• १२ कात्तिक २०८१, सोमबार

अस्ट्रेलियामा मानव शोषणविरुद्ध लड्न विशेष सङ्घीय प्रहरी परिचालन

blog

अस्ट्रेलियामा मानव शोषणविरुद्ध लड्न परिचालन गरिएको विशेष सङ्घीय प्रहरी ।

क्यानबेरा, कात्तिक १२ गते । बढ्दो मानव बेचबिखन र शोषणविरुद्ध लड्न अस्ट्रेलियाली सङ्घीय प्रहरी (एएफपी) का विशेष अधिकारीहरूलाई देशभरका समुदायहरूमा खटाइएको छ ।

नयाँ मानव शोषण सामुदायिक अधिकारीहरूले मानव बेचबिखन र अनलाइन बाल यौन शोषण रोक्नका लागि जोखिममा परेका समुदायहरूलाई लक्षित शिक्षा प्रदान गर्ने एएफपीले जनाएको छ ।

दासत्व, जबरजस्ती विवाह र जबरजस्ती श्रमसहित मानव बेचबिखनका ३८२ वटा घटनाहरू थिए । जुन ३० मा समाप्त भएको आर्थिक वर्ष २०२३–२४ मा ३४० भन्दा बढी रिपोर्ट गरिएको थियो ।

एएफपीको नेतृत्वमा रहेको अस्ट्रेलियन सेन्टर टु काउन्टर चाइल्ड एक्सप्लोइटेसनलाई अनलाइन बाल यौनशोषणको रिपोर्टले २०२२–२३ मा ४० हजार २३२ र २०२३–२४ मा ५८ हजार पाँच सयभन्दा बढी शोषणमा परेको बताएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल