रेड युनियनको वार्षिक बैठकलाई सम्बोधन गर्ने पहिलो बेलायती प्रधानमन्त्री बन्ने हुनुभएको छ ।
अस्ट्रेलियाले सामाजिक सञ्जाल प्रयोगका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानुन बनाउने
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बालबालिकालाई सुरक्षित राख्नका लागि सामाजिक सञ्जालको प्रयोगका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानुन बनाउने बताउनुभएको छ ।
व्यापारले मात्र अर्थतन्त्रहरूबीचको खाडल कम हुँदैन : डब्लुटिओ
विश्व व्यापार सङ्गठन (डब्लुटिओ) ले सोमबार धनी र विकासोन्मुख मुलुकहरूबीचको असमानता कम गर्न खुला व्यापार मात्र पर्याप्त नहुने बताएको छ । सङ्गठनले गरिब मुलुकलाई सहयोग गर्न थप आवश्यक रहेको बताएको छ ।
दुई वर्षमा युक्रेनमा बम विस्फोटबाट एक हजारभन्दा धेरैको मृत्यु
रुसले युद्ध सुरु गरेपछि युक्रेनमा क्लस्टर हतियारहरूबाट एक हजारभन्दा धेरै मानिस मारिएको वा घाइते भएको एउटा निरीक्षण संस्थाले सोमबार बताएको छ ।
स्पेनका प्रधानमन्त्री सान्चेज चीनमा, राष्ट्रपति सीसँग बेइजिङमा भेटवार्ता
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग सोमबार बेइजिङमा भेटवार्ता गर्नुभएको छ ।
शेख हसिनाको सुपुर्दगीको माग गर्दै बङ्गलादेश
बङ्गलादेशका अपदस्थ नेता शेख हसिनालाई छिमेकी भारतबाट स्वदेश फिर्ता गराउन सकिने बङ्गलादेशको युद्ध अपराध न्यायाधिकरणले जनाएको छ ।
जापानको कुल गार्हस्थ उत्पादनमा सामान्य कमी
जापान सरकारले कुल गार्हस्थ उत्पादन (जीडीपी) मा दोस्रो त्रैमासिकमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.९ प्रतिशतले गिरावट आएको छ ।
रूससँग संयुक्त सैन्य अभ्यास गर्ने चीनको घोषणा
चीनले यही सेप्टेम्बरमा रूससँग संयुक्त सैन्य अभ्यास गर्ने सोमबार जनाएको छ । नौसेना तथा वायु सेनाले रूसको तटमा रहेको जापानी सागर र ओखोत्स्कको सागर वरपरको आकाशमा संयुक्त अभ्यास–२०२४ मा भाग लिने चीनको रक्षा मन्त्रालयले जनाएको हो ।
इजरायलले सिरियामा गरेको आक्रमणमा १४ जनाको मृत्यु
सिरियाली सरकारी सञ्चारमाध्यमले सोमबार राती मध्य हामा प्रान्तमा इजरायली आक्रमण भएको र उक्त घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको जनाएका छन् ।
मेक्सिकोमा न्यायिक सुधारको प्रस्तावको विरोधमा प्रदर्शन
लोकप्रिय मतबाट न्यायाधीश चयन हुने विवादास्पद न्यायिक सुधार प्रस्तावको विरोधमा मेक्सिकोका हजारौँ नागरिकले आइतबार राजधानीमा प्रदर्शन गरेका छन् ।
भारतका रणधीर सिंह एसियाली ओलम्पिकको प्रमुखमा निर्वाचित
भारतका दिग्गज खेल प्रशासक रणधीर सिंह आइतबार नयाँदिल्लीमा ओलम्पिक काउन्सिल अफ एसियाको अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
पूर्वी युक्रेनको नोवोरोडिभ्का नगर रूसी कब्जामा
रूसी सेनाले आइतबार पूर्वी युक्रेनको एक नगर कब्जामा लिएको जनाएको छ । रूसी सेना रणनीतिक शहर पोक्रोभ्स्कलाई आफ्नो नियन्त्रणमा लिन अघि बढिरहेको छ ।
स्पेनले भेनेजुएलाका विपक्षी नेता उरुटियालाई शरण दिने
भेनेजुएलामा एक महिनाको भूमिगत जीवनपछि स्पेनमा निर्वासनमा रहेका भेनेजुएलाका विपक्षी नेता एडमण्डो गोन्जालेज उरुटियालाई मड्रिडले आइतबार राजनीतिक शरण दिने घोषणा गरेको छ ।
भियतनाममा आँधीका कारण नौ जनाको मृत्यु
दक्षिणी चीन र फिलिपिन्समा आएको यागी नाम दिइएको आँधीका कारण भएका विभिन्न दुर्घटनामा भियतनाममा आइतबारसम्ममा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।
ग्रीसद्वारा आर्थिक सङ्कटको व्यवस्थापनका लागि नयाँ योजना सार्वजनिक
ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले नागरिकको क्रयशक्ति बढाउन र देशको आवास सङ्कटसँग जुध्न नयाँ नीतिको घोषणा गर्नुभएको छ ।
युक्रेन र मध्यपूर्वबारे छलफल गर्न अमेरिकी विदेशमन्त्री ब्लिन्केन बेलायत जाने
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन मध्यपूर्व र युक्रेनबारे छलफल गर्न अर्को साता लण्डन जानुहुने भएको छ ।
उरूटिया शरण लिन स्पेन गएको भेनेजुएला सरकारको दाबी
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको जुलाई २८ मा भएको पुनः निर्वाचनमा धाँधली भएको भनी विरोध गर्दै आएका विपक्षी उम्मेदवार एडमण्डो गोन्जालेज उरुटियाले स्पेनमा शरण लिन देश छोडेको भेनेजुएला सरकारले शनिबार जनाएको छ ।
गाजामा कुपोषणका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो
गाजापट्टीको दक्षिणी क्षेत्र खान युनिसमा शनिबार दिउँसो एक प्यालेस्टिनी बालिकाको कुपोषण र उपचारको अभावका कारण मृत्यु भएसँगै कुपोषणका कारण मृत्यु हुने बालबालिकाको सङ्ख्या ३७ पुगेको छ ।
नासाद्वारा मङ्गल ग्रहमा नयाँ मिसनमा ढिलाइ
नासाले शुक्रबार मङ्गल ग्रहमा आफ्नो नयाँ वैज्ञानिक मिसन ‘एस्केपेड’ (एस्केप एण्ड प्लाज्मा एक्सेलेरेसन एन्ड डाइनामिक्स एक्सप्लोरर) सुरु गर्न ढिलाइ हुने जानकारी गराएको छ ।