युक्रेनलाई हतियार दिने बाइडेनको निर्णयपछि पुटिनद्वारा नयाँ रुसी आणविक सिद्धान्तमा हस्ताक्षर
राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार एक संशोधित आणविक सिद्धान्तमा हस्ताक्षर गर्दै आणविक शक्तिद्वारा समर्थित कुनै पनि राष्ट्रले रुसमाथि गरेको परम्परागत आक्रमणलाई उहाँको देशमाथि संयुक्त आक्रमण मानिने घोषणा गर्नुभएको छ ।
लेबनानमा दुई महिनाभन्दा कम समयमा दुई सय भन्दा बढी बालबालिकाको मृत्यु : राष्ट्रसङ्घ
इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा गरेको आक्रमणमा दुई महिना भन्दा कम समयमा दुई सय भन्दा बढी बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ ।
युक्रेनमा पुनः रूसी हमला सातजनाको मृत्यु
सुमीको पूर्वी युक्रेनी क्षेत्रमा भएको रुसी हमलामा एक जना बालकसहित सातको मृत्यु भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मङ्गलबार बताउनु भएको छ ।
युद्धविराम वार्ताका लागि अमेरिकी विशेष दूत अमोस होचस्टेन लेबनानमा
अमेरिकी विशेष दूत अमोस होचस्टेन अधिकारीहरूसँग युद्धविराम वार्ताका लागि मङ्गलबार लेबनान आइ पुग्नु भएको छ ।
पाकिस्तानमा भएको आक्रमणमा आठ जना सैनिकको मृत्यु, सात प्रहरी अपहरण
उत्तरपश्चिम पाकिस्तानमा भएको आक्रमणमा आठ जना सैनिकको मृत्यु हुनुका साथै सात जना प्रहरी अपहरणमा परेको प्रहरी तथा गुप्तचर अधिकारीलाई उदृत गर्दै एएफपीले मङ्गलबार जनाएको छ ।
जी –२० नेताहरूद्वारा प्रमुख चुनौती र सङ्कटलाई तत्काल सम्बोधन गर्न आह्वान
जी–२० नेताहरूले प्रमुख भूराजनीतिक, सामाजिक आर्थिक, जलवायु र वातावरणीय चुनौतीहरू तथा सङ्कटलाई तत्काल सम्बोधन गर्न मङ्गलबार जारी जी–२० रियो दी जेनेरियो घोषणापत्र मार्फत आह्वान गरेका छन् ।
नाइजेरिया र भारत आर्थिक, रक्षा सम्बन्ध बढाउन सहमत
नाइजेरिया र भारतले आर्थिक विकास, रक्षा, स्वास्थ्य सेवा र खाद्य सुरक्षालगायतका प्रमुख क्षेत्रहरूमा सम्बन्ध सुदृढ गर्ने प्रीतबद्धता गर्दै बलियो रणनीतिक साझेदारी निर्माण गर्न सहमत भएका छन् ।
अमेरिका र फिलिपिन्सद्वारा सैन्य जानकारी आदान प्रदान गर्ने सम्झौता
अमेरिका र फिलिपिन्सका रक्षा प्रमुखहरुले सोमबार वर्गीकृत सैन्य सूचना र प्रविधि आदान प्रदान गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् ।
रूसविरूद्ध लामो दूरीको क्षेप्यास्त्र प्रयोग गर्न स्वीकृति
अमेरिकी राष्ट्रपति जो बाइडेनले किएभलाई रुसमा लामो दूरीका अमेरिकी क्षेप्यास्त्र (मिसाइलहरू) प्रयोग गर्न स्वीकृति दिनुभएको छ ।
बेरुतमा भएको इजरायली हमलामा हिजबुल्लाह अधिकारीसहित छ जनाको मृत्यु
मध्य बेरुतमा आइतबार भएको दुई इजरायली आक्रमणमा छ जनाको मृत्यु भएको लेबनानले जनाएको छ । हिज्बुल्लाहले मृतक मध्यमा आफ्ना प्रवक्ता समेतरहेको पुष्टि गरेको छ ।
श्रीलङ्कामा नयाँ मन्त्रिपरिषदद्वारा शपथ ग्रहण
श्रीलङ्काको कोलम्बोस्थित राष्ट्रपति सचिवालयमा सोमबार नव गठित मन्त्रिपरिषदमा समावेश मन्त्रीहरूले राष्ट्रपति अनुरा कुमार दिसानायके समक्ष शपथ लिएका छन् ।
जलवायु वार्तामा गतिरोध तोड्न जी–२० मा आशा
