दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा प्रहरीको छापा
दक्षिण कोरियाली राष्ट्रपति यून सुक योलले सैनिक शासनको घोषणा गरेको विषयमा अनुसन्धान तीव्र रुपमा भइरहेकाबेला प्रहरीले बुधबार उहाँको कार्यालयमा छापा मारेको छ।
चिनियाँ ह्याकर खोज्नेलाई एक करोड डलर पुरस्कार दिने अमेरिकाको घोषणा
संयुक्त राज्य अमेरिकाले मङ्गलबार कम्प्युटर फायरवाल ह्याक गरेको आरोपमा एक चिनियाँ व्यक्ति र उनका सह–षड्यन्त्रकारीको गिरफ्तारीका लागि सूचना दिनेलाई एक करोड डलर पुरस्कारको प्रस्ताव गरेको छ ।
दक्षिण कोरियाका पूर्व रक्षामन्त्रीद्वारा आत्महत्या प्रयास
दक्षिण कोरियाका पूर्व रक्षामन्त्रीले यस महिनाको मार्सल ल अपरेसनमा उहाँको भूमिकाका लागि औपचारिक रूपमा गिरफ्तार हुनुभन्दा केही समयअघि आत्महत्या गर्ने प्रयास गरेको कारागारका एक वरिष्ठ अधिकारीले बुधबार बताएका छन् ।
युक्रेन शान्ति वार्ता यसै हिउँदमा : पोल्यान्डका प्रधानमन्त्री
पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले मङ्गलबार युक्रेनमा रुसको युद्ध अन्त्य गर्न शान्ति वार्ता यसै हिउँदमा सुरु हुनसक्ने बताउनुभएको छ । आफ्नो छिमेकी युक्रेनको दृढ समर्थक रहनुभएका टस्कले अर्को महिना युरोपेली सङ्घ (इयु) को अध्यक्षता सम्हाल्दै हुनुहुन्छ ।
आपत्कालीन शल्यक्रियापछि ब्राजिलका राष्ट्रपति लुला ‘स्थिर’
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा ‘इन्ट्राक्रानियल हेमरेज’ को आपत्कालीन शल्यक्रियापछि ‘स्थिर’ अवस्थामा रहनुभएको र अर्को हप्ता अस्पताल छोड्न सक्ने उहाँका चिकित्सकहरूले मङ्गलबार बताएका छन् ।
कतार सिरियाली इस्लामिक समूह एचटिएससँग सम्पर्कमा
कतारी अधिकारीहरू सिरियाली राष्ट्रपति बशर अल-असदको निष्कासनको नेतृत्व गर्ने इस्लामिक समूह हयात ताहरिर अल-शाम (एचटिएस) र सिरियाका अन्य समूहहरूसँग सम्पर्कमा रहेको एक अधिकारीले घटनाक्रमको बारेमा जानकारी दिएका छन् ।
भारतले सन् २०२६ देखि स्थानीय-मात्र सौर्य ऊर्जा सामग्रीहरू अनिवार्य गर्ने
चिनियाँ आयात घटाउने उद्देश्यले सरकारी आदेशअनुसार भारतीय स्वच्छ ऊर्जा कम्पनीहरूले सन् २०२६ जुनदेखि स्थानीयरूपमा निर्मित सौर्य मोड्युलहरु मात्र प्रयोग गर्न सक्नेछन् ।
सुडानी सेनाको हवाई आक्रमणमा १०० भन्दा बढी व्यक्तिको मृत्यु
उत्तरी डार्फरको बजारमा सोमबार सुडानी सेनाको हवाई आक्रमणमा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको एक प्रजातन्त्र समर्थक वकिलहरूको समूहले जनाएको छ ।
जापान सन् २०४० सम्ममा नवीकरणीय ऊर्जाको सबैभन्दा ठुलो स्रोत बन्ने
जापान सरकारले सन् २०४० सम्ममा सौर्य र वायु जस्ता नवीकरणीय ऊर्जा स्रोतहरूलाई देशको सबैभन्दा ठुलो ऊर्जा स्रोत बनाउने लक्ष्य लिएको छ ।
सिङ्गापुरको तापक्रम ३६ डिग्री नाघ्यो
नोभेम्बर सन् २०२४ सिङ्गापुरको मौसमको लागि कीर्तिमान तोड्ने महिना साबित भएको छ । यहाँ नोभेम्बरमा औसत ४१९ दशमलव ० मिलिमिटर वर्षा भएको राष्ट्रिय वातावरण एजेन्सी (एनइए) ले घोषणा गरेको छ ।
श्रीलङ्काका नयाँ राष्ट्रपतिको पहिलो विदेश भ्रमण भारतमा
श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्न आइतबार भारत आउने भएका छन् । श्रीलङ्काको सूचना मन्त्री नलिंदा जयतिसाले राष्ट्रपति दिसानायकेले तीन दिन भारतमा प्रधानमन्त्री मोदी र अन्य अधिकारीहरूसँग भेट गर्ने जानकारी दिनुभयो ।
मुम्बईको कुर्ला पश्चिम दुर्घटनामा चार जनाको मृत्यु, २५ घाइते
मुम्बईको कुर्ला पश्चिम एसजी बर्वे रोडमा सोमबार राति बसले पैदलयात्री र सवारी साधनलाई ठक्कर दिँदा कम्तीमा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बस अंधेरीतर्फ जाँदै गर्दा कुर्ला पश्चिममा दुर्घटना भएको थियो ।
श्रीलङ्का नौसेनाले पक्राउ गरेका २१ जना भारतीय मछुवा रिहा
श्रीलङ्का नौसेना द्वारा पक्राउ परेका २१ जना भारतीय मछुवाहरूलाई सफलतापूर्वक स्वदेश फिर्ता गरिएको भारतीय उच्चायोगले जनाएको छ ।
असदलाई अपदस्थ गरेकामा सिरियालीहरूलाई हमासको बधाइ
हमासले सोमबार सिरियाली जनतालाई राष्ट्रपति बसर अल–असदलाई अपदस्थ गरेकामा बधाइ दिँदै देशमा एकताको आह्वान गरेको छ ।
एयर इन्डियाद्वारा थप एक सय विमान खरिद गर्न आदेश
एयर इन्डियाले सोमबार ए ३२१ एनइओ सहित १० वाइडबडी ए ३५० र ९० न्यारोबडी ए ३२० विमानसहित १०० थप एयरबस विमानहरू खरिद गर्न आदेश दिएको छ । यी १०० नयाँ विमान एयर इन्डियाले गत वर्ष एयरबस र बोइङसँग राखेका ४७० विमानको अर्डरका अतिरिक्त हुन् ।
अमेरिकी सहायक विदेशमन्त्री लु स्वदेश फिर्ता
संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्यएसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु दुई दिने नेपाल भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनु भएको छ ।
सिरियामा ‘रासायनिक हतियार’ आक्रमण भयाे : इजरायल
इजरायली विदेश मन्त्री गिडियोन सारले सोमबार आफ्नो देशले छिमेकी सिरियामा ‘रासायनिक हतियार’ आक्रमण गरेको बताउनु भएको छ । सिरियामा विद्रोही सेनाले सप्ताहन्तमा राष्ट्रपति बशर अल–असदलाई अपदस्थ गरेको थियो ।
म्यानमाको प्रमुख विद्रोही समूहले वार्ताका लागि चीनमा प्रतिनिधिमण्डल पठायो
बेइजिङले आफ्नो दक्षिणी सीमामा लडाइँ अन्त्य गर्न खोजिरहेको बेला म्यानमाको एउटा प्रमुख जातीय विद्रोही समूहले आफ्नो सरकारसँग वार्ताका लागि प्रतिनिधिमण्डल पठाएको समूहका प्रवक्ताले सोमबार बताएका छन् ।
भारतीय उच्च कूटनीतिज्ञ बङ्गलादेशमा
विद्यार्थी नेतृत्वको क्रान्तिमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि उत्पन्न दुई छिमेकी देशबिचको तनाव कम गर्न भारतका उच्च कूटनीतिज्ञ सोमबार बङ्गलादेश पुग्नुभएको छ ।
हाइटीको राजधानीमा भएको हिंसामा १८४ जनाको मृत्यु
हाइटीको राजधानीमा भएको हिंसामा पछिल्लो एक हप्तामा १८४ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार प्रमुखले हाइटीको राजधानीमा सामूहिक हिंसाका कारण १८४ जनाको मृत्यु भएको सोमबार बताउनुभएको हो ।
टर्किएमा सैन्य हेलिकप्टर दुर्घटनामा पाँच जनाको मृत्यु
टर्किएको दक्षिणपश्चिम इस्पार्टा प्रान्तमा सोमबार एक सैन्य हेलिकप्टर प्रशिक्षण उडानको क्रममा दुर्घटना हुँदा पाँच सैनिकको मृत्यु हुनुको साथै एक जना गम्भीर घाइते भएका छन् ।
सिरियामा ‘राजनीतिक समाधान’ खोज्न चीनको आग्रह
चीनको विदेश मन्त्रालयले इस्लामिक नेतृत्वको विद्रोहीले दमास्कसमा कब्जा जमाएको र बशर अल असदको दशकौँ लामो शासनको अन्त्य गरेपछि सिरियाका राजनीतिक समाधान खोज्न ‘सबै सम्बन्धित पक्षलाई’ आग्रह गरेको छ ।
फिलिपिन्समा ज्वालामुखी विस्फोट
मध्य फिलिपिन्समा सोमबार ज्वालामुखी विस्फोट भएको छ । ज्वालामुखीका कारण आकाशमा व्यापक खरानी उडिरहेको छ भने सरकारले आसपासका गाउँहरूबाट सुरक्षित स्थलमा जान स्थानीयहरूलाई आदेश दिएको छ ।
सिरियाको भविष्य सिरियालीले निर्धारण गर्नेछ : राष्ट्रसङ्घ प्रमुख
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले सिरियाको भविष्य सिरियाली जनताले निर्धारण गर्ने विषय भएको बताउनुभएको छ ।