उत्तर कोरियाद्वारा रूससँग गरेको सुरक्षा सम्झौता अनुमोदन
उत्तर कोरियाले रुससँग गरेको ऐतिहासिक सुरक्षा सम्झौता अनुमोदन गरेको छ । यसले सुरक्षा सहयोगलाई अझ प्रगाढ बनाएको छ । यसै सम्झौताका आधारमा प्योङयाङले मस्कोलाई युक्रेनविरुद्ध लड्न मद्दत गर्न हजारौं सैनिक पठाएको हो ।
रूबियोलाई विदेशमन्त्री बनाउने ट्रम्पको तयारी
नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाका सिनेटर मार्को रुबियोलाई विदेशमन्त्रीमा नियुक्त गर्ने तयारी गर्नुभएको छ ।
श्रीलङ्काको वामपन्थी दल संसदमा बहुमत ल्याउने कसरतमा
श्रीलङ्काका नयाँ वामपन्थी नेताले बिहीबार हुने निर्वाचनमा आफ्ना तीन संसदीय सिटलाई सदनको बहुमतमा पुर्याउने प्रयास गर्दै गर्दा बलियो समर्थन प्राप्त हुने देखिएको छ ।
जापानले ३० को दशकमा जैविक इन्धनयुक्त नयाँ कार ल्याउने
जापानले सन् २०३० को दशकको सुरुमा सबै नयाँ यात्रुवाहक कारलाई जैविक इन्धनयुक्त बनाउन कार निर्माताहरूलाई प्रोत्साहित गर्ने योजना अघि सारेको छ ।
नेपाल र भारतको सम्बन्ध बहुआयामिक छ : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल–भारतको सम्बन्ध भौगोलिकसँगै सांस्कृतिक, सामाजिक, शैक्षिकलगायत बहुआयामिका रूपमा प्रगाढ रहँदै आएको बताउनुभएको छ ।
राष्ट्रपति पौडेल र महासचिव गुटेरेसबिच भेट
राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेट भएको छ ।
भारतीय प्रशिक्षक गम्भीरद्वारा रोहित र कोहलीको समर्थन
भारतीय प्रशिक्षक गौतम गम्भीरले सोमबार रोहित शर्मा र विराट कोहलीलाई ‘अविश्वसनीय रूपमा कडा व्यक्ति’ भन्दै आलोचकहरूलाई गलत साबित गर्न र अस्ट्रेलियामा फर्म हासिल गर्न सक्षम रहेको बताउनुभएको छ ।
अमेरिकाको टस्केगी विश्वविद्यालयमा गोली चल्दा एकको मृत्यु, १६ घाइते
अमेरिकाको अलाबामा राज्यको टस्केगी विश्वविद्यालयमा गोली चल्दा एक जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएका छन् ।
कोप–२९ सम्मेलन अजरबैजानमा सुरु
बढ्दो जलवायु चुनौतीको सम्बोधन गर्ने उद्देश्यले अजरबैजानको राजधानी बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र फ्रेमवर्क कन्भेन्सन (कोप–२९) सम्मेलन सोमबारदेखि सुरु भएको छ ।
ट्रम्पद्वारा आप्रवासन अधिकारी टम होमनलाई ‘बोर्डर जार’ का रूपमा घोषणा
अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले आइतबार आगामी प्रशासनमा देशको सिमानाको निरीक्षण गर्न कट्टर आप्रवासन अधिकारी टम होमनलाई फिर्ता ल्याउने बताउनुभएको छ ।
रुसी आक्रमणमा ६ जनाको मृत्यु भएपछि युक्रेनद्वारा हवाई सतर्कता जारी
देशको दक्षिणी भागमा रुसी आक्रमणबाट कम्तीमा छ जनाको मृत्यु भएपछि युक्रेनी अधिकारीहरूले देशको अधिकांश भागमा हवाई आक्रमणको सतर्कता जारी गरेका छन् ।
आजबाट कोप–२९ सुरुः नेपालले दिँदै जलवायुजन्य जोखिमका उदाहरण
गत साउन ३२ गतेको दिउँसो, सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा अचानक लेदोसहितको बाढी आयो । स्थानीयले एक्कासी बाढी आउला भन्ने सोचेकै थिएनन् । हेर्दाहेर्दै क्षणभरको बाढीले थामे गाउँ बगरमा परिणत भयो ।
बिटकोइन पहिलो पटक ८० हजार डलर पुग्यो
