दक्षिण अफ्रिकाद्वारा गाजामा युद्धविरामको आदेश दिन अन्तर्राष्ट्रिय न्यायालयलाई आग्रह
दक्षिण अफ्रिकाले अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे) समक्ष इजरायललाई प्यालेस्टिनीहरू विरुद्धको नरसंहारको आरोप लगाएको मुद्दाअन्तर्गत रफाहमा भएको आक्रमण रोक्ने आदेश दिन आग्रह गरेको अल जजिराले बिहीबार रिपोर्ट गरेको छ ।
रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन् : राष्ट्रपति पुटिन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबिचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी र चिनियाँबिच ‘सदाका लागि भाइचारा’ रहेको बताउनुभएको रुसी समाचार एजेन्सी तासले जनाएको छ ।
एक सयभन्दा बढी युक्रेनी ड्रोन रोकेको रुसको दाबी
रुसको मस्कोस्थित रक्षामन्त्रालयले गए राति दक्षिणी क्षेत्रमा एक सयभन्दा बढी युक्रेनी ड्रोन रोकेको दाबी गरेको छ ।
अस्ट्रेलियाले एएफसी महिला एसियाली कप २०२६ को आयोजना गर्ने
फुटबल अस्ट्रेलिया (एफए) ले सन् २०२६ को एसियाली फुटबल कन्फेडेरेसन (एएफसी) महिला एसियाली कपको आयोजना गर्ने अधिकार पाएकामा खुसीयाली मनाएको छ ।
बेलायतमा बालबालिकाका लागि यौन शिक्षामा प्रतिबन्ध लगाइने
बिहीबार प्रकाशित हुने नयाँ सरकारी प्रस्तावअनुसार इङ्गल्यान्डका विद्यालयहरूमा नौ वर्षभन्दा कम उमेरका बालबालिकालाई यौन शिक्षा र लिङ्ग पहिचान शिक्षामाथि प्रतिबन्ध लगाइने भएको छ ।
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य : प्रधानमन्त्री मोदी
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै प्रधानमन्त्री फिकोको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
राष्ट्रपति पुटिन चीन भ्रमणमा
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुईदिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र बेइजिङबिचको सम्बन्ध प्रगाढ बनाउन उहाँ बिहीबार बिहान यहाँ आइपुग्नुभएको हो ।
वृद्धवृद्धाको सङ्ख्या बढ्दै जाँदा इटालीमा घट्दै युवाको सङ्ख्या
इटालीमा युवा वयस्कहरूको सङ्ख्या पछिल्लो दुई दशकमा तीव्र रूपमा घटेको छ । देशमा वृद्ध व्यक्तिहरूको सङ्ख्या भने बढेको छ ।
डढेलोबाट पश्चिमी क्यानडामा छ हजारभन्दा बढी विस्थापित
क्यानडाको पश्चिमी प्रान्त अल्बर्टामा भीषण डढेलोका कारण छ हजार छ सय बासिन्दालाई विस्थापित गरिएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार जानकारी दिएका छन् ।
युक्रेन सङ्कटको वार्ताका लागि खुला रहेको पुटिनको भनाइ
युक्रेन सङ्कटको राजनीतिक समाधानार्थ वार्ताका लागि चीनको प्रयासबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनको स्थितिमा सकारात्मक धारणा व्यक्त गर्नुभएको छ ।
क्रुज जहाजमार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसामुक्त प्रवेश अनुमति
चीनले बुधबार समुद्री तटमा रहेका सबै क्रुज जहाज बन्दरगाहहरू हुँदै भित्रिने विदेशी पर्यटकलाई भिसा–मुक्त प्रवेशको अनुमति दिने नीति लागू गरेको छ ।
२०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति ३ प्रतिशतभन्दा कम हुने अनुमान
अस्ट्रेलियाको मुद्रास्फीति दर २०२४ को अन्त्यसम्ममा ३ प्रतिशतभन्दा कम हुने अनुमान गरिएको छ । ट्रेजरीले जारी गरेको प्रक्षेपण अनुसार मुद्रास्फीति डिसेम्बरसम्म २.७५ प्रतिशत र २०२५ को अन्त्यसम्ममा २.५ प्रतिशतमा झर्नेछ ।