राष्ट्रहरू सोमबार गतिरोधमा परेको संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्तामा फर्किँदैछन् । संसारको अर्को छेउमा भेला भएका जी–२० नेताहरूले गरिब देशहरूका लागि सम्झौतामा समर्थन जुटाउने आशा गरिएको छ ।
नेपाल–चीनको जनस्तरमा सम्बन्ध विस्तार : नेता पोखरेल
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल र चीनबिच अनेक ऐतिहासिक, गहिरो र मैत्रीपूर्ण सम्बन्ध रहेको बताउनुभएको छ ।
प्रदूषणका कारण भारतको राजधानीमा विद्यालय बन्द
भारतको राजधानी नयाँदिल्लीले बढ्दो विषाक्त धुवाँका कारण सोमबारदेखि अर्को सूचना नहुँदासम्म विद्यालयहरूलाई अनलाइन कक्षामा रूपान्तरण गरेको छ ।
बङ्गलादेशको विशेष न्यायाधिकरणले पदच्युत पूर्वप्रधानमन्त्री हसिनालाई पक्राउ गर्ने कदमबारे प्रहरीको प्रगति सुन्ने
बङ्गलादेशको विशेष न्यायाधिकरणले सोमबार देशका सुरक्षा निकायहरूले पदच्युत पूर्वप्रधानमन्त्री शेख हसिना र उहाँका नजिकका सहयोगीहरूलाई पक्राउ गर्न के–के गरेका छन् भन्ने बारेमा अपडेट सुन्नेछ ।
साउदी अरेबियामा एक सय बढी विदेशीलाई मृत्युदण्ड
साउदी अरेबियाले यस वर्ष एक सयभन्दा बढी विदेशीलाई मृत्युदण्ड दिएको एएफपीको तथ्याङ्कले जनाएको छ । यो सङ्ख्याले तीव्र वृद्धिलाई सङ्केत गरेको छ र यसलाई एक अधिकार समूहले अभूतपूर्व बताएको छ ।
भारतद्वारा हाइपरसोनिक मिसाइल प्रक्षेपण
आणविक शक्ति सम्पन्न भारतले आफ्नो पहिलो हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षण गरेको छ ।
बङ्गलादेशको सेनालाई प्रदत्त न्यायिक अधिकार थप दुई महिनाका लागि बिस्तार
बङ्गलादेशको अन्तरिम सरकारले पूर्वनेता शेख हसिनालाई अपदस्थ गर्ने अगस्तमा भएको आन्दोलनपछि सशस्त्र बललाई प्रदान गरिएकोे न्यायिक अधिकारलाई विस्तार गरेको छ ।
लेबनानी सरकारको युद्धविरामको समर्थन
इरान लेबनानी सरकारद्वारा लिइएको कुनै पनि निर्णयलाई समर्थन गर्ने इरानी अधिकारीले बताएका छन् । सुरक्षा परिषद्को प्रस्ताव १७०१ को कार्यान्वयनको समर्थन गर्ने इरानका सर्वोच्च नेता अली खामेनीका वरिष्ठ सल्लाहकार अली लारिजानीले बताउनुभयो ।
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी वर्ष ‘कूटनीतिक माध्यमबाट’ रूससँगको युद्ध अन्त्य गर्न चाहेको बताउनुभएको छ।
अफगानिस्तानमा सवारी दुर्घटना हुदाँ आठ जनाको मृत्यु
उत्तरी अफगानिस्तानको बदख्सान प्रान्तको कोक्चा नदीमा यात्रु वहाक गाडी खसेर दुर्घटना हुँदा महिला तथा बालबालिकासहित आठ जनाको मृत्यु भएको स्थानीय अधिकारीले शनिबार बताएका छन् ।
डढेलोको खतराका कारण अस्ट्रेलियामा सहरहरू खाली गर्न आदेश
दक्षिणपूर्वी अस्ट्रेलियाली सहरका बासिन्दाहरूलाई सम्भावित डढेलो (बुशफायर) को जोखिमका कारण वासस्थान खाली गर्न आदेश दिइएको छ ।
इजरायली निकासी आदेश पछि दक्षिण बेरुतमा पुनः आक्रमण
इजरायली सेनाले निकासी आदेश जारी गरेको केही समय पछि लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरमा शनिबार पुनः आक्रमण भएको एएफपिटिभीले जनाएको छ ।
रुसद्वारा अमेरिकामा युरेनियम निर्यात प्रतिबन्ध
रुसले संयुक्त राज्य अमेरिकामा युरेनियम निर्यातमा अस्थायी प्रतिबन्ध लगाएको रुसी सरकारले जनाएको छ ।