• १० मंसिर २०८१, सोमबार

युक्रेनको खार्किभमा भएको रूसी हमलामा चार जनाको मृत्यु

blog

युक्रेन, कात्तिक १३ गते । युक्रेनको दोस्रो सहर खार्किभको आवासीय क्वार्टरमा मङ्गलबार भएको रूसी हमलामा कम्तीमा चार जनाको मृत्यु भएको खार्किभका मेयर “इगोर टेरेखोभले बताउनुभएको छ ।

उहाँले टेलिग्राम मार्फत घटनाको जानकारी गराउँदै हमलामा मानवीय क्षति हुनुका साथै  घरहरू क्षतिग्रस्त भएको उल्लेख गर्नुभएको छ ।

खार्किभ रूसी सीमाबाट करिब ३० किलोमिटर टाढा अवस्थित छ जसलाई साढे दुई वर्षको युद्धमा रूसी हवाई आक्रमणले ध्वस्त पारेको छ ।

सोमबार भएको रूसी हमलाले डेरजप्रोम भवनलाई क्षति पुर्‍य ाएको थियो जुन सोभियत युगको प्रारम्भिक आधुनिकतावादी भवन हो ।

स्रोतका अनुसार आक्रमणमा कम्तीमा छ जना घाइते भएका छन् भने एउटा स्वास्थ्य संस्थामा पनि क्षति पुगेको छ । रासस/एएफपी