भारतको खुद्रा मुद्रास्फीति ४.८३ प्रतिशतमा घट्यो
भारतको खुद्रा मुद्रास्फीति अप्रिलमा ४.८३ प्रतिशतमा घटेको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ ।
रुसले युक्रेनमा आक्रमण बढाउँदा पाँच हजार सात सयलाई सुरक्षित स्थानमा सारियो
युक्रेनमा तनाव बढ्दै जाँदा रुसले खार्किभ क्षेत्रमा आफ्नो स्थल आक्रमण विस्तार गरेको छ । मोर्चालाई फराकिलो बनाउने र युक्रेनको रक्षा फौजलाई दबाब दिने प्रयासमा नयाँ क्षेत्रहरूलाई लक्षित गरी रुसले आक्रमण गरेको अल जजिराले यस क्षेत्रका गभर्नरलाई उद्धृत गर्दै बताएको छ ।
विषादीको बढ्दो प्रयोगप्रति ‘एफएओ’ चिन्तित
बोत्सवानामा संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले कीरा, झार र रोगहरू व्यवस्थापन गर्न कीटनाशकहरूको व्यापक प्रयोगले इकोसिस्टम स्वास्थ्यका लागि आवश्यक प्रजातिहरूलाई हानि पुर्याउन सक्ने चिन्ता व्यक्त गरेको छ ।
अफगानिस्तानमा ४० हजार बालबालिका घरबारविहीन
उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा शुक्रबार बाढीका कारण झण्डै ४० हजार बालबालिकाले आफ्नो घर गुमाएको परोपकारी संस्था ‘सेभ द चिल्ड्रेन’ले जनाएको छ ।
भारतमा आँधीका कारण १४ जनाको मृत्यु
भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति आएको विशाल आँधीबेहरी र वर्षाका कारण कम्तिमा १४ जनाको मृत्यु हुनुका साथै करिब ७५ जना घाइते भएका छन् ।
सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान
अस्ट्रेलियाको मुद्रास्फीति दर सन् २०२४ को अन्त्यसम्ममा केन्द्रीय बैंकको लक्ष्य ब्यान्डमा फर्किने सरकारको प्रक्षेपण छ ।
भारतको जयपुरका विद्यालयमा बम विस्फोट गराउने धम्की
पश्चिमी भारतको जयपुर सहरमा कम्तीमा चार विद्यालयमा सोमबार बमको धम्की आएको छ । धम्कीपछि विद्यालय प्रशासनले विद्यार्थीहरू बाहिर निकालेको छ भने प्रहरीलाई बोलाएको छ ।
केजरीवाललाई मुख्यमन्त्री पदबाट हटाउन माग गरेको अपिल खारेज
सर्वोच्च अदालतले सोमबार दिल्लीको उत्पादन शुल्क नीतिसँग सम्बन्धित मनी लान्ड्रिङ मामिलामा प्रवर्तन निर्देशालय (इडी) ले पक्राउ गरेको कारण अरविन्द केजरीवाललाई दिल्लीको मुख्यमन्त्रीको पदबाट हटाउन माग गरिएको अपिल खारेज गरेको छ ।
श्रीलङ्काका पूर्वराष्ट्रपति सिरिसेनाद्वारा एसएलएफपीको अध्यक्ष पदबाट राजीनामा
श्रीलङ्काका पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेनाले श्रीलङ्का फ्रिडम पार्टी (एसएलएफपी) को अध्यक्ष पदबाट राजीनामा दिनुभएको छ । उहाँले मन्त्री विजयदास राजापक्षेलाई आफ्नो स्थानमा नियुक्त गर्नुभएको छ ।
इराकद्वारा २०२५ को अन्त्यसम्ममा ‘संयुक्त राष्ट्रसङ्घको सहायता अभियान’ अन्त्य गर्न आह्वान
इराकले सन् २०२५ को अन्त्यसम्ममा इराकका लागि संयुक्त राष्ट्रसङ्घीय सहयोग मिसन (युएनएएमआई) को सञ्चालन समाप्त गर्न अनुरोध गरेको छ ।
जापानले ७७ प्रतिशत कोभिड १९ को मौखिक औषधी नष्ट गर्दै
जापानले खरिद गरेको कोभिड–१९ मौखिक औषधीको ७७ प्रतिशत प्रयोग नगरी नष्ट गर्ने तयारी गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
इजरायली सेनाद्वारा गाजा जानका लागि नयाँ क्रसिङ खोल्ने घोषणा
इजरायली सेनाले आइतबार प्रभावित गाजापट्टीमा मानवीय सहायता लैजानका लागि नयाँ क्रसिङ खोल्ने घोषणा गरेको छ ।