व्यापारीहरूले डोनाल्ड ट्रम्पको ह्वाइट हाउसमा फर्काइ क्रिप्टोकरेन्सीका लागि राम्रो हुने अनुमान गरेसँगै बिटकोइन आइतबार नयाँ रेकर्ड उच्चस्तरमा पुगेको छ ।
अमेरिकी लडाकु विमानद्वारा यमनमा आक्रमण
अमेरिकी लडाकु विमानले यमनी हुथी समूहको अत्याधुनिक हतियार भण्डारण केन्द्रमा शनिबार राति थुप्रै आक्रमण गरेको पेन्टागनले जनाएको छ। हुथी समूह यमनमा सक्रिय रहेको इरान समर्थित विद्रोही समूह हो ।
पाकिस्तान रेलवे स्टेशनमा विस्फोट हुदाँ मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो
दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको एक रेलवे स्टेशनमा पाकिस्तानी पृथकतावादीहरूले दाबी गरेको बम आक्रमणमा १४ सैनिकसहित २६ जनाको मृत्यु भएको प्रहरीले शनिबार जनाएको छ।
इराकका प्रधानमन्त्रीद्वारा ट्रम्पलाई मध्यपूर्वको युद्ध अन्त्यका लागि काम गर्न आग्रह
इराकका प्रधानमन्त्री मोहम्मद सिया अल–सुदानीले नव निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोन वार्ता गर्दै मध्यपूर्वमा “युद्ध अन्त्यका लागि काम गर्ने आग्रह गर्नु भएको छ ।
गाजा युद्धमा मृत्यु भएका मध्ये ७० प्रतिशत महिला तथा बालबालिका
संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयले इजरायल र गाजामा सन् २०२३ अक्टोबर ७ बाट बाहिर आएको डरलाग्दो वास्तविकताको विवरण दिने एक प्रतिवेदन प्रकाशित गरेको छ ।
भारी वर्षाका कारण जापानमा आपत्कालीन चेतावनी जारी
जापानी मौसम विज्ञान विभागले कागोसिमा र ओकिनावामा भारी वर्षाको कारण देखाउँदै शनिबार आपत्कालीन चेतावनी जारी गरेको छ ।
गाजा पट्टी पूर्ण रूपमा नष्ट क्षेत्रमा परिणत
इजरायली सेनाले अन्तर्राष्ट्रिय मानवीय कानुनको मापदण्ड पालना नगरेको औँल्याउँदै कब्जा गरिएका प्यालेस्टिनी क्षेत्रहरू पूर्ण रूपमा नष्ट क्षेत्रमा परिणत भएको संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयका निर्देशक अजित सुङ्गाईले शुक्रबार बताउनुभएको छ ।
इजरायली हवाई आक्रमणमा तीन जनाको मृत्यु, ३० घाइते
इजरायली हवाई आक्रमणमा शुक्रबार राति दक्षिणपश्चिमी लेबनानी सहर टायरमा तीन जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते भएको लेबनानी सेना स्रोत र स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट हुँदा १७ जनाको मृत्यु
पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा रेलवे स्टेसनमा शनिबार भएको विस्फोटमा परी कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको प्रहरी तथा चिकित्सकले बताएका छन् ।
ह्वाइट हाउसको ‘चिफ अफ स्टाफ’ मा विल्सको चयनसँगै ट्रम्पको पहिलो नियुक्ति
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिमा निर्णायक विजय हासिल गरेपछि बिहीबार मन्त्रिमण्डलका पहिलो सदस्यको नियुक्तिको घोषणा गर्नुभएको छ ।
युक्रेनी अपार्टमेन्टमा भएको रूसी आक्रमणमा परी २५ जना घाइते
युक्रेनी सहर खार्किभको एउटा अपार्टमेन्टमा भएको रूसी क्षेप्यास्त्र प्रहारबाट कम्तीमा २५ जना घाइते भएका छन् ।
इजरायली फुटबल समर्थकको उद्धारका लागि विमान पठाइयो
एम्स्टर्डममा भएको झडपमा इजरायली फुटबल समर्थक घाइते भएपछि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शुक्रबार दुईवटा उद्धार विमान नेदरल्याण्ड्स पठाउने निर्देशन दिनुभएको छ